×

NMB BANK
NIC ASIA

किसानलाई सधैं मलको सास्ती

मल अभाव झन् भयावह : मध्य असार सकिँदा लुम्बिनीमा १२ प्रतिशत मात्र रोपाइँ

बुटवल | असार १७, २०८०

NTC
Premier Steels

रूपन्देहीको शुद्धोधन गाउँपालिका– ५ मानपकडीका किसान विशाल रानाको खेतमा धान रोपाइँका लागि बिउ तयार भएको एक साताभन्दा बढी भयो । तर, उनले रासायनिक मल नपाउँदा धान रोप्न पाएका छैनन् । २ बिगाहा क्षेत्रमा धान रोप्दै आएका रानालाई मल नपाउँदा बिउ बिग्रिने चिन्ताले सताएको छ । 

Muktinath Bank

‘मल खोज्न सहकारीमा धाउन थालेको असार लागेपछि हो,’ राना भन्छन्, ‘रोपाइँका बेला होस् वा गहुँ छर्दा, कहिल्यै भनेको बेला पर्याप्त मल पाइँदैन । सहकारीले २० केजी दिएको छ, त्यो मलले के गर्नु ? एक छेउ पनि पुग्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रानाले थपे, ‘मल पर्याप्त छ भन्दै प्रधानमन्त्रीले संसदमा भाषण गरेको सुन्छु, तर किसानले मल अभावले रोपाइँ गर्न पाएका छैनन् ।’


Advertisment
Nabil box
Kumari

सीमावर्ती बजारमा गएर खोजखाज गरे मल त पाइन्छ, तर त्यो महंगो र गुणस्तरहीन हुन्छ । गत वर्ष अहिलेजस्तो भयावह अवस्था नभएको किसान रानाको बुझाइ छ । 

Vianet communication

....

null

जिल्लाकै सियारी गाउँपालिका–४ का रोहित पासवानले मल खोज्दाखोज्दै नपाएपछि मलविनै रोपाइँ गर्ने सुर कसेका छन् ।

‘मल कहीँ पाइँदैन,’ रोहित भन्छन्, ‘सहकारीमा गएर बिल काट्नुस् भन्दा मान्दैनन्, मल आएपछि आएर काटनुहोला भन्छन् । मल आएको थाहा पाएर जाँदा मल सकिइसकेको हुन्छ । वास्तविक किसान त अहिले हेरेकोहेर्‍यै भयौं ।’

उनले थपे, ‘खुला सिमानाका कारण नेपालमा सूचीकृत नभएको मल किनेर राख्न पनि मनले मान्दैन । गत वर्ष भारतीय बजारमा मलखाद ल्याएर हालेको केराखेती र धान कामै नलाग्ने गरी बिगार्‍यो । अब रोपाइँ गर्ने हो, पाए रोपेपछि भए पनि हाल्नु पर्ला, पाए जे त होला होला ।’

null

....

रूपन्देहीको तिलोत्तमा– ९ प्रेमनगरका किसान विष्णु पाण्डे पर्याप्त मल नपाएपछि गोठको मल प्रयोग गरेर धान रोपाइँ गर्ने तयारीमा छन् । उनले आफ्नो १ बिगाहा र लिजमा लिएको २ बिगाहा गरी ३ बिगाहा खेलमा धान रोप्ने बिउ तयार छ । 

‘मानो रोपेर मुरी फलाउने बेला सरकारले किसानलाई मल उपलब्ध गराउन सक्दैन,’ पाण्डे भन्छन्, ‘देश अनि कसरी कृषिमा आत्मनिर्भर हुन्छ, राज्यकै कारण देशको कृषि क्षेत्रले प्रगति गर्न सकेन ।’

यी त केही उदाहरण किसान हुन् । जेनतेन धानको बिउ जोहो गरेर ब्याड तयार गरेका किसानले फेरि मलको अभाव झेलिरहेका छन् । 

धान रोपाइँको सिजनमा देशभर नै रासायनिक मलको अभाव छ । कृषि सामग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा पर्याप्त मल आएको छैन ।

लुम्बिनी प्रदेशको रुकुम पूर्व बाहेकका सबै ११ जिल्ला, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकीको स्याङ्जा र नवलपुर जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा कार्यालयमा अहिले युरिया र डीएपी मल मौज्दात जम्मा २ हजार ५०० मेट्रिक टन मात्र छ ।  

कृषि सामग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका प्रबन्धक नारायणप्रसाद शर्माले ६ हजार मेट्रिक टन मल आउने प्रक्रियामा रहेको बताए । ५५ हजार मेट्रिक टन पाइपलाइनमा रहेको मलमध्ये भैरहवा कार्यालयका लागि ६ हजार मेट्रिक टनको मात्र कोटा छ ।

‘लुम्बिनी प्रदेश अन्न भण्डारको रूपमा परिचित छ । मलका सहज आपूर्ति हुन नसक्दा हामीले बिक्री गर्न सकेका छैनौं’, प्रबन्धक शर्माले भने, ‘डीएपी र युरियाको माग धेरै छ । हामीलाई प्रदेशले तोकेको कोटाअनुसार जिल्ला/जिल्लामा पठाउने हो । सरकारले नै मल ल्याउन नसकेपछि हामीले पुर्‍याउन सक्ने कुरा आएन ।’

null

कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयबाट लुम्बिनी प्रादेशिक कार्यालयमा ७ हजार मेट्रिक टन डीएपी, २ हजार ५०० मेट्रिक टन पोटास आएकोमा लुम्बिनी प्रदेशका ११ जिल्लाका लागि ३ हजार ४ सय २९ मेट्रिक टन मात्रै डीएपी आएको शर्माले बताए । 

‘प्रदेशमा एक लाख मेट्रिक टन मलको माग छ, तर नगण्य मात्र आपूर्ति हुँदा कसरी म्यानेज गर्ने भन्ने टाउको दुखाइ हुन्छ’, शर्माले भने, ‘सरकारले मागअनुसार मल आयात नगर्दा किसानले पाउन नसकेका हुन् ।’

लुम्बिनी प्रदेशमा बर्खे बालीका लागि मात्रै एक लाख मेट्रिक टन युरिया, ४५ हजार मेट्रिक टन डीएपी र करीब २२ हजार मेट्रिक टन पोटासको माग हुने गरेको प्रबन्धक शर्माले बताए । तर, यो पटक पोटास आएकै छैन ।

जिल्लामा आउने मल वितरणका लागि सहकारीमार्फत कोटा निर्धारण गरिएको हुन्छ । तर, आवश्यक कोटाबाट पाउने मलभन्दा तेब्बरभन्दा बढीको माग छ । ६ हजार मेट्रिक टन केही दिनभित्र आउने शर्माले बताए । 

अहिले मलको चरम अभाव भए पनि सरकारले भने आपूर्ति बढाउनमा चासो देखाएको छैन । सरकारले मल दिन नसकेको र सीमावर्ती बजारबाट ल्याउँदा पनि दुःख दिने गरेको किसानहरूको आरोप छ ।

सीमाका किसानले भारतबाट तस्करी गरेर ल्याएको मल प्रयोग गरेरै भए पनि अभाव टार्ने गर्छन् । तर, भारतबाट ल्याउने मल महंगो हुन्छ र गुणस्तरमा पनि किसान ढुक्क हुन सक्दैनन् । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार हरेक वर्ष जिल्लामा सबै खेतीका लागि कुल १२ हजार मेट्रिक टन डीएपी, १९ हजार मेट्रिक टन युरिया र ६ हजार मेट्रिक टन पोटास आवश्यक छ । 

आवश्यकता भएको कुल मलमध्ये धान खेतीका लागि मात्र हरेक वर्ष साढे ५ हजार मेट्रिक टन युरिया, १९ सय मेट्रिक टन डीएपी र १७ सय मेट्रिक टन पोटास आवश्यक रहेको कृषि ज्ञान केन्द्र प्रमुख सन्तोष चौधरीले बताए । अहिलेसम्म ५२२ मेट्रिक टन डीएपी र १५० मेट्रिक टन युरिया मल आएको छ । आएका सबै मल पालिकामा कृषि क्षेत्रको आधार हेरेर वितरण गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

लुम्बिनी प्रदेशमा खडेरी र मल अभावले असार १६ गतेसम्म जम्मा १२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल जग्गामध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । गत वर्ष असार १५ सम्म ३२.७१ प्रतिशत धान रोपाइँ भएको थियो भने २०७८ को असार १४ सम्म करीब ४६ प्रतिशत रोपाइँ भएको कृषि तथा भूमि मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार यस वर्ष असार १४ गतेसम्म ११.०९ प्रतिशत मात्रै रोपाइँ भएको छ । रासायनिक मल अभावलाई कम गर्न विभिन्न ठाउँमा प्रांगारिक मल बिक्री वितरणसमेत हुन थालेको छ । तर, उक्त मललाई किसानले नै विश्वास गरेको पाइँदैन ।

किसानलाई मल भनेकै युरिया भन्ने परेको छ । रासायनिक मल अभावको समस्या दोहोरिने हुँदा प्रांगारिक मलतर्फ उत्प्रेरित गराउनुपर्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x