×

NMB BANK
NIC ASIA

प्रचण्डप्रति शेखरको गम्भीर आशंका– सीआईबीलाई सुनकाण्ड अनुसन्धान गर्न किन दिइएन ? [भिडियो]

काठमाडाैं | साउन १८, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति नै गम्भीर आशंका व्यक्त गरेका छन् ।

Muktinath Bank

सुन तस्करीको अनुसन्धानमा राजस्व अनुसन्धान विभाग मात्रै संलग्न हुनु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बाइपास गरिनुले आशंका जन्माएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजस्व अनुसन्धान विभागलाई मात्र संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री प्रचण्डका स्वकीय रहेका (नवराज ढुंगाना)लाई राजस्व अनुसन्धान विभागको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि नै आशंका उब्जाएको उनको भनाइ छ ।

Vianet communication

प्रहरीलाई अनुसन्धानमा संलग्न नगराई राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरूले खोज्नुपर्ने कोइरालाले बताए । 

‘एउटा प्रकरण निस्किन्छ, त्यो इश्यु अघि बढाउँदै अर्को इश्यु आउँछ, पहिलाको इश्यु साइड लाग्छ । भुटानी शरणार्थीपछि ललितानिवास जग्गा प्रकरण आयो । भुटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ । सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ । सुनकाण्डमा त नेपालको बजार धेरै ठूलो छैन । यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनै पनि काण्ड निष्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन्,’ कोइरालाले भने, ‘सुन काण्डमा रोचक के छ भने सीबीआई इन्भल्ब छैन । राजस्व अनुसन्धान मात्रै इन्भल्व छ । सीआईबी इन्भल्व छैन, त्यो इन्ट्रेस्टिङ छ । राजस्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अन्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनुभएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन । त्यहाँ डीजी जो हुनुहुन्छ, सुनकाण्डभन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पीए हुनुहुन्थ्यो, के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ ?’

नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरूको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको दाबी गरे । 

फरक प्रसंगमा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको बताए ।

उनले पार्टी सभापतिले गरेका गल्ती र कमजोरीहरूमा आफूले असहमति राखिरहेको स्पष्ट गरे । 

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x