×

NMB BANK
NIC ASIA

समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा

काठमाडाैं | असार १८, २०८०

NTC
फाइल फोटो
Premier Steels

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताएका छन् ।

Muktinath Bank

सोमवार काठमाडौंमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दूराष्ट्रः अवधारणा र औचित्य अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाभन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गरे । उनले सबै सुखी होऊन्, सबै समान होऊन्, कोही पनि दुःखी र रोगी नहोऊन् भन्ने कुरा वैदिक कालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरू र संविधानमा लेखिरहनुको अर्थ नरहेको जिकिर गरे । उनले प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले हिन्दू राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई बहिष्कृत गर्ने नभई त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने बताए ।

Vianet communication

उनले भने, ‘हाम्रो सनातन संस्कृतिमा प्रजातान्त्रिक मूल्य र मान्यता छ । त्यसको संरक्षणका निमित्त पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । सामाजिक समन्वय, नैतिक मूल्य, उदार आर्थिक मान्यता, यो उदार आर्थिक मान्यता कतिपयले यो आधुनिक विश्वको उपलब्धिको रूपमा लिएका छन् । प्रजातन्त्र, डेमोक्रेसी र लिबरल इकोनोमीलाई एकअर्काका परिपूरकका रूपमा लिइरहेका छन् तर उदार आर्थिक मान्यता, समृद्धिको जुन कुरा छ, आर्थिक समृद्धिको कुरा मैले गरेको छु, त्यो समृद्धिको क्रममा अहिलेको लिबर इकोनोमीको आत्मा भनेको इण्टुभिजुअल फ्रिडम हो, त्यो इण्टुभिजुअल फ्रिडमको चर्चा त वैदिक कालमै भनेको छ । उपनिषद्हरूमा छ । हिन्दू राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई बहिष्कृत गर्ने होइन । त्यसलाई पनि हामीले संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सक्छौं । वसुधैव कुटुम्बकम धेरै चर्चा भइसकेको विषय हो । सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया । आजकाल अधिकांश राजनीतिक पार्टीहरू समाजवाद भन्छन् । हुँदाहुँदा हाम्रो संविधानमा नै समाजवादउन्मुख लेखिएको छ, त्यो आवश्यक नै थिएन । सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया । सबै सुखी हुन्, कोही दुःखी नहुन्, कसैले दुःख नपाओस् भन्ने मान्यता नै हाम्रो वैदिक मान्यता हो । यही हो समाजवाद भनेको । जहाँ समानता हुन्छ । समाजवादको उच्चतम परिभाषा भनेकै सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया हो । योभन्दा अर्को उच्चतम, उत्कृष्ट परिभाषा हुनै सक्दैन ।’

अध्यक्ष उदार आर्थिक मान्यतालाई उपलब्धिको रूपमा लिने गरेको भए पनि यो कुरा वैदिक कालमा नै चर्चा भइसकेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x