×

NMB BANK
NIC ASIA

देशमै केही गर्ने चाहना

पौरखी आईटी इन्जिनीयर : देहरादुनको आकर्षक जागिर छाडेर गाउँघरमै बाख्रापालन

बुटवल | असार १६, २०८०

NTC
Premier Steels

भारतको देहरादुनस्थित एक सूचना प्रविधि (आईटी) कम्पनीमा ‘प्रोग्राम म्यानेजर’को जागिर छाडेर रूपन्देहीको शुद्धोधन गाउँपालिका–३ बेतहानीका सन्दीप खनाल यतिखेर गाउँमा बाख्रा स्याहार्दै छन् ।

Muktinath Bank

विद्यालय तहको पढाइ पूरा गरी ‘आईटी इन्जिनीयर’ पढ्न भारत गएका उनले पढाइसँगै राम्रो अवसर पनि पाए । ३ वर्ष आकर्षक तलबसहित आईटी क्षेत्रमा काम गरे तर देशमै केही गरौ भन्ने चाहनाले उनलाई त्यहाँ बसिरहन दिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्ततः उनले जागिरमा पूर्णविराम लगाएर स्वदेशमै फरक क्षेत्रको बाख्रापालन शुरू गरे । ३२ वर्षे युवा खनाल अहिले गाउँमै कृषि पेशा गरेर रमाएका छन् । उनको फर्ममा अहिले ५०० बाख्रा छन् ।


Advertisment
Nabil box
Kumari

बोयर, खरी, जमुनापारी बाख्रा पालेका उनले वार्षिक ३ करोड रूपैयाँ बराबरको कारोबार गर्छन् । स्वदेश फर्किएर सन्दीपले आफ्नै गाउँठाउँमा सञ्चालन गरेको व्यवसायले सिर्जना गरेको बजारका कारण अहिले रूपन्देहीसहित आसपासका किसान र मासु व्यवसायी लाभान्वित भएका छन् । 

Vianet communication
Laxmi Bank

‘भारतमा आकर्षक तलब सहितको जागिर छाडेर घरमै बाख्रा पाल्छु भन्दा मलाई परिवारले समेत पत्याएनन्,’ खनाल भन्छन्, ‘बुवाबाजेले गरेको पशुपालन र कृषि गरेर पनि व्यावसायिक ढंगले कमाउन सकिन्छ भनेर यो क्षेत्रमा हात हालेको हुँ । अहिले मैले वार्षिक करोडभन्दा बढीको कारोबार गर्छु ।’

सन्दीपले भारतबाट फर्किएर विक्रम संवत् २०७२ सालमा एसके गट् फर्म प्रालि स्थापना गरे । अहिले बाख्रा फर्ममा ५ करोड र ‘साइलेस’ दानामा ५ करोड गरी १० करोड रूपैयाँ लगानी पुगेको छ । अहिले सन्दीपले वार्षिक ६०० बाख्राका पाठा/पाठी र १०० वटा मासुका लागि खसी/बोका बिक्री गर्छन् । एसके बाख्रा फर्म देशकै ठूलो फर्ममध्येमा पर्छ, जसको अध्ययन गर्न देशका विभिन्न ठाउँबाट किसानहरू हरेक दिन आउने गर्छन् ।

nullसाइलेस (घासको सिन्की) पनि किसानहरूका लागि बिक्री गर्छन् । ‘साइलेस’ हरियो घासलाई स्टक राख्ने गरी तयार गर्ने प्रविधि हो । ‘व्यावसायिक पशुपालनका लागि यो अन्तिम विकल्प हो,’ सन्दीप भन्छन्, ‘साइलेसका लागि किसानसँग मकैका हरिया बोटसहित सबै घाँस खरिद गरेर बनाएर राख्छौं । यही घाँस बाख्रालाई खुवाउनेदेखि बिक्री पनि गर्दै आएका छौं ।’

सन्दीपको बाख्रा फर्ममा सबै आफ्नो लगानी रहे पनि साइलेसमा केही साझेदारहरू पनि राखेका छन् । ‘भारतमै रहँदा मैले एकपटक क्यानेडा जानका लागि ‘प्रोसेस’ पनि नगरेको होइन,’ सन्दीप भन्छन्, ‘तर आफैंबाट देशमा परिवर्तन शुरू गरौं भन्ने उद्देश्यले कसैको साथ र सहयोग विना एक्लै सबैले हेला गरेको व्यवसाय रोजें, आज सफल पनि भएजस्तो लाग्छ ।’

‘शुरूशुरूमा गाह्रो भयो,’ त्यसअघि बाख्रापालन व्यवसाय सम्बन्धी कुनै ज्ञान नभएको खनाल सम्झिन्छन् । उनले १५ लाख रूपैयाँ लगानी गरी ३० वटा बाख्रा किनेर बाख्रापालन शुरू गरेका हुन् । ‘व्यवसाय शुरू गरेको ६ महिनापछि मात्र २ वटा पाठा बेचें, त्यो दिन मलाई आहा भन्ने लाग्यो,’ उनी सुनाउँछन् ।

परिवारले पनि उनलाई गोबर सोहोरेर केही हुँदैन भने, रिसाएर गाली गरे । बाख्रा पाल्छु भन्दा उनकी आमा छक्क परिन् । साथीहरूले उनलाई पढेर फर्केको साथीको के बुद्धि भएको होला भने । अहिले उनी बाख्राको स्याहार र बाख्रा किन्न आउनेसँग सखारैदेखि राति अबेरसम्म व्यस्त छन् । उनले बाख्रापालनमा कुनै समस्या पनि देखेका छैनन् । उत्पादन गर्न सकेमा बजार सुरक्षित रहेको खनालको बुझाइ छ । 

यस्तो पेशामा अरुको देखासिकी गरेर हतारमा पस्ने र छिट्टै छोडिहाल्ने पनि धेरै छन् । यस्ता उदाहरण खनालले धेरै देखे तर सन्दीप समग्र अध्ययन र बुझेर काममा निरन्तर लागिरहेका छन् । ठूलो उत्साहका साथ हतारमा व्यवसाय शुरू गर्ने र रातारात पैसा कमाउने सपना देख्नेहरू कृषि पेशा व्यवसायबाट चाँडै पाखा लाग्छन् । सफलतामा पुग्न कडा मेहनत गर्नुपर्छ नैै, त्यसका साथै अहिलेका युवापुस्ताले व्यवसाय गर्दा धैर्य पनि राख्नुपर्ने सन्दीपको बुझाइ छ । 

null

१ वर्षभित्र फर्ममा १ हजार बाख्रा पुर्‍याउने सन्दीपको योजना छ । उनले आधुनिक खोर बनाएका छन् । अचेल ‘साइलेज’ पनि खुवाउँछन् । २ बिगाहा जमिनमा घाँस रोपेका छन् । हरियो घाँसको पोषण तत्व कायमै राखेर आवश्यकताअनुसार सुक्खा समयमा प्रयोग गर्न सक्ने अवस्थामा स्टोर गरेर राखिएको विभिन्न प्रजातिको घाँसलाई ‘साइलेज’ भनिन्छ । मशिनले मसिनो गरी काटेको मकैको बोटको टुक्रा हावा नछिर्ने गरी मशिनले प्याक गरेपछि साइलेज तयार हुन्छ । यसका लागि ७० बिगाहा जमिन भाडामा लिएर उनले मकै रोप्छन् । अरु किसानबाट पनि मकै किन्छन् ।

nullघाँस खेतीका लागि दर्ता भएको एसके खनाल एग्रो कम्पनी प्रालि उद्योगको सबै काम भाइ सञ्जयले हेर्छन् । साइलेज हाल प्रतिकिलो १२ रूपैयाँमा बिक्री हुन्छ । 

‘प्याकिङ’ गरेर राखिएको साइलेज २ महिनादेखि २ वर्षसम्म खुवाउन सकिन्छ । साइलेज बनाउँदा मकै (फल) पनि मिसाइने भएकाले यसले दानाको काम गर्छ । शहरी क्षेत्रका पशुपालन फर्महरू पनि साइलेजमै निर्भर रहेका सन्दीप बताउँछन् । सरकारले वास्तविक किसानलाई भन्दा पनि झोलामा फर्म बोकेर धाउनेलाई अनुदानमा दिने गरेको उनको गुनासो छ ।

nullअचेल धेरै किसानहरू सन्दीपसँग जोडिएका छन् । उनले व्यवसायबाट सिकेको सबैभन्दा ठूलो पाठ भनेको धैर्यता हो । ‘धैयता, लगनशीलता, अनुशासन र कडा मेहनतले व्यवसाय र समाजलाई परिवर्तन गर्न सक्छ,’ सन्दीप भन्छन्, ‘ग्रामीण अर्थतन्त्र चलायमान बनाउनु राम्रो कुरा हो ।’ फर्ममार्फत आफ्नो छवि राम्रो बनाउने चाहना छ खनालको । नेपालीलाई देशमै रोजगार बनाउन साथ दिने सपना सन्दीपले देखेका छन् ।

आधुनिक प्रविधि सहितको खोर भएकाले उनलाई धेरै कामदार जरूरी छैनन् । उनले ३ जना मात्र कामदार राखेका छन् । पत्नीले फर्मको लेखा सम्हाल्दै आएकी छन् । नयाँ र फरक ढंगले कृषि गरी देशलाई मासुमा आत्मनिर्भर बनाउँदै फर्मलाई राष्ट्रकै स्रोत केन्द्रको रूपमा परिणत गर्न सन्दीप प्रयासरत छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x