×

NIC ASIA

स्वदेशी लगानीकर्ताहरूबाट प्रवर्द्धित देशकै ठुलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्न खोजियो : घोराही सिमेन्ट

काठमाडाैं | असार ७, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

घोराही सिमेन्ट इन्डष्ट्रिले स्वदेशी लगानीकर्ताहरूबाट प्रवर्द्धित देशकै ठुलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । यो कार्यमा लगानी विरोधी समूह संलग्न रहेको भन्दै सिमेन्टले सो समूहबाट प्रायोजित कार्य तथा समाचारप्रति खेद व्यक्त गरेको छ ।

प्रिमियम मूल्यमा शेयर निष्कासनको विषयमा उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुर्‍याउने उद्देश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उद्योगले विज्ञप्तिमार्फत जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

  बदनीयतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयहरूको बारेमा पूर्ण पारदर्शी रूपमा स्पष्ट पार्न उद्योग सदा तत्पर रहेको पनि विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । 


Advertisment
Rupse Holidays
Nabil box

‘शेयरको सार्वजनिक निष्कासन हुनुभन्दा पहिले कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरूको पूर्ण सहभागिता रहेको हुन्छ । निष्कासनको अनुमति प्राप्त गर्ने सन्दर्भमा उद्योगबाट पेस भएका विवरण पत्र, वित्तीय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरूको जिम्मेवारी लिन उद्योग सदैव तत्पर छ’, विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र बोर्डद्वारा स्वीकृत  भए पश्चात् निष्कासन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रक्रिया सम्पन्न गरी शेयर बाँडफाँड भइसकेको अवस्था छ । सर्वसाधारणको लागि खुला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्कासन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजनिक निष्कासन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिइएको छ ।’

Vianet communication

उद्योगले क्रेडिट रेटिङ प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने गरेको स्पष्ट गरेको छ ।  सो प्रक्रियामा विदेशका विषय विज्ञहरूको विश्लेषण र मूल्याङ्कनबाट हुने हुँदा यसमा उद्योग प्रवर्द्धकहरूको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको उद्योगले प्रस्ट पारेको छ । 

 उद्योगले धितोपत्र बोर्डले क्रेडिट रेटिङ सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ कम्पनीबाट ब्यहोरा जानकारी लिने तथा झुटा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी तत्काल नै रोकिन गएको शेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा विश्वास विज्ञप्तिमार्फत लिएको छ ।  

विज्ञप्तिमा उद्योगमा लगानी गर्ने शेयर होल्डर, आवेदनकर्ता, तथा सम्बन्धित सबैको लगानी सुरक्षाको प्रत्याभूतिको लागि प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ । 

 उद्योगले स्वदेशी लगानी तथा औद्योगिक क्षेत्रमा सर्वसाधारणको हिस्सेदारी अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्‍याउन नियामक निकाय, पत्रकार, लगानीकर्ता लगायत सम्पूर्णमा अपिल पनि गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

जेठ ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति ल...

जेठ २०, २०८१

हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x