×

NMB BANK
NIC ASIA

मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न पूर्व मन्त्री यादवको माग

काठमाडाैं | साउन ११, २०८०

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले तराई–मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

Muktinath Bank

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय मागेर बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले तराई–मधेशमा अहिले मच्चिएको पानीको हाहाकारतर्फ सरकारको ध्यानाकर्षण गराउँदै सुक्खा क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले तराई–मधेशमा पानीको कहर छ, साउने घामले बेस्सरी तातिएका तराईवासीले घरीघरी आकाशतिर हेर्छन्, टुक्रिएका बादल सल्लगै उडेर कहिले कता, कहिले कता पुग्छन् । थोपाहरू खस्न खोज्छन् तर एकछिनमै एक्लिन्छन् । देशभरि मनसुन छ तर त्यहाँ पानी पर्दैन,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले तराई–मधेश क्षेत्रमा पहिले ५०–१०० फिट गाडिएका चापाकलहरूमा पानी आउने गरे पनि अहिले ३०० फिट खनेर गाड्दा पनि पानी नआएको बताए । ‘आज तराईवासीहरू एक थोपा पानीका लागि तर्सिरहेका छन् । रातभर पानीको लागि लाइन बसिरहेका छन्, नगरपालिकाको गाडी कुरेर बस्छन् ।’

Vianet communication

मधेशमा जारी पानीको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराए पनि बजेट अभावका कारण समस्या समाधान नहुन सकेको सुनाउँदै उनले सरकारसँग रहेको आकस्मिक बजेटलाई प्रयोग गर्न माग गरे । प्रधानमन्त्रीलाई भेटेर आफूले पानीको समस्याबारे जानकारी गराएको सुनाउँदै उनले भने, ‘प्रधानमन्त्रीज्यूले तत्कालै खानेपानी मन्त्रीज्यूलाई बोलाएर समस्या समाधानका लागि काम अगाडि बढाउन भन्नु भएको थियो । खानेपानी मन्त्रीज्यूले पनि सोहीअनुसार मातहतका विभागहरूलाई निर्देशन पनि दिनुभयो तर बजेट अभावका कारण समस्या समाधान हुन सकेको छैन ।’

कर्मचारीहरूले बजेट नहुँदा काम गर्न अप्ठ्यारो भएको बताउने गरेको उनले सुनाए । ‘तराईवासी पानीका लागि तर्सिरहेका छन् अनि सरकारले आकस्मिक कोष यतिकै राखिराखेको छ । त्यसलाई प्रयोग गर्न एकदमै आवश्यक छ,’ उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x