×

NMB BANK
NIC ASIA

शिक्षाको डरलादो चित्र

भ्रष्टाचार र राजनीतिको चपेटामा नेपालको शिक्षाः किन यस्तो भयो, कसरी सुधार्ने ?

काठमाडाैं | साउन २५, २०८०

NTC
Premier Steels

हाम्रो देशको शिक्षा क्षेत्र प्रगतिभन्दा दुर्गतितिर अगाडि बढेको छ । विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको अवस्था दयनीय छ । अर्कातिर नियमन गर्ने स्थानीय तहदेखि मन्त्रालयसम्म यसबारे बेखबर छन् । उनीहरू भ्रष्टाचार र कमिसनको खेलमा अल्झिने गरेको आरोप लाग्दै आएको छ । शिक्षामा झागिँदै गएको बेथितिका कारण अपेक्षाकृत प्रगति हुन नसकिरहेको तीतो यथार्थ हाम्रो सामु छर्लङ्ग छ । नेपालमा अहिले विद्यालयको संख्या ३४ हजार ३ सय ६८ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार धेरै विद्यालय बन्द भएपछि र समायोजन प्रक्रियामा गएपछिको तथ्यांक हो यो । अहिले सामुदायिक विद्यालय २६ हजार ४ सय ५४ छन् भने संस्थागत विद्यालय ६ हजार ७ सय ६० र धार्मिक विद्यालय १ हजार १ सय ५४ रहेका छन् ।

Muktinath Bank

शिक्षाको विकास भए मात्र देशको विकास हुने यथार्थलाई स्वीकार्दै शिक्षामा पर्याप्त लगानी गरिनुपर्छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी वर्षका लागि शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको ११.२६ प्रतिशत हो । गत आर्थिक ७९/८० को बजेट १०.९४ प्रतिशत मात्र थियो । शिक्षामा कम्तीमा पनि २० प्रतिशत बजेट छुट्याउनु पर्ने कुरा उठिरहेको छ । संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको छ । जुनकुरा कागजमा मात्रै सीमित छ । अहिलेको बजेटबाट त्यो सम्भव पनि छैन । शिक्षामा मौलाएको विद्यमान बेथितिलाई निराकरण गर्न आवश्यक छ । तर, शिक्षा क्षेत्र बेथितिले कसरी जकडिएको छ भन्ने कुरा यस आलेखमा चर्चा गरिने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायिक विद्यालयका बेथिति 


Advertisment
Nabil box
Kumari

अहिले सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समितिको अध्यक्ष बन्ने होडबाजी छ । अधिकांश शिक्षकहरू विभिन्न राजनीतिक दलनिकट संगठनको नेता बन्ने र विद्यालयमा आफ्नो कर्तव्य पालना नगर्ने गरेको तीतो यथार्थ हाम्रासामु छ । विद्यालयमा शिक्षकको अभाव कायमै छ । सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भनेर कानूनी व्यवस्था भएता पनि बर्सेनि भर्ना, धरौटी, चन्दा, अभिभावक सहयोग शुल्क आदिका नाममा शुल्क असुल्ने काम भइरहेकै छ । एउटै विद्यालय हाताभित्र दुईखालको शिक्षा अंग्रेजी माध्यम र नेपाली माध्यम लागू गरेर बाल मनोविज्ञानमा नराम्ररी असर परिरहेको छ । अंग्रेजी भाषाको नाममा गरिएको विभेद कुनै भाषामाथिको मात्रै नभई समग्र शिक्षामाथिको अतिक्रमण हो । अहिले विश्वका विभिन्न विश्वविद्यालयहरूमा आफ्नै देशको भाषामा प्राविधिक विषयहरूको समेत अध्ययन भइरहेको छ ।

Vianet communication

आफूलाई नमूना भनेर परिचित केही त्यस्ता विद्यालयले आफ्नो एकाधिकार सिन्डिकेट लागू गरिरहेका छन्, फलस्वरूप विद्यार्थीलाई आवश्यक स्टेसनरी सामग्रीदेखि ड्रेस सिलाउने, किन्ने ठाउँसम्म उनीहरूले भनेकै ठाउँबाट र भनेजस्तै हुनुपर्छ । अर्कातिर विद्यार्थीको चापबमोजिम पर्याप्त कक्षाकोठा र भौतिक संरचना, बालमैत्री कक्षा र सिकाई अभावका कारण शिक्षा क्षेत्र धरासायी छ । खेताला शिक्षक राख्ने काम अझै रोकिएको छैन । कानूनअनुसार विद्यालय कम्तीमा २२० दिन पनि नखुल्नु, खुले पनि पढाइ नहुनु, शिक्षक र विद्यार्थीको अनुपस्थिति दर उच्च रहनु, विद्यालयको लेखापरीक्षण नगराउनु, गराए पनि सबै हिसाब–किताब नदेखाउनु, सामाजिक परीक्षण नगर्नु, विद्यालयलाई दिइने साधन स्रोतअन्तर्गत आर्थिक अनुदान, भौतिक सुविधा, शिक्षक कोटा वितरणमा राजनीतिकरण गरिनु र विद्यालयको सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु पनि विद्यालयभित्र हुने भ्रष्टाचारको डरलाग्दो रूप हो ।

संस्थागत (निजी) विद्यालयहरूको मनोमानी 

निजी विद्यालयहरूले कानूनमा तोकिएको भन्दाबाहेक विभिन्न शीर्षकमा मापदण्डविपरीत भवन, शैक्षिक सामग्री, कोचिङ, ट्युसनका नाममा मनोमानी ढंगबाट अधिकतम शुल्क लिइरहेका छन् । विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति पारदर्शी छैन । छात्रवृत्ति वितरण प्रणाली अपारदर्शी हुँदा वास्तविक गरीब, जेहनदार विद्यार्थीले भन्दा पनि पहुँच भएकाले पाइरहेका छन् । विद्यार्थीलाई ड्रेस, टाईबेल्ट, कपी, किताबलगायतका सामग्री स्वतन्त्र रूपमा बजारमा किन्न नदिएर विद्यालय स्वयं वा तोकेको पसलबाट किन्न बाध्य पार्ने गरिएको छ ।  विद्यमान शिक्षा ऐन–नियमले तोकेको सेवाशर्त अनुसार भवन, खेल मैदान, पिउने पानी, शौचालय, शिक्षक, कर्मचारी आदिको समुचित व्यवस्था नगरी विद्यालय सञ्चालन भएका छन् ।  होस्टेल, क्याफ्टेरिया, पुस्तकालय, प्रयोगशालाले चर्को शुल्क लिएअनुसारको गुणस्तरीय सामग्री उपलब्ध नगराउनु, शिक्षक कर्मचारीको नियुक्ति गर्दा पारदर्शी रूपमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा नगराएर राम्रोभन्दा आफ्नो मान्छेलाई प्राथमिकता दिनु, शिक्षक कर्मचारीको श्रम शोषण गर्नु त निजी विद्यालयका लागि सामान्य विषय भइसकेका छन् । 

सीटीईभीटीका बेथितिहरू 

विद्यालय शिक्षाकै स्तरको प्राविधिक विषयहरू अध्ययनका लागि नेपालमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) नामक संस्था चलिरहेको छ । जसलाई शिक्षा मन्त्रालय मातहतमा सिधै सञ्चालन गरिएको छ । सीटीभीटीअन्तर्गत अहिले जम्मा ११ सय ६ शैक्षिक संस्थाहरू छन् । जसअन्तर्गत आङ्गिक ६३, साझेदारी ४२, टेक्स ५७२, निजी ४२९ छन् । सीटीईभीटीले प्रारम्भिक तहको प्राविधिक र व्यावसायिक शिक्षाका लागि धेरै ठूलो योगदान पुर्‍याएको कुरा साँचो हो । तर अहिलेको वस्तु परिस्थितिअनुसार त्यो संस्थालाई बदल्न सकिएको छैन । अहिलेको आवश्यकता अनुरूपको शैक्षिक कार्यक्रमहरू अगाडि सार्न सकेको छैन । सीटीईभीटी नेपालको शैक्षिक क्षेत्रको सबैभन्दा भ्रष्ट संस्थामध्ये एउटा मानिन्छ ।  सीटीईभीटीको सदस्य सचिव हुनलाई लाखौं रकम भरिएको ब्रीफकेस शिक्षा मन्त्रालयमा बुझाउनु पर्ने बाध्यता सञ्चार माध्यमले छताछुल्लै छन् । सामान्य कार्यक्रमहरूको हेरेफेर गर्दा होस् वा नयाँलाई कार्यक्रम अनुमतिका लागि सम्बन्धन दिँदा होस् सीटीईभीटीदेखि मन्त्रालयसम्मका सबैको गोजी गरम हुन्छ । कुनै बेला सीटीईभीटीको सन्दर्भमा विद्यार्थी संगठनहरूभित्र समेत जिम्मा दिन र लिनका लागि ठूलै धपेडी हुन्थ्यो । खासमा सीटीईभीटीलाई अर्को भन्सारको रूपमा अर्थ्याउन थालिएको छ ।

विश्वविद्यालय शिक्षाको डरलाग्दो अवस्था

नेपालको उच्च शिक्षा अथवा विश्वविद्यालय शिक्षाको अवस्था अझै डरलाग्दो छ । अहिले नेपालमा जम्मा १७ वटा विश्वविद्यालय छन् । यसमा १३ वटा संघ र ४ वटा प्रदेश सरकारले सञ्चालन गरिरहेका छन् । अझै थप स्थापना हुने सम्भावना छ । नेपालजस्तो अविकसित र विकासोन्मुख देशमा विद्यार्थीहरू आर्थिक कारणले उच्च शिक्षासम्म पुग्दा घट्दो दरमा थोरै संख्यामा मात्रै पुग्ने गर्छन् ।

अरू पनि धेरै कारणहरू छन्, जसअन्तर्गत अहिले विश्वविद्यालय शिक्षा पढेर आत्मनिर्भर बन्न सकिने अवस्था देखिन्न । जसले विश्वविद्यालय शिक्षा प्रतिको विश्वास घटेको छ । राज्यले पनि विद्यार्थीले अध्ययन सकेपछि के गर्ने ? कुनै गरिखाने बाटो बनाई दिएको छैन । विश्वविद्यालयको अधिकांश पाठ्यक्रम हेर्दा बाह्य नक्कल छ । नेपालको माटो सुहाउँदो श्रम संस्कृतिको निर्माण गर्ने र श्रमसँग जोडिने शिक्षा छैन ।

विश्वविद्यालयमा पदीय जिम्मेवारीमा हुने राजनीतिक भागबन्डाले क्षमतावान, योग्य र सक्षम मान्छेहरू निराश छन् । विद्यार्थी राजनीतिको गलत प्रयोग र स्ववियु निर्वाचनलाई संसदवादी राजनीतिक दलहरूले मिनी संसदको अभ्यास गर्दै आफ्नो भोट बैंकको रूपमा विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचनलाई दुरुपयोग गरिरहेका छन् । विश्वविद्यालयका प्राध्यापकहरूले पर्याप्त समय अध्यापनमा दिँदैनन् । आवश्यक पुस्तकहरू पुस्तकालयमा छैनन् र भएका पनि सदुपयोगमा छैनन् । सार्वजनिक सम्पत्तिको दुरुपयोग उत्तिकै छ । आय व्यय पारदर्शी छैन । उच्च शिक्षाको यस्तो दुःखान्त चित्र हाम्रो अगाडि छर्लङ्ग छ । जसले गर्दा आज देशको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयका झन्डै ५ सय क्याम्पसहरूमा विद्यार्थीविहीन हुन पुगेका छन् ।

विश्वविद्यालय सुधारका लागि ध्यान दिनुपर्ने कुराहरू 

विश्वविद्यालयको संरचनागत सुधार, राजनीतिक हस्तक्षेपबाट मुक्त, व्यावसायिक एवं व्यवहारिक शिक्षामा जोड, खोज र अनुसन्धानमूलक बनाउने, सम्बन्धनलाई नियन्त्रण गर्ने, भौतिक पूर्वाधार विकासमा जोड दिने, समयमै परीक्षा गराई तत्काल  नतिजा प्रकाशन गर्ने, प्रतिस्पर्धाको मापदण्डलाई कार्यान्वयन गर्दै राजनीतिक भागबन्डाको संस्कृतिलाई खारेज गर्ने गर्नु पर्दछ । दोहोरो प्राध्यापन अन्त्य गर्न आर्थिक प्याकेजमा वृद्धि गर्ने, आयव्यय पारदर्शी गर्ने र मितव्ययी नीति अपनाउने,  विश्वविद्यालयलाई दास जन्माउने थलो नभई आलोचनात्मक चेतना भएका मान्छेहरूको केन्द्रको रुपमा निर्माण गर्ने गरिनु पर्दछ ।  विश्वविद्यालयलाई विद्यार्थी केन्द्रित बनाउने, विदेशी झोले विश्वविद्यालयलाई नेपालमा आउन बन्द गर्नेलगायत महत्त्वपूर्ण कामहरू गर्नु पर्दछ ।

चिकित्सा शिक्षाका समस्याहरू 

चिकित्सा शिक्षाका पनि आफ्नै समस्या छन् । नेपालमा अहिले झन्डै २१ वटा मेडिकल कलेज रहेका छन् । जसमध्ये काठमाडौं विश्वविद्यालयअन्तर्गत ११ र त्रिभुवन विश्वविद्यालयअन्तर्गत १० वटा मेडिकल कलेज सञ्चालित छन् । ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । केही मेडिकल कलेजहरू विभिन्न विश्वविद्यालयहरूले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । सञ्चालित मेडिकल कलेजहरूको अवस्था पनि सुखद् छैन । समयमा परीक्षा नहुँदा, नतिजा नआउँदा, पढ्छु भनेर विद्यार्थीले चाख राखेको विषय स्वदेशमा पढ्न पाइरहेका छैनन् । केही वर्ष चिकित्सा शिक्षा आयोगबाट लिइने नर्सिङ्ग, पब्लिक हेल्थ, एमबीबीएसलगायत योग्यता परीक्षामा निकै कम विद्यार्थी उत्तीर्ण भई एकातर्फ स्वदेशमा पढ्ने अवसर नपाई विदेश गइरहेको अवस्था छ भने अर्कातिर कलेजहरूमा सिट खाली भई विद्यार्थी नहुँदा अर्बौंको लगानी डुब्ने अवस्था बनेको छ । आज भारत, अष्ट्रेलिया, अमेरिकालगायत देशमा प्राविधिक विषय पढ्न जानेको ओइरो लागेको छ । राज्य निरीह र मुकदर्शक बनेको अनुभूति हुन्छ । प्रायः मेडिकल कलेज काठमाडौँ केन्द्रित छन् । असाध्यै महँगो भएका कारण किसान, मजदुर परिवारको पहुँचभन्दा बाहिर छ । व्यापारी र माफियाको लगानी छ । मेडिकल शिक्षा हुने खाने वर्गको पेवाजस्तै बन्न पुगेको छ । राज्यभन्दा मेडिकल शिक्षाका माफियाहरू बलिया देखिन्छन् । राज्यजस्तो जिम्मेवार निकाय माफियाको कारिन्दाजस्तो मात्र देखिन्छ ।

 विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पसहरूको आफ्नै बलमिच्याईं 

नेपालका विश्वविद्यालयहरू अवस्था दयनीय बन्दै गएपछि पछिल्लो समय विदेशी सम्बन्धनमा सञ्चालित कलेजहरू फस्टाउन थालेका छन् । विश्वका विभिन्न विश्वविद्यालयका नाममा खोलिएका त्यस्ता शिक्षण संस्था बर्सेनि बढ्दो क्रममा छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार हाल त्यस्ता शिक्षण संस्थाको संख्या ८७ पुगेको छ । थप केही सम्बन्धनको पाइपलाइनमा छन् । विदेशी सम्बन्धमा सञ्चालित शिक्षण संस्था प्रायःजसो काठमाडौं उपत्यकामै केन्द्रित छन् । सम्बन्धनको अनुमति लिएका ८७ शिक्षण संस्थामध्ये २४ वटा उपत्यका बाहिर सञ्चालित छन् । उपत्यका बाहिर पोखरा, विराटनगर र चितवनमा त्यस्ता शिक्षण संस्था खुलेका छन् ।

विदेशी सम्बन्धन प्राप्त कलेजहरूका थुप्रै विकृतिहरू छन् । तर, शिक्षा मन्त्रालयमा आर्थिक चलखेल हुने कारणले गर्दा ती संस्थाका सञ्चालकहरूले आफू अनुकूल खुकुलो नीति, नियम बनाउन हस्तक्षेप गरिरहेका हुन्छन् । अहिले पनि केही संस्थाहरूबाहेक मापदण्ड अनुसार प्रायः चलेका छैनन् । ती संस्थाहरूमा विभिन्न समस्याहरूअन्तर्गत भर्नाको कुनै निश्चित अवधि छैन र मनपरी भर्ना गर्ने गरेको पाइन्छ । भर्नामा निश्चित कोटा प्रणाली छैन । जति पनि भर्ना गर्न सकिने सहज बाटो खुला छ । प्राय:ले विद्यार्थीहरूलाई दिने छात्रवृत्ति पनि दिएका छैनन् । शुल्कको कुनै निश्चित मापदण्ड छैन र मनपरि असुली रहेका छन् । विश्वविद्यालयको श्रेणीअन्तर्गत कम्तीमा पनि एक हजार भित्र पर्ने हुनुपर्दछ तर, विश्वविद्यालयको श्रेणीमा पुछारतिर परेका र जुन देशसँग सम्बन्धित छ्न्, त्यहाँ कुनै महत्त्व नभएका विश्वविद्यालयद्वारा सम्बन्धन लिएर कलेजहरू चलिरहेका छन् । यो विकृति आखिर कसले नियन्त्रण गर्ने ? शिक्षा मन्त्रालय र नियमन गर्ने सम्बन्धित व्यक्तिहरू नै त्यसमा संलग्न भएपछि । अर्कोतिर यी संस्थाहरूबाट वर्षमा अर्ब बढी रकम बाहिरिने गरेको पाइन्छ । विदेशी सम्बन्धनबाट सञ्चालित विश्वविद्यालयले २०७८ चैतदेखि २०७९ चैतसम्म एक वर्षको अवधिमा एक अर्ब २९ करोड बढी रुपैयाँ सम्बन्धन शीर्षकमा विदेश पठाएका छन् । शिक्षा मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त रकम पठाउँदा छ करोड ९७ लाख बढीको टीडीएस सरकारलाई गएको छ । जुन सटहीका क्रममा बुझाइएको हो ।

भारतीय बोर्ड (सीबीसई)द्वारा सञ्चालित विद्यालयको दादागिरी 

नेपालमा अहिले १६ वटा विद्यालय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (भारतीय बोर्ड)द्वारा सञ्चालित विद्यालय छन् । ती विद्यालयहरूको हकमा पटक-पटक खारेजीको माग पनि नउठेको होइन तर, भारतीय दूतावासकै सिधै हस्तक्षेप हुने हुँदा कसैले केही गर्न सक्ने स्थिति छैन । तिनीहरूका अगाडि सरकार पनि लाचार छ । ती विद्यालयहरूले नेपालको कुनै कानूनी प्रक्रिया पूरा गरेका छैनन् । विद्यालयमा भारतीय राष्ट्रगान गाउने, भारतीय पाठ्यक्रम अनुरूप अध्ययन गराउने गरेका थिए । अहिले पनि भित्रभित्र गरिरहेकै छन् । यो खालको दादागिरीले नेपाल सरकार र हाम्रो शिक्षा नीतिलाई चुनौती दिएको छ । यिनीहरू खारेज गर्नुको अर्को कुनै विकल्प छैन ।

मानव तस्करीको शैलीमा शैक्षिक परामर्श संस्था (एजुकेसन कन्सल्टेन्सी)

अहिले नेपालमा एजुकेसन कन्सल्टेन्सीहरूको बिगबिगी बढेको छ । कोरोना कालमा पनि धरासयी नहुने व्यवसायमध्ये एउटा हो यो । यिनीहरू विदेश उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सामान्य परामर्श गर्न, सुझाव सल्लाह दिन र भाषा सिकाउन खोलिएका र अनुमति पाएका संस्था हुन् । तर, कन्सल्टेन्सीहरूको  क्रियाकलाप विद्यार्थीलाई सही जानकारी दिनेभन्दा पनि विद्यार्थीलाई ठूल्ठूला सपना देखाउने र एक महिनामा यति लाख कमाउन सकिन्छ भन्दै सकेजति पैसा लुट्नमा केन्द्रित छन् । केही वर्ष अगाडि प्रहरीले ३४ वटा कन्सल्टेन्सीमा गरेको कारबाहीले पनि यसलाई पुष्टि गर्छ । कन्सल्टेन्सीहरू परामर्शमा  मात्र सीमित छैनन्, उनीहरू मानिसको किनबेच गर्नेमा समेत संलग्न रहेका छन् । यिनीहरू एकप्रकारको मानव तस्करको काम गरिरहेका छन् । बर्खाको च्याउजस्तै खुलेका कन्सल्टेन्सीलाई राज्यले नियन्त्रण र अनुगमन नगर्दा यस्तो बेथिति भएको छ । प्रहरीले अवैध रूपमा सञ्चालन गरेका कन्सल्टेन्सीमा छापा हान्न थालेपछि रातारात दर्ता गर्न पुगेका कन्सल्टेन्सीहरूबाट मात्र ८० लाख राजस्व उठेको थियो । खासमा यिनीहरू दर्ता गर्नुभन्दा खारेज गर्नु नै उपयुक्त हुनेछ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई राज्यले विभिन्न निःशुल्क सहयोग र परामर्श दिने निकाय खोल्न पर्ने हुन्छ । यी दलाली गर्ने परामर्श केन्द्रहरू बन्द गर्न नै उपयुक्त हुनेछ । यिनीहरू कै उक्साहटमा आज विद्यार्थीहरू माध्यमिक तहको शिक्षा पूरा गर्नुअघि नै विदेशको सपना बुन्छ । पछिल्लो एनओसी लिनेको तथ्यांक हेर्दा पनि विदेशी भाषा पढाउने कन्सल्टेन्सीको व्यापार बढेको संकेत गर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२१ मा एनओसी लिनेको संख्या ४४ हजार ८०० थियो । सन् २०२२ यो संख्या बढेर एक लाख २१ हजार पुग्यो । अहिले सन् २०२३ मा दैनिक सरदर ५०० भन्दामाथि विद्यार्थीहरूले एनओसी लिइरहेका छन् । नेपालको शिक्षा क्षेत्रको यो भयानक र दर्दनाक चित्र हाम्रो अगाडि छ ।

निष्कर्ष

नेपालको शिक्षा क्षेत्रको आमूल रूपान्तरण त्यति धेरै सहज देखिँदैन । तर, पनि यसलाई बदल्न आवश्यक छ । त्यो हामी सबै मिलेर पहलकदमी लिनुपर्दछ । तलदेखि माथिसम्म सबै सरकारी निकाय भ्रष्टाचार र कमिसनको खेलबाट मुक्त हुनुपर्छ । माथि नै हामीले नेपालको शिक्षा क्षेत्रको वास्तविक, यथार्थ र डरलाग्दो चित्र प्रस्तुत गरेका छौं । अहिले सरकारले भर्खरै विद्यालय शिक्षा ऐन संसदमा दर्ता गराएको छ । त्यसको सरसर्ती अध्ययन गर्दा विद्यालय शिक्षा ऐन २०२८ लाई थपघट गरी ल्याएको देखिन्छ । यो ऐनले पनि समग्र शिक्षाको आमूल रूपान्तरण हुने देखिँदैन । शिक्षा क्षेत्रको सुधार र आमूल रूपान्तरणविना कुनै पनि देशको परिवर्तन असम्भव छ । तर यही व्यवस्थाभित्र हामीले जति ठूला सुधार र परिवर्तनका कुराहरू गरे पनि आखिर त्यो सम्भव देखिँदैन । यो पनि एउटा तीतोसत्य हो । फेरि राज्यको संविधानले दिएको अधिकार र त्यही अनुरूप बनेका ऐन नीतिनियम र कानूनअनुसार शिक्षाको हक भनेको मौलिक अधिकारको हक हो त्यसको व्यवहारिक कार्यान्वयनका लागि एकजुट भई संघर्ष गर्न आवश्यक छ । अन्ततः मुख्यतः व्यवस्था फेर्ने कुरा नै यसको समाधान हो । हामीले बिर्सनु हुँदैन कि राज्यव्यवस्था र त्यसको चरित्र अनुरूप सबै क्षेत्र अगाडि बढेको हुन्छ । अहिलेको शिक्षा क्षेत्रमा पनि त्यसैको प्रतिविम्ब हो । जुन व्यवस्था बल्दलेर मात्रै सम्भव छ र त्यसका लागि निरन्तर संघर्ष गर्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x