मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
कैलाली | भदौ ५, २०८०
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ । मंगलबार धनगढीमा सम्पन्न बैठकले पार्टीको तीन महिने अभियानको लागि नेताहरुको कार्यविभाजन गर्नुको साथै जिल्ला इन्चार्ज समेत तोकेको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव तथा सुुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यले तीन महिने अभियानमा जनतासँग नेता कार्यकर्ताले आत्मालोचना गर्नुपर्ने बताए ।
“जनता होइन हामी नेताहरु बिग्रेको छौं । राजतन्त्रात्मक व्यवस्था ढालेर गणतन्त्र ल्याउन जनताले माओवादीलाई साथ दिएका थिए । तर हाम्रो पछिल्लो पटकका व्यवहारले आफूहरुसँग गरेका वाचा र प्रतिवद्धता माओवादीले तोड्यो कि भन्ने जनतालाई शंका पैदा भएको छ । त्यो शंका मेटाउन आत्मसमिक्षासहित जनतामा जान अभियान घोषणा गरिएको हो । अब हामीले फेरि कमिकमजोरीप्रति आत्मसमिक्षा गर्दै जनतासँग एकाकार गर्नुपर्छ” सचिव आचार्यले भने ।
जनयुद्धमा सुदूरपश्चिमले खेलेको जस्तै पार्टी रुपान्तरणमा पनि भूमिकाको अपेक्षा आफूले गरेको भन्दै इन्चार्ज आचार्यले आ-आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिए ।
त्यसैगरी पार्टीका स्थायी समिति सदस्य खगराज भट्टले जनयुद्धमा सुदूरपश्चिम तेस्रो पिलरको भूमिका पूरा गरेको बताउँदै अभियानले आगामी २०८४ सालको चुनावमा पहिले पिलरको बन्ने अपेक्षा गरे । भट्टले भने, “जनयुद्धमा सुदूरपश्चिम तेस्रो पिलर बनेर उभिएको थियो । यो अभियानले आगामी चुनावमा पहिलो पिलर बन्नेछ, यही लक्ष्यसहित हामी सबै तीन महिना जनताको घरघरमा पुुग्नेछौँं ।”
बैठकले केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुको कार्यक्षेत्र समेत तोकेको छ । जिल्ला इन्चार्ज पनि तोकेको छ । जसमा अछाम ओमप्रकाशन पुन, बाजुरा देवकी मल्ल, बझाङ लालबहादुर सोडारी, डोटी लक्षिराम आचार्य, डडेल्धुरा हरि ज्ञावाली, बैतडी रामप्रसाद तिमिल्सिना, दार्चुला नरेन्द्रर कुँवर, कञ्चनपुर वीरमान चौधरी र कैलालीमा टेकेन्द्र भट्ट रहेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...