×

NIC ASIA

राष्ट्रिय सहमतिको सरकार आवश्यक छ : माओवादी महासचिव

काठमाडाैं | असार २८, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आज भक्तपुरमा आयोजना गरेको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमअन्तर्गत ‘सिल्क रोडस्टर ः जोइन द राइड फर बेटर फ्युचर’ मा उनले सरकार राष्ट्रिय सहमतिबाट नै बनाउन सके देशको हित हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासचिव गुरुङले भने, “देश राष्ट्रिय एकता र सहकार्यबाट अगाडि बढ्नुपर्छ, देश बनाउन राष्ट्रिय सहमतिको विकल्प छैन, सरकार पनि राष्ट्रिय सहमतिबाटै बन्नु आवश्यक छ, त्यसो हुन नसके देशको विकास, स्थिरता, स्थायित्व, मुख्य एजेण्डा र असंलग्न परराष्ट्रनीतिमा राष्ट्रिय सहमति हुन आवश्यक छ ।”


Advertisment
Rupse Holidays
Nabil box

राष्ट्रिय एकता र सहमतिबाट देश अगाडि बढ्न नसक्दा शक्ति राष्ट्रहरूले हाम्रो देशमा खेल्ने मौका पाएको चर्चा गर्दै उनले राज्य कमजोर पार्ने प्रक्रियाले नेपालको राष्ट्रित अस्मिता अत्यन्तै कमजोर बनेको बताए । उनले भने, “हाम्रो देशको राष्ट्रिय राजनीति अस्थिर बनेको छ, एकले अर्कालाई निषेधको राजनीति सुरु भएको छ, विकास र स्वाधीनतामा पनि राष्ट्रिय सहमति बन्न सकेको छैन, मुलुकको राष्ट्रिय अस्मिता रक्षाका लागि राष्ट्रिय सहमतिको नीति लिनु अत्यावश्यक छ ।”

Vianet communication

देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको उल्लेख गर्दै उनले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर बन्नुको कारण शक्ति राष्ट्रको कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले नेपालको स्वाधीनता कमजोर बनेको बताए । 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नेता रवीन्द्र ज्याख्वाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई आत्मसात गरेको बताउँदै विकासका कार्यलाई दुई देशले द्रुत गतिमा लग्नुपर्नेमा जोड दिए । 

 कार्यक्रममा आइडिसिपिसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका महत्त्वमाथि प्रकाश पारेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x