×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद्‍को निर्णय

वैशाखको निर्णयलाई ४ महिना घुमाएर पुरानै अवस्थामा कित्ताकाट खुला, घरजग्गा चलायमान हुने

काठमाडाैं | साउन ३०, २०८०

NTC
Premier Steels

सरकारले वैशाखमै गरेको कित्ताकाट खुला गर्ने निर्णयको फाइल ४ महिना घुमाएर पुरानै अवस्थामा कित्ताकाट खुला गरेको छ ।

Muktinath Bank

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले प्लानिङ पर्मिट लिएकाहरूलाई साढे २ आना (८० वर्गमिटर) मै र अन्य आवासीय प्रयोजनमा भने ४ आना १ दाममा जग्गाको कित्ताकाट गर्न पाउने गरी निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको निर्णयपछि विकासे आयोजनाले भने जग्गा जतिसुकै पनि टुक्र्याउन पाउने भएका छन् । विकास निर्माणको काम अघि बढाउँदा कसैको जग्गाबाट १ आना, २ आना वा त्योभन्दा कम क्षेत्रफल लिनुपर्ने अवस्थालाई सरलीकृत गर्न सरकारले जति पनि कित्ताकाट गर्न दिने गरी भूउपयोग नियमावली संशोधन गरेको भूमि व्यवस्था मन्त्रालयका एक कर्मचारीले बताए । 


Advertisment
Nabil box
Kumari

सरकारको यो निर्णयपछि अंशबण्डा, अंशभरपाइ र मोहीको बाँडफाँट गर्नुपर्ने विषयमा पनि न्यूनतम ४ आना १ दाम क्षेत्रफलमा कित्ताकाट गर्नुपर्ने प्रावधान संशोधित नियमावलीमा हटाइएको छ । अब अंशबण्डा र मोहीको हकमा साढे २ आनामै जग्गा टुक्रा गर्न पाइने छ ।

Vianet communication

मन्त्रिपरिषद्‍ले जग्गा वर्गीकरणका लागि स्थानीय तहलाई थप अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ । ‘हरेक स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका बाटोको मापदण्ड तोकेका छ । अब २० र १३ फिटे बाटोभित्र पर्ने घरको लागि आवश्यक मापदण्ड सम्बन्धित स्थानीय तहले तय गर्न पाउने छन् । अब हरेक पालिकामा त्यही मापदण्डअनुसार कित्ताकाट गर्न पाइने व्यवस्था भएको भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ । 

सरकारले १ वर्षअघि भूउपयोग नियमावली लागू गर्दै काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्यूनतम ४ आना १ दाम (१३० वर्गमिटर) भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न रोक लगाएको थियो । नियमावलीलाई गत वैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकले पहिलो संशोधन गर्ने निर्णय गरेको थियो । निर्णयसँगै वैशाखमै मन्त्रिपरिषद्ले खुलाएको कित्ताकाटलाई कर्मचारीले अड्काएका थिए ।

कर्मचारीले नै फाइल पुनः फर्काएर ४ महिना घुमाइदिए । अहिले फेरि सोही नियमावली स्वीकृत गरेर सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सरकारले कित्ताकाट खुलाएपछि अब अर्थतन्त्र चलायमान हुन सहयोग पुग्ने बताए । सरकारले कित्ताकाटलाई ठप्प बनाएर राख्दा आम नेपालीमा परेको नकारात्मक असरलाई यो निर्णयले ऊर्जा दिने भएको छ । उनका अनुसार सरकारको यो निर्णयले समग्रमा अर्थतन्त्रको रोकिएको गतिलाई अगाडि बढाउन सहयोग नै गर्छ । अब राष्ट्र बैंकले मौद्रिक नीतिमाथि समीक्षा गरेर ‘लोन टु रेसियो’ पनि बढाएर विगतको झै घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्ने पनि उनको भनाइ छ । 

अहिले खुलाएको कित्ताकाटले जति अर्थतन्त्रलाई गति दिन सक्छ, त्योभन्दा बढी लोन टु रेसियो बढाएर ७० प्रतिशत पुर्‍याउने बुझाइ पनि लोहनीको छ । अहिले राष्ट्र बैंकले घरजग्गा धितो राखेर लिन पाउने ऋण ४० देखि ६० प्रतिशतसम्म मात्रै छ । उपत्यकाभित्र ४० प्रतिशत र बाहिर ६० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था छ । 

कित्ताकाटको भित्री खेल: अवैध कमाइ रोकिने भएपछि कर्मचारीले नै उल्ट्याइदिए सरकारी निर्णय !

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x