×

NIC ASIA

अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश कार्की भन्छन्-

'राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्यायाधीशविहीन हुने अवस्थामा पुगेका छन्'

'न्याय परिषद्को संरचनामा पुनरवलोकन गर्नुपर्ने आवश्यकता छ'

काठमाडाैं | साउन २०, २०८०

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्यायाधीशविहीन हुने अवस्थामा पुगेको बताएका छन् । उमेरहदका कारण साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्कीले समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको बताए । 

Muktinath Bank

जिम्मेवार निकायले समयमा नै निर्णय नगर्दा अदालतमा न्यायाधीशको संकट व्यवस्थापन गरे जसरी चलाउनुपरेको उनको गुनासो छ । ‘अहिले हामी न्यायाधीशविना अदालत चलाउनुपर्ने अवस्थासम्म पुगिसकेका छौँ । कतिपय ठाउँमा हामी क्राइसिस म्यानेजमेण्टबाट चलाइरहेका छौँ । चार जना न्यायाधीश हुनुपर्ने कुनै अदालतमा दुईजना मात्रै राखेर चलाउनु भनेको संकट व्यवस्थापन हो । १० जनाको ठाउँमा ५ जना मात्र राखेर काम गर्नु संकट व्यवस्थापन हो,’ उनले भने, ‘जिम्मेवार निकाय जिम्मेवार नभइदिँदाको परिणाम हो । सबै निकाय जिम्मेवार हुनुपर्छ । बहानाबाजी गर्नु हुँदैन । यहाँका कठिनाइहरू सम्बोधन गर्न सकेनौँ भने बाहिरका गुनासाहरू सम्बोधन गर्न सक्दैनौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीले आफ्नो कार्यकालमा राजनीतिक दबाब खेप्नु नपरेको दाबी गरे । आफूभन्दा अगाडिको नेतृत्वले नै राजनैतिक दबाब र हस्तक्षेपलाई निमन्त्रणा दिने काम गेरको हुनसक्ने उनले बताए ।  ‘मैले पहिला पनि भन्ने गरेको थिएँ । कतै न्यायपालिकाको नेतृत्वले नै हस्तक्षेपलाई निमन्त्रणा दिएको पो हो की ? त्यो अवसर मैले दिइनँ,’ उनले भने ।  


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश कार्कीले अदालतको फैसलाविरुद्ध सडकबाट समाधान खोज्नु राम्रो नभएको बताए । न्यायालयको प्रक्रियाबाट हुने फैसलालाई सबैले सम्मान गर्नुपर्ने उनले बताए । ‘कसैले पनि अदालतको फैसलाको समाधान सडकबाट खोज्नु हुँदैन । प्रक्रियाबाट नै खोज्नुपर्छ । यसका धेरै बाटाहरू छन् । ती बाटा प्रयोग गर्ने हो,’ उनले भने, ‘अदालतले गरेको चिजलाई नै हामीले विवादास्पद बनाइदियौँ । सडकमा लग्यौँ भनेदेखि काम गर्न कठिनाइ हुन्छ । आफ्नो भुमिका निर्वाह गर्नसक्दैन । दबाबमा पर्नुपर्ने अवस्था आउनसक्छन् । चर्चामा रहेका मुद्दामा फैसला गर्न डराउनुपर्ने अवस्था आउनसक्छ । त्यसले अन्ततः सेवाग्राहीलाई असर पर्छ ।’ 

Vianet communication

प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को संरचनामा पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । न्याय परिषद्को संरचनाका कारण पनि न्याय सम्पादनमा कतिपय स्थानमा समस्या आइरहेको उनको भनाइ छ । ‘न्याय परिषद्को संरचनामा पुनरवलोकन गर्नुपर्छ भन्नेकुरा मेरो नेतृत्वको प्रतिवेदनले पनि देखाएको छ,’ उनले भने, ‘न्याय परिषद्को संरचनाका कारण पनि वास्तवमा बैठक गर्नलाई कठिनाइ उत्पन्न भएको कुरा सत्य हो ।’

सर्वोच्च अदालतमा विचौलिया हटेको उनले दाबी गरे । मुद्दाको सुनुवाइ गर्न गोलाप्रथाको चलन ल्याएपछि न्यायालय भित्रको विचौलियाको भागाभाग जस्तै भएको उनको दाबी छ । वर्षौंदेखि जरा गाडेर बसेको सेटिङसमेत गोलाप्रथा लागू भएपछि हटेको उनले जिकिर गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x