२६ असार २०८३, शुक्रबार

एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल

भदौ ९, २०८०
काठमाडौं
एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एकता र सद्भावको पक्षमा उभिन अपिल गरेका छन् ।  ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु’, प्रधानमन्त्रीले शनिबार बताएका छन् ।    

प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक भएको पनि स्मरण गराएका छन् । ‘विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ’, प्रधानमन्त्रीले आफ्नो अपिलमा भनेका छन्, ‘विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।’  

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको पनि प्रधानमन्त्रीले बताएका छन्  । ‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ’, प्रधानमन्त्रीको भनाइ छ । 

केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले  सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर प्रधानमन्त्रीले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्