×

NMB BANK
NIC ASIA

आयोगको निर्णय

३९ राजनीतिक दललाई आयोगको जरिवाना, १२ वटालाई सचेत (सूचीसहित)

काठमाडाैं | साउन १, २०८०

NTC
Premier Steels

निर्वाचन आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधिभित्र पेश नगर्ने ३९ राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै ७ दिनभित्र सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी पेश गर्न पनि आयोगले आदेश दिएको छ । 

Muktinath Bank

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्‍त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्‍त लेखापरीक्षकबाट लेखापरीक्षण गराई आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानुनमा व्यवस्था भए बमोजिम नगर्ने दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५४ बमोजिम सचेत गराउने तथा जरिवाना गर्न निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार ८२ राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन ७ दिनभित्र विभिन्न माध्यमबाट सार्वजनिक गरी सोको जानकारी आयोगमा गराउन यसअघि नै सूचना जारी भएको थियो ।  तर, ४३ वटा राजनीतिक दलले मात्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी आयोगमा जानकारी गराएको उनको भनाइ छ । 

Vianet communication

यस्तै विभिन्न राजनीतिक दल मध्ये १२  दलले तोकिएको समयसीमा व्यतित भएपछि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सोको जानकारी आयोगमा उपलब्ध गराएका छन् ।  त्यस्ता दलहरूलाई अब उप्रान्त लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दा तोकेको समयसिमा भित्रै सार्वजनिक गर्न सचेत गराइएको छ । 

यसैगरी आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को  लेखापरीक्षण प्रतिवेदन नबुझाउने ५ राजनीतिक दललाई पनि कानुन बमोजिम स्पष्‍टीकरण पेश गर्न आदेश दिइएकोमा २ राजनीतिक दलले तोकिएको समयभित्र स्पष्‍टीकरण सहित लेखापरीक्षण प्रतिवेदन पेश गरेका छन् ।

तर ती दलहरूले पेश गरेको स्पष्‍टीकरण व्यहोरामा उल्लेख गरेका आधार र कारण चित्तबुझ्दो नदेखिएकोले अब आइन्दा कानुनले तोकेको समयसिमा भित्रै लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश निर्देशन दिइएको छ ।  स्पष्‍टीकरण सहित आयोगमा पेश भएको लेखापरीक्षण प्रतिवेदन ७  दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी पेश गर्न आदेश दिई प्रत्येक दललाई १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको शर्माले जानकारी दिए । 

त्यसैगरी सोधिएको स्पष्‍टीकरणको जवा पेश नगर्ने बाँकी ३ राजनीतिक दललाई पनि कानुन बमोजिम २० हजार रुपैयाँका दरले जरिवाना तोकिएको छ । 

यस्तै आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयभित्र पेश नगर्ने १६ राजनीतिक दललाई स्पष्‍टीकरण सोधिएकोमा त्र ८ राजनीतिक दलबाट स्पष्‍टीकरण पेश भएको छ । पेश भएको स्पष्‍टीकरणको व्यहोरा चित्तबुझ्दो नदेखिएकोले ४ राजनीतिक दललाई १० हजार रुपैयाँका दरले जरिवाना गरी लेखापरीक्षण प्रतिवेदन ७ दिनभित्र सार्वजनिक गर्न आदेश दिइएको छ ।

 तर, तोकिएको समयभित्र स्पष्‍टीकरण पेश गर्ने तर सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने बाँकी ४  राजनीतिक दललाई पन्ध्र हजार रुपैयाँका दरले जरिवाना गरी ती दलहरूलाई ६ महिनाभित्र दलको आयव्ययको लेखापरीक्षण गराई सार्वजनिक गर्न आदेश दिइएको छ । 

साथै, कानुन बमोजिम आफ्नो दलको आय र व्ययको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने र सोको कारणसहित स्पष्‍टीकरण पनि पेश नगर्ने बाँकी ८ राजनीतिक दललाई बीस हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । 

यसैगरी आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन कानूनले तोकेको समयावधि व्यतित भएपछि पेश गर्ने ९ राजनीतिक दललाई पनि आयोगले स्पष्‍टीकरण सोधेको थियो । तर तोकिएको समयावधि भित्र स्पष्‍टीकरण पेश गर्ने ८ राजनीतिक दलले पेश गरेको स्पष्‍टीकरण चित्तबुझ्दो नदेखिएकोले ७  हजार  रुपैयाँका दरले जरिवाना गरिएको छ । 

त्यसै गरी तोकिएको समय भित्र स्पष्‍टीकरण पेश नगर्ने १ राजनीतिक दललाई दश हजार रुपैयाँ जरिवाना गरी लेखापरीक्षण प्रतिवेदन ७ दिनभित्र तोकिए बमोजिम सार्वजनिक गर्न आदेश दिइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x