×

NIC ASIA

उड्डयन क्षेत्र नेपालको आधारभूत जीवनरेखा हो- प्रदीप अधिकारी

काठमाडाैं | जेठ १३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा वर्षेनी एक करोडभन्दा बढी हवाई यात्रु रहेको बताएका छन् ।

साउदी अरबको रियादमा आयोजित 'फ्युचर एभियसन फोरम २०२४' मा एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको उड्डयन क्षेत्र अर्थतन्त्र, पर्यटन, व्यापारका लागि धेरै महत्त्वपूर्ण रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपालको उड्डयन क्षेत्र अर्थतन्त्र, पर्यटन, व्यापार र आन्तरिक कनेक्टिभिटीका लागि ठूलो आर्थिक संयन्त्र बनेको छ,' उनले भने, 'हामीसँग आन्तरिक र बाह्य गरी १० मिलियन (एक करोड) यात्रु छन् ।


Advertisment
Rupse Holidays
Nabil box

उनले नेपालको उड्डयन क्षेत्र जनतालाई यातायात सेवा प्रदान गर्ने एक मात्र साधन रहेको बताए । विद्यार्थीका लागि स्कूल ड्रेस या पुस्तक, भान्छाका लागि नुन र चामल सबै ढुवानी गर्न नेपाल उड्डयन क्षेत्रमा निर्भर रहेको उनको भनाइ छ ।

Vianet communication

'हाम्रा लागि उड्डयन वा एयरपोर्ट जनताको सेवा गर्ने एक मात्र माध्यम हो,' उनले भने, 'नुन, कपडा र पुस्तक सबै कुराको ढुवानी हामीले हवाई यातायातबाट गर्छौं । अरूका लागि उड्डयन रमाइलो विषय हुन सक्छ तर नेपालका निम्ति आधारभूत जीवनरेखा हो ।'

उनले उड्डयन क्षेत्र नेपालको अर्थतन्त्र, पर्यटन, व्यापारका लागि एकदमै महत्त्वपूर्ण रहेको बताए । 

उनले नेपालको उड्डयन क्षेत्र अन्य देशको तुलनामा बढी जोखिमयुक्त रहेको बताए । 'उच्च उचाइ, उच्च रनवे ढलान, अप्रत्याशित मौसमले अलिकति जोखिम बढाएको छ,' उनले भने । 

क्यानडा र युरोपको आन्तरिक विमानहरू अधिकतम १२ हजार फिटको उचाइमा उड्न सक्ने तर नेपालको हिमाली क्षेत्र नै २८ हजार फिटभन्दा बढीको रहेकाले यहाँ उडानमा अलिकति चुनौती रहेको उनको भनाइ छ ।

'यसको मतलब तपाईंले साँघुरो उपत्यकाबीच नेभिगेट गर्नुपर्छ,' अन्तरक्रियाका क्रममा उनले भने ।

उनले नेपालका लागि उड्डयन आधारभूत जीवनरेखा रहेको बताए ।

'किनभने हामीसँग पहाड र हिमालमा धेरै ठाउँ छन् । हामीसँग ५५ आन्तरिक र ३ अन्तर्राष्ट्रिय विमानस्थल छन् । तीमध्ये समतल क्षेत्रमा १० र हिमाली क्षेत्रमा ३३ विमानस्थल छन् । हामीले देशका सबै भागमा सडक बनाएका छैनौं,' उनले भने । 

उनले थपे, 'पहाडको बीचबाट पनि विमान उडिरहेको छ । विमानको दुवै छेउमा अग्ला पहाड छन् । विमान पहाडमुनि छ । यो अद्भुत दृश्य त हो, हाम्रा लागि चुनौती पनि हो ।'

उनले अधिकांश हाइड्रोलोजिकल मोडल नेपालमा सफल नभएको बताए । 

'नेपालको हिमाली क्षेत्रको मौसम एक वा दुई मिनेटपछि अनुमान गर्न सकिँदैन । दुई सेकेन्डपछि बादल आएर ढाक्छ । विमान पहाडमुनि उडिरहेको हुन्छ, त्यसैले अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा ल्याइएका कतिपय मोडेलहरू नेपालमा सफल हुँदैनन्,' उनले भने ।

उनले नेपाल जलवायु परिवर्तनको असरबाट धेरै प्रभावित भएको देश रहेको बताए । 

'नेपाल जलवायु परिवर्तनबाट ठूलो मात्रामा प्रभावित देश हो,' उनले भने, 'हाम्रा सेता हिउँका पहाड कालो ढुंगामा परिणत भइरहेका छन् र हाम्रा बाह्रमासे नदीका स्रोत घट्दै गएका छन् ।'

उनले बाढी हिमपहिरो, जलजन्य प्रकोपका कारण नेपालले धेरै विपत्ति भोग्नुपरेको बताए । 'हाम्रा लागि जलवायु परिवर्तन ठूलो समस्या हो । यद्यपि यो नेपालको मात्रै समस्या होइन,' उनको भनाइ छ ।

उनले जलवायु परिवर्तनको असरले विश्वभर प्रभाव पारेको बताए । 'यदि बाह्रै महिना बगिरहने नदी सानो हुँदैछ भने त्यो संसारभरका लागि थ्रेट हो,' उनले भने, 'यसले विश्वभर असर गर्नेछ । तपाईंको समुद्र पनि खतरामा छ, हैन ? त्यस कारण हामी अत्यन्तै नाजुक चरणमा छौं ।'

उनले नेपालका लागि जलवायु परिवर्तन एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दा रहेको बताए । 

'हामीले यसलाई सबै अर्थमा न्यूनीकरण गर्नुपर्छ । जलवायु परिवर्तनमा नेपाललाई विश्वले साथ दिनुपर्छ, किनकि हामीले पीडा भोग्नुपर्यो भने विश्वले पनि भोग्नेछ,' उनले भने । 

उनले नेपाल पर्यटकीय हिसाबले अत्यन्तै राम्रो देश रहेको बताए । 

'नेपालजस्तो प्राकृतिक वातानुकूलित देश पाउन सकिँदैन । हामीले नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसकेका छौं त्यो राम्रो पर्यटकीय पूर्वाधार हो । अब हामीले नेपाललाई पर्यटन हब बनाउन एयरलाइन्स, होटल, रेस्टुरेन्टमा थप लगानी गर्नुपर्छ,' उनले भने ।

उनले नेपालमा विदेशी लगानीका प्रमुख क्षेत्र पर्यटन, जलविद्युत् र कृषि पनि हुन सक्ने बताए । 

'धेरै क्षेत्र छन् जहाँ विदेशी लगानी गर्न सकिन्छ । हामीसँग नाफा दिने क्षमता धेरै छ । नेपाललाई पर्यटनको दृष्टिकोणले हेरिँदा, हामीसँग विश्वकै अग्लो शिखर सगरमाथा छ । एउटै सगरमाथा मात्र होइन हामीसँग विश्वका १० मध्ये अग्ला सात वटा हिमाल छन्,' उनले भने ।

अधिकारीले प्याराग्लाइडिङ, अल्ट्रालाइट एयरक्राफ्ट फ्लाइङ, स्काइडाइभिङजस्ता साहसिक पर्यटनका अवसर पनि नेपालमा प्रशस्त रहेको बताए । 

'नेपालमा पर्वतारोहण, पदयात्राजस्ता पर्यटनका प्रशस्त अवसर छन् । हामीसँग धेरै सुन्दर उपत्यका, धेरै सुन्दर पहाड र ताल, गुफा, झरना, सबै छन्,' उनले भने ।

हेर्नुहोस् अधिकारीसँग गरिएको अन्तरक्रियाको भिडियो

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x