×

NMB BANK
NIC ASIA

चितवनमा प्राधिकरणको ४० करोड भन्दा बढी बक्यौता, कसको कति ?

चितवन | साउन २१, २०८०

NTC
Premier Steels

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो ।
 
कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार रु ४० करोड ६७ लाख ४२ हजार सात सय ३५ बक्यौता रहेको छ । तीमध्ये कालो सूचीमा रहेका ग्राहकबाट रु ७३ लाख तीन हजार ४८ असुल गर्न बाँकी छ । केन्द्रले कालो सूचीमा दुई सय ६७ ग्राहकलाई राखेको छ । 

Muktinath Bank

बक्यौता रकममध्ये सबैभन्दा धेरै सडक बत्तीको रु ११ करोड १५ लाख ९१ हजार तीन सय १४ रहेको पौडेलले जानकारी दिए। उहाँका अनुसार घरायसी बिजुलीको रु सात करोड ८३ लाख ७३ हजार छ सय ७९, संस्थागत रु ९० लाख १२ हजार ५९, व्यवसायी रु एक करोड ८३ लाख ३६ हजार एक सय ५१, सामाजिक संस्थाहरूको रु दुई करोड १२ लाख ९२ हजार पाँच सय ८८ बक्यौता रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनोरञ्जन क्षेत्रकाले रु दुई लाख २८ हजार एक सय ६२, औद्योगिक क्षेत्रको रु दुई करोड ६४ लाख २९ हजार सात सय २२, सरकारी कार्यालयको रु १३ करोड ८३ लाख ३० हजार चार सय ६२, खानेपानीको रु दुई लाख ६६ हजार छ सय १८, अस्थायी, धार्मिक सङ्घ संस्था र सामाजिक सङ्घ संस्थालगायतले तिर्न बाँकी रहेको उनले बतँए । 
 
गत आवमा १९ करोड ७४ लाख ७७ हजार तीन सय ७० युनिट विद्युत् खपत भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस कार्यालयअन्तर्गत ६५ हजार पाँच सय आठ सेवाग्राही रहेका छन् । 


Advertisment
Nabil box
Kumari

गत आवमा रु दुई अर्ब पाँच करोड ४७ लाख ६० हजार पाँच सय ५६ विद्युत् महसुल सङ्कलन भएको छ । ग्राहकले समयमा महसुल तिर्दा रु नौ लाख २६ हजार सात सय ५१ छुट पाएको उनले जानकारी दिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x