कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
काठमाडाैं | साउन ३१, २०८०
प्रिय प्रचण्ड !
हावाहुरी चलेपछि परिणामहरू देखाउँछ र रोकिन्छ पनि । तिमी हुरी हौ भन्ने कुरामा कुनै विवाद छैन । आजकल विज्ञानले सानो घेराभित्र पनि हुरीहरू जन्माउँछ । म अपेक्षा गर्छु, तिमीले हिमाल जितेको र डाँडा नाघेको देख्न पाइयोस् । अवरोध छिचोलेको र कठिनाइ पार गरेको हेर्न पाइयोस् । बहुचर्चित चुनवाङ बैठकपछिको विद्यार्थी बैठक सम्झिन्छु, खाराको मोर्चामा लुकेको पिली देख्छु, अनि लाग्छ तिमी हार्दैनौ । विद्यार्थी सचिवालयको बैठकमा तिमीले तानेको चुरोट सम्झन्छु । बाबुरामका १३ बुँदा पढ्छु । निष्कर्षमा तिमी हेम्लक पिउन सक्छौ । २०६१ को विद्यार्थीको दिल्ली बैठक सम्झिन्छु, बत्तीमा पुतली बन्न हुँदैन भन्ने वाक्यमा तिमीले कोरेको अन्तरविरोधको परिचालन भेट्छु । लाग्छ तिमी अन्तरविरोध पहिचानको सूत्र हौ । अनि विश्वस्त हुन्छु, हो हामी आविष्कारका जननी हौं । हामी आदि हौं, अन्त्य होइनौं । कामीडाँडा पढ्छु, माओको विज्ञानमा अन्तरविरोध परिचालनमार्फत विजयको सूत्र बुझ्छु । हो तिमी विज्ञानमा विपरीतहरूको मिलनबिन्दु हौ । जसरी आज जुरेको छ, यो विज्ञानविना सम्भव थिएन र छैन । समाजमा तिमी उभिएकै कारण धेरै उलटफेर भएको छ । उलटफेर फेरि पनि होस् । म मान्छु एक गतिलो नेताले परिस्थितिमात्र बदल्दैन, अवस्थिति पनि बदल्छ । हामी समृद्धिको रकेट गतिमा बदलिन चाहन्छौं ।
ती परिस्थिति जसमा तिमी भरोसा गर्छौ र म याद गर्छु । पेचिलो संघर्षका बावजुद बाबुराम दिल्ली जानुअगाडि ज्ञानेन्द्रको सिल्लीपन तिमीले नसम्झेको भए ? तिमी अन्तरयामी त होइनौ तर, भन्न सक्छु तिमी सम्भावित परिणामको गतिलो गणक र सही प्रक्षेपक हौ । आज पनि हाम्रा अगाडि नसुल्झेका कयौं पहेलुहरू छन्, तिनलाई फुकाउनु छ । सन् १९८० को दशकमा नेपालले चढ्न थालेको समृद्धिको खुड्किलामा कांग्रेस र एमालेले कथित खुला बजार अर्थतन्त्रको दुहाई दिँदै शुरू गरेको भ्रष्टीकरणको यात्रा मोड्नु छ । यसको विकल्पमा खडा भएका रोल्पा, रुकुम र कालिकोटका जनकम्युनहरू फेरि ब्युँझाउन सकिएन भने हामीले अहिलेको अराजक बजारको छाललाई छिचोल्न सक्दैनौं । मुखियाको शोषणमा परेकाहरू फेरि सहकारीको शोषणमा परेका छन् । मिटरब्याजीको शोषणमा परेका छन् । यो हामीले अवलम्बन गरेको अर्थनीतिको कुरूप पाटो हो । प्रचण्ड तिमीले नबुझेका छौ भनेको होइन, सम्झिन जरुरी छ पो भनेको ।
थाह छ, खुकुरीको धारमा हिँड्नु असम्भव कुरा हो तर, तिमी हिँडेकै छौ । बालुवाटारबाट बाहिर निस्किँदा तिमीलाई के अनुभूति हुन्छ थाह छैन, तर म सम्झिन्छु, चोरलाई रखवालीको जिम्मामा सफल बनाउन जान्ने संसारका एक मात्र पात्र तिमी हौ । २०६३ मा सिकलेसमा उभिएर तिमीले भनेका थियौ, उनीहरू उनीहरूको तरिकाले लड्छन्, हामी हाम्रो तरिकाले लड्छौं । यसकारण हामी जित्छौं । जितको यो विधि देखेर दुनियाँ तीनछक खाँदा तिमीले खाएको गमले भन्छ, हामी नयाँ युगतिर जाँदैछौं ।
त्यसो त पराजयको निकटबाट विजयको यात्रामा निस्किन तिमीले सिकाएका हौ । मानिसहरू भन्छन्, लेनिन चतुर थिए । रेलमा यात्रा गर्दागर्दै कार्यनीतिमा परिवर्तन गर्दथे । रेल भनेपछि शायद लामो यात्रा नै हुँदो हो । तर तिमी त बालकोटबाट बालुवाटार नपुग्दै कार्यनीतिमा फेरबदल गर्दछौ । भन्नेहरूले यसलाई अवसरवाद भन्लान्, तर यो त गतिशीलताको त्यो हद हो । जसले विजयमात्र भेट्टाउँछ । चकित खानुको हद नाघेर तिनीहरू जित्दाजित्दै हार्छन् । तिनलाई यसले उदेक बनाउँदो हो, तर हामीलाई भरोसा लाग्छ ।
खरीपाटी बैठकमा मोहन वैद्यले भनेका थिए, ‘नेपालको क्रान्ति विसर्जनमा गयो ।’ उनले भनेको मानेको भए यतिबेला हामी सकिन्थ्यौं र तिमीलाई कि गोन्जालो बनाउँथे कि सद्दाम हुसेन । विचार दिनु भनेको गञ्जागोल देखाउनु मात्र होइन, फुकाउनुसमेत हो । उनी देखाउँछन्, तिमी फुकाउँछौं । यो मार्क्सले भनेझैँ व्याख्या मात्रको कुरा होइन, बदल्ने कुरा पनि हो । त्यसो त पालुङटार पनि सम्झिन जरुरी छ । हाम्रा विद्धान नेताले भनेका थिए, ‘कराइभरीको भोजन पकाएर एक चिम्टी गोबर मिसाइयो ।’ त्यो विद्वता आज कुन छेउमा छ, थाह छैन । तर, आजको दिनमा सत्ताको आसनबाट तिमीले बजाएको विद्रोहको धुन तिनले अवश्य नै सुनेको हुनु पर्दछ ।
त्यसो त समृद्धिको लडाइँ लामो र कठिन हुन्छ । तर तिमीले देखेको सपनाले हाम्रो यात्रा सहज बनाउँछ । हामीलाई थाह छ, तिमी पहिलो राइफलको खोजीमा मनाङ जाँदै गर्दा तिम्रो दिमागमा खम्पा विद्रोहीको आकार मात्र थिएन, आगामी बागी यात्राको रेखा पनि थियो । यसरी नै आज केही नवधनाढ्यहरू जेलतिर लम्किरहँदा हामीलाई मुलुक बन्छ भन्ने विश्वास छ । नथाक्नू, कहिलेकाहीँ यात्रामा एक्लै छु जस्तो लाग्दा शहीदलाई सम्झिनू, जो तिमीलाई नदेखी देशका लागि शहीद भएका हुन् । थाह छ, ठूलो हुनु भनेको एक्लो हुनु पनि हो । बस्तीतिर निस्कने फुर्सद निकाल्नू ।
माओले भनेका छन्, ‘ज्ञानको श्रोत वर्गसंघर्ष र उत्पादनका लागि संघर्ष हो ।’ यही संघर्षमा सहभागी भएका र आज विदेश पुगेका ती अधवैंशे युवाको आकांक्षा सुन्नू । यी सपनाहरू पनि शहीदकै सपना हुन् । तिनलाई नेपाल फर्काउन के गर्नुपर्दछ, त्यो गर्नू । माओले भनेका छन्, ‘कुनै पनि देशको विकासका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेकै योग्य युवा जनबल हो । तिनलाई देशहितमा लगाउनू ।
भारतीय फिल्म ‘नायक’ तिमीलाई मनपर्ने चलचित्र हो । जसरी चलचित्रमा नायक अनिल कपुरले एक दिनमा सबै कुरालाई कायापलट गरिदिन्छन् । मलाई विश्वास छ, तिमी त्यसरी नै काम गर्न सक्ने नायक हौ । दण्ड र जरिवाना तिमीलाई सिकाइरहन पर्दैन । दोषको घेरामा तिमी पनि रहेछौ भने आफैंलाई गिरफ्तारीको आदेश सबैभन्दा पहिला आओस् । छेउछाउ बस्नेहरूप्रति तिम्रो मनमा माया मात्र छैन अपराधको घेरामा रहेछन् भने तिनलाई घिसार्न सक्ने औकात पनि छ । तिमीभित्रको तिमी फेरि उठोस् र भनोस्, कानून सबैलाई बराबर हो । संसद्मा तिमीले भनेका थियौ, ‘केपी ओलीले मलाई फेरि एकपटक प्रधानमन्त्री बनाउँदा मात्र गुन तिरिन्छ ।’
यस हिसाबले देश लुट्नेहरूको हिसाब किताब तिमीले राखेकै छौ भन्नेमा हामी विश्वस्त छौं । छटनी र कटनी वरिपरिबाटै शुरू गरेर टाढासम्म पुग्ने हो । तिमी पुग्नेछौ भन्ने विश्वास हामीमा अदम्य छ । तिमीलाई हेर्दा यस्तो देखियोस् । तिम्रो दायाँ र बायाँ न्यायालय र प्रहरी होस्, बीचमा नेपालको नक्सा र यो भूगोलको एक मुठ्ठी माटो । बीपीले भनेझैं संकटमा त्यही माटो मुठ्ठीमा लिएर माटोले भनेको गर्नू, त्यही राष्ट्रवाद हो । तिमीले धेरै गरिसकेका छौ । अध्यागमन र यातायात व्यवस्था कार्यालयबाट हटेको लाइनमा तिम्रो तस्वीर छ । पालिकाबाट श्रम स्वीकृत गर्ने, चिनियाँ रेलको सम्भाव्यता अध्ययन, देशको शोधानान्तर बचतमा भएको वृद्धि र बंगलादेशमा बिजुली बेच्नदेखि बिजुली निःशुल्क गर्नेसम्मका काम तत्कालका लागि परिणाममुखी नदेखिए पनि यिनको दीर्घकालीन महत्त्व छ ।
काठमाडौंको सडक विस्तार, पुष्पलाल मध्यपहाडी लोकमार्ग र अन्य रणनीतिक महत्त्वका परियोजना तिम्रो पालामा शुरू भएका हुन् र तिम्रो पालामा नै सम्पन्न हुनेमा मुलुक विश्वस्त छ । भुटानी शरणार्थी, सुन प्रकरण, ललितानिवासको छानबिन सानो आँटले आँकेका कार्यहरू होइनन् । महाभारतमा अर्जुनले आफ्नै आफन्तसँग लडेका थिए । यो पेचिलो लडाइँमा तिमी सहभागी हुनु र जित्नु छ । तिमीलाई सम्झाउन न कृष्ण छन्, न आशीर्वाद दिन भीष्म पितामह । यी त तिमीले तिम्रो बाटोमा आफ्नै लागि सिर्जना गरेका चुनौतीहरू हुन् । जो सहजताका साथ पार हुनेछन् ।
गाजापट्टीको माटोमा उभिएर प्यालेस्टाइनी नेता यासेर आराफतले भनेका थिए, ‘मुलुक जमिनमात्र होइन, यो एकै किसिमले सोच्ने तरिकाको सिकाइ पनि हो ।’ निर्विवाद हामी नबन्नुमा हाम्रो सोचाइको अनेकताले पनि काम गरेको छ । एकै तरिकाले सोच्ने नागरिक बनाऊ । हामी सबैले गर्वका साथ हामी नेपाली भन्न सकौं । ‘नेता आउँदा चोर आयो भन्ने’ नेता पनि तिम्रो छेवैमा छन् । तिनीहरू पुरातनपन्थी मात्र होइनन्, परिवर्तन उल्ट्याउन खोज्ने बिरामीको बिउ पनि हुन् । जो लुटिरहन पाइने एक हाकिमको खोजीमा घरीघरी निर्मल निवासमा छिर्छन् । यो हाम्रो रगतले आर्जित गरेको व्यवस्थाप्रतिको खेदो हो । तिनका उच्छृंखलतामा तिम्रो निगरानी होस् ।
त्यसो त बजारमा बेवारिसे अपेक्षाहरू सम्हाल्ने एक नयाँ ठेकेदार निस्किएको छ । पक्षधरताको जात नखुलेको वनमारा प्रजातिको यो ठेकेदार नयाँ ढंगले जनता ठग्न निस्किएकोमा कुनै विवाद छैन । जनता ठग्ने यो काइदा बुर्जुवाहरूले निर्माण गरेका हुन् । जनता नठगिउन् । तिमी अभिभावक भएको बेला प्रशस्तै बोरी यल्तसिनहरू जन्माइने छन् । यो सोभियत शहर पेट्रोग्रादलाई रगतको पोखरी बनाउने हिटलरको आदेशजस्तै छ । हामीलाई विश्वास छ, पितृभूमिको रक्षार्थ तिमीले देखाउने बलिदानी, वीरता र सौर्यले हामीलाई तिम्रो आदेशमा लड्न र लडिरहन थप उद्येलित गरिरहने छ । अन्तिममा चाणक्यले भनेका छन्, ‘सत्ता प्रेमले चल्दैन ।’ कठोरताको हदमा पुग्ने तिम्रो प्रतिबद्धताले नै शायद अबको युगको नेतृत्व गर्नुपर्दछ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...