×

NIC ASIA

हतारमा नेकपा बनाउँदा त्रुटि भयो, त्यसैले यसपटक मोर्चा बनायौं : प्रचण्ड

काठमाडाैं | असार ४, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकता गर्दा त्रुटि भएको भन्दै यसपटक मोर्चाको अभ्यास गरेको बताएका छन् । 

Muktinath Bank

‘सबैले आत्मसमीक्षा गर्नुपर्छ । हामीले कहाँ त्रुटि गर्‍यौं । आत्मसमीक्षा गरौं । पार्टी एकता गर्न हतारो पो गरेछौं । समाजवादी मोर्चा बनाएर, छलफल गरेर, कार्यशैलीमा छलफल गरेर एकतासम्म पुगेको भए सफल हुन्थ्यौं कि ? यो सोच्न जरुरी छ,’ समाजवादी मोर्चा गठन कार्यक्रममा प्रचण्डले भने, ‘नेकपाले देशलाई समाजवाद, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास लिएका थियौं तर दुर्भाग्य जनता र कार्यकर्ताको अपार उत्साह हुँदा पनि हामीले एकतालाई जोगाउन सकेनौं । मोर्चाको बाटोबाट नगएर भएको दुर्घटनापछि यसपटक मोर्चाको नयाँ अभ्यास गरेका हौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटकको मोर्चामा स्वतन्त्रता र द्वन्द्वलाई संश्लेषण गरिएको पनि उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘समाजवादी मोर्चा हिजोको अनुभवको नयाँ सश्लेषण हो । हाम्रो सफलतालाई अब कसैले रोक्न सक्दैन । हामीले यसपटक एकता,  स्वतन्त्रता तथा द्वन्द्ववादलाई मोर्चामा संश्लेषण गरेका छौं ।’

Vianet communication

हिजोको कमजोरी तीतामिठाबाट सिकेर अगाडि बढ्ने उनले बताए । ‘हिजोका तीतामिठा, आफ्नै कमजोरीप्रति पाठ सिक्दै सामाजिक न्याय र सुशासनको युगतिर देशलाई अगाडि लाने गम्भीर भएर अगाडि बढ्ने हाम्रो तयारी हो,’ प्रचण्डले भने, ‘हिजो हतारमा एकता गरेर व्यवहारमा सफलता हासिल गर्न नसकेकाले मोर्चाबाट जाऊँ, द्वन्द्वात्मक बाटोबाट जाऊँ भनेर गरिएको यो सत्प्रयास हो ।’ 

३ पार्टीबीच निर्वाचनअघि नै मोर्चा बनाउने कुरा भएकोमा विप्लव थपिँदा गुणात्मक र क्रान्तिकारी महत्त्व भएको उनले बताए । 

‘यहाँसम्म आइपुग्दा विप्वल नेतृत्वको नेकपा पनि मोर्चामा सामेल  हुनुले यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ,’ प्रचण्डले भने, ‘पार्लियामेन्टरी प्रणालीमा लागेकाले हामीलाई केही धुलोमैलो लागेको छ तर विप्वल जस्ता पार्टीमा आउँदा हाम्रो धुलोमैले पनि सफा हुन सक्छ ।’

परिवर्तनलाई होच्याउने र चुनौती दिनेलाई सावधान हुन उनले चेतावनी पनि दिए । ‘परिवर्तनलाई होच्याउने, अराजक, प्रतिगामीले टाउको उठाउन खोजेको छन् । फेरि देशलाई प्रगितमन र सामन्ती व्यवस्थातिर टाउको देखाउँदै छन् । हाम्रो यो अभियान उनीहरूको कदमलाई निस्तेज पार्न पनि हो,’ प्रचण्डले भने, ‘देशलाई अराजकता र निरंकुशतातिर धकेल्न खोज्नेविरुद्ध हामी मोर्चामा सामेल भएका हौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x