×

NIC ASIA

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ क्वीन्टल सुन प्रकरणमा शून्यबाट अनुसन्धान गर्ने भएको छ । 

राजस्व अनुसन्धान विभागले १८ दिनपछि प्रहरीलाई सुम्पिएको करीब १०० किलो सुनको अनुसन्धान फेरि तलबाटै गर्नुपर्ने प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले फेरि शून्यबाट शुरू गर्छाैं, विभागले एउटा हिसाबले अनुसन्धान गरेको थियो, हामीले संगठित अपराधमा अनुसन्धान गर्दा शुरूबाट गर्नुपर्ने स्वाभाविक हो,’ डीआईजी कडायतले लोकान्तरसँग भने । 


Advertisment
Rupse Holidays
Nabil box

उनका अनुसार सीआईबीले अहिले विभागले बुझाएका प्रमाणहरू र उसले गरेको अनुसन्धानको अध्ययन गरिरहेको छ । त्यसको अध्ययनपछि मात्रै कसरी अनुसन्धान गर्ने भन्ने कुरा टुंगो लगाएर सीआईबी अगाडि बढ्न लागेको छ ।

Vianet communication

प्रवक्ता कडायतका अनुसार सीआईबीले फेरि पक्राउ परेका अभियुक्तहरूसँग बयान गर्ने, उनीहरूबाट खुल्न आएको तथ्य र प्रमाणका आधारमा अन्यलाई पक्राउ गर्नुपर्ने अवस्था आए पक्राउ गर्नेछ । विभागले राजस्व छलीअन्र्तगत उच्च अदालतमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान गरेको थियो । अहिले संगठित अपराधमा अनुसन्धान गरेर जिल्ला अदालतमा सरकारी वकिलमार्फत प्रतिवेदन बुझाइने छ ।

स्रोतका अनुसार सीआईबीले हङकङबाट आएको भनिएको ठाउँदेखि नेपालमा कसरी आयो र त्यो कहाँ जान लागेको भन्नेसम्मको चेन पत्ता लगाउने गरी अनुसन्धान शुरू गरेको छ । 

हल्लामा नाम आएका ‘भीआईपी’ पनि अनुसन्धानको दायरामा

प्रहरी उच्च स्रोतका अनुसार सुनसँग जोडिएर आएका भीआईपीहरूको संलग्नताबारे पनि अनुसन्धान गर्ने तयारी छ । ‘अनुसन्धानमा संलग्नताको प्रमाण देखिएमा भीआईपीहरूलाई पनि छोड्दैनौं, स्वाभाविक रूपमा जो कोही पनि अनुसन्धानको दायरामा पर्न सक्छन् यदि कनेक्सन देखिएको खण्डमा,’ ती अधिकारीले लोकान्तरसँग भने ।

यता मंगलवार संसद्मा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा संलग्न भएको तथ्य र प्रमाणले पुष्टि भए जुनसुकै दलका नेतामाथि पनि कारबाही गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले कसलाई तान्ने या कसलाई छाड्ने भनेर गृहमन्त्रीका रूपमा आफूले निर्देशन नदिने बताए । ‘यहाँ प्रतिपक्षी दलका मेरा अनन्य मित्रले भेपको फाइल गृहमन्त्रीको टेबलमा छ तर माओवादी नेतालाई कारवाही गरिएन भन्नुभयो । सीआईबीले गरेको अनुसन्धानको फाइल पहिला मेरो टेबलमा कसरी आयो ? तपाईंहरूले सरकार चलाउँदा यसरी आउँथ्यो र ?’ गृहमन्त्री श्रेष्ठले भने, ‘कसलाई तान्ने र कसलाई छाड्ने भनेर गृहमन्त्रीले निर्देशन दिन मिल्दैन । अनुसन्धान गर्न निर्देशन दिएका छौं ।’
 
त्यसअघि एमाले सचिव योगेश भट्टराईले भेपमार्फत आएको ९ किलो सुन प्रकरणमा माओवादीकै नेता संलग्न रहे पनि कारवाही नगरिएको भन्दै प्रश्न गरेका थिए ।

‘माओवादी या अन्य कुनै पार्टीको होस्, तथ्य प्रमाणले दोषी छन् भने कोही छुट्नेवाला छैनन् । कोही उम्किन पाउँदैनन्,’ गृहमन्त्री श्रेष्ठले भने ।

छुट्टै टीम र कोठाबाट अनुसन्धान गर्दै सीआईबी

पछिल्ला अपराधका प्रकरणहरूमा सूचना बाहिर आउँदा समस्या भएको भन्दै सीआईबीले छुट्टै टीम बनाएर छुट्टै कोठाबाट अनुसन्धान गर्न लागेको छ । सीआईबी स्रोतका अनुसार एसपी संजयसिंह थापा नेतृत्वको टोलीले एउटा छुट्टै कोठामा अनुसन्धान गरिरहको छ ।

‘अरु बेला पनि छुट्टै अनुसन्धान छुट्टै कोठा हुन्छन् तर यो अलि विशेष भएकाले गोपनीयताका लागि अरु विशेष कोठामा सरेर अनुसन्धान शुरू गरिएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो । 

दोलखाको मेलुङ गाउँपालिका–३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियम नागरिक दावा छिरिङ प्रहरी हिरासतमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x