कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैंचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ ।
वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैंचा व्यवस्थापनअन्तर्गत प्रतिबोट १०० रुपैयाँका दरले कूल २५ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
‘सिक्टस ग्रिनिङ’ लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती संकटग्रस्त बन्दै गएका अवस्थामा विगत ४ वर्षयता महानगरपालिकामा सञ्चालित सुन्तला बगैंचा व्यवस्थापन कार्यक्रमले सकारात्मक प्रभाव पारेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।
पछिल्लो डेढ दशकयता कास्कीका सुन्तला उत्पादनका पकेट क्षेत्र विभिन्न रोगका कारण संकटग्रस्त बन्दै गएसँगै महानगरपालिकाले बगैंचा व्यवस्थापन अभियान थालेको उनले जानकारी दिए । प्राविधिक सहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैंचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइने गरिएको छ ।
पोखरा महानगरपालिकाले आइतवार आयोजित एक कार्यक्रमका महानगर प्रमुख धनराज आचार्यले सुन्तला बगैंचा व्यवस्थापन बापतको प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । प्रमुख आचार्यले महानगरपालिकाले तोकेअनुसारको कृषिउपजको न्यूनतम समर्थन मूल्यबापतको आव २०७९/८० को रकम समेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पोखरा च्याउ उत्पादक कृषक समूहलाई ५९ हजार २२९ किलो च्याउको २१ लाख ४३ हजार ८२२ रुपैयाँ तथा सावित्री हराभरा एकीकृत कृषि फार्मलाई गोलभेंडा २० टन, बन्दा ४० टन, काउली १ हजार ५५३ केजी, घिरौंला १ हजार १०५ केजीको ४ लाख २९ हजार ५३७ रुपैयाँको समर्थन मूल्य सहयोगको चेक हस्तान्तरण गरे ।
आर्थिक वर्ष २०७९/८० अन्तर्गत यस पालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका १ लाख २७ हजार ४९० केजी तरकारीको २७ लाख भुक्तानी दिएको छ । महानगरले विभिन्न २३ वटा कृषिउपजको न्यूनतम मूल्य तोकेको छ । तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम पर्ने अवस्थामा कम भएको रकमको भुक्तानी महानगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
त्यसका लागि खेती गर्नुपूर्व कृषकले आफूले उत्पादन गर्ने सम्भावित उत्पादन सूचीकृत गर्नुपर्ने, बजारमा प्रतिस्पर्धी मूल्यमा बेच्नुपर्ने लगायतका शर्त निर्धारण गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताए । कार्यक्रममा महानगर प्रमुख आचार्य, पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी लगायतले उत्पादनमा जोड दिन आग्रह गर्दै महानगरका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...