×

सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ बेपत्ता

संखुवासभा | असार ३, २०८१

फाइल तस्वीर

सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्‌बाट धेरै नागरिकले ज्यान गुमाउनुका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको  छैन ।


Advertisment

पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । विगत १० वर्ष यताको तथ्याङ्क हेर्दा एक सय सात वटा पहिरोबाट १६ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता छन् । 


Advertisment

बाढीका कारण पाँच जनाको मृत्यु र १९ जना बेपत्ता भएका तथ्याङ्क छ । विसं २०७० देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौं बस्ती विस्थापित भएका छन् ।

विसं २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा कार्यतर १७ जना बेपत्ता भएका थिए । त्यस्तैगरी, विसं २०७७ असार २७ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा ११ जना बेपत्ता बनाएको थियो ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा तीनवटै सुरक्षा निकायमा खोज तथा उद्धारका लागि २९ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

यस वर्षको मनसुन गत जेठ २८ गतेदेखि सुरु भएकाले मनसुनबाट हुने क्षतिलाई कम गर्न, तत्काल खोज तथा उद्धार गरी राहत वितरण एवं पुनःस्थापनालाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ खड्काले बताए । उनका अनुसार जिल्लाका ७६ वडामध्ये ३६ वडाले बाढीपहिरोको क्षति बेहोर्नु परिरहेको छ ।

गत जेठ ३१ गते आएको अविरल वर्षासँगैको पहिरोले तीन घर बगाएको थियो भने दुई दर्जन बढी घर विस्थापित भएका छन् । खाँदबारी–११ आङ्लास्थित कोक्तीमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको हो । 

पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्रे गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्दछ । पानीले सडकमा करिब एक करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ । ​

मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु र छ जना बढी घाइते भएका छन् । बाढीपहिरोका कारण तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको प्रजिअ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत पोलमा क्षति पुगेको छ । 

यही जेठ २१ गते वर्षासँगै आएको बाढी पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडी समेत पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौँ बराबरको भौतिक क्षति भएको प्रजिअ खड्काको भनाइ छ । 

पहिरोले भोटखोला–४ मा निर्माणाधीन पाँच शय्याको अस्पताल र सोही वडाको सेम्बुङमा रिदर ज्याबु भोटे पुरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ । बर्सातको समयमा बाढीपहिरो सयौं क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ ।

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x