×

NIC ASIA

सरसर्ती २४ घण्टा

अख्तियारले चलायो ७६० जनाविरुद्ध मुद्दा, बैंकिङ कसुरको अपराध पनि बढ्यो

काठमाडाैं | साउन २, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । 
सो आवमा आयोगले विशेष अदालतमा  कूल एक सय ६२ मुद्दा दायर गरेको छ । ती मुद्दामा प्रतिवादीको संख्या सात सय ६० छन् । 

त्यसमा विशिष्ट श्रेणीका कर्मचारी एक, अन्य कर्मचारी तीन सय ५५, विचौलिया वा मतियारलगायत एक सय ७८ जना रहेका छन् ।
उनीहरुबाट रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरिएको छ ।
००००
००००
बैंकिङ कसुरको अपराध बढेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । सोमवार २०७९/०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विगतका वर्षभन्दा यो वर्ष बैंकिङ कसूरका अपराध बढेको बताएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिसरको तथ्याङ्कअनुसार अर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ७१५ वटा मुद्दा दर्ता भएका थिए । यो आर्थिक वर्षमा ७ हजार १०१ वटा मुद्धा दर्ता भएका भएको जनाएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

००००
गृह मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा रहेका सुकुम्बासी बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ । 

Vianet communication

समस्या समाधानका लागि सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सरोकारवाला मन्त्रालय तथा निकायका प्रमुख एवं पदाधिकारीको बैठक सम्पन्न भएको छ । 

बैठकले लामो समयदेखि कायम उक्त समस्यालाई समाधान गर्न सरोकारवाला निकायले एकताबद्ध भएर काम गर्ने निष्कर्ष निकालेको छ 
००००
निर्वाचन आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधिभित्र पेश नगर्ने ३९ राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै ७ दिनभित्र सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी पेश गर्न पनि आयोगले आदेश दिएको छ । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था छ।
००००
एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत सोमवार भएको खेलमा भारतसँग नेपाल ९ विकेटले पराजित भएको छ ।
श्रीलंकामा जारी कपअन्तर्गत सोमवार भएको दोस्रो खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारतको ‘ए’ टीमले २२.१ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
००००
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका २ न्यारोबडी र २ वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत २ कोषलाई भुक्तानी दिएको हो ।
००००
सत्तारुढ दल नेपाली कांग्रेसको मंगलवारदेखि शुरू हुने केन्द्रीय कार्यसमिति बैठकका लागि १० प्रस्ताव तय गरिएका छन् ।
सोमवार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले बैठकका प्रस्ताव तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
००००
जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
००००
काठमाडौँ महानगरपालिकाले प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । कामपाले साउन १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
००००
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निर्धारण गरेको छ ।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुईपाङ्ग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपाङ्ग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् ।
००००
परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयंशकरबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ ।

 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र मन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच वार्ता भएको हो ।
००००
नयाँ आर्थिक वर्ष शुरू भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले  वृद्धि भएको छ ।
 नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६ मा पुगेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा खोटाङको मजुवागढी रुपाकोट नगरपालिका ९ का ३८ वर्षीय विजय कालिकोटे रहेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर र नाम राखेर सम्पादनगरी नक्कली भारतीय आधार कार्ड र आयकर कार्डको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बुटवल उपमहानगर–११ देवीनगरका  टाइगर रानामगर भनिने शेरबहादुर राना रहेका छन् ।
००००
सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

विभागले यात्रुबाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ । मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ ।
००००
राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनले  मैतीदेवी(पशुपतिनाथ धार्मिक पदयात्रा गरेको छ । 

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समुह, संस्थाहरु समेतको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x