×

NMB BANK
NIC ASIA

ताप्लेजुङमा प्रहरीविरुद्ध कांग्रेसको विरोध प्रर्दशन, हवाई फायर

ताप्लेजुङ | भदौ २२, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई प्रहरीद्वारा नै आक्रमण भएको भन्दै सुरक्षा निकायका विरुद्ध उनीहरूले प्रर्दशन गरेका हुन् । 

Muktinath Bank

तरुण दल र नेविसङ्घ ताप्लेजुङको अगुवाइमा दिउँसो मध्याह्नपछि पार्टी कार्यालयबाट विरोध जुलुस निकालिएको थियो । प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुङ्गा र लाठी प्रहार गरेका थिए । प्रहरी कार्यालयअघि प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी आक्रोशित बनेपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गर्दै बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयअघि कोणसभा समेत गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाङ्गामले आफूमाथि प्रहरीले नियोजितरूपमा आक्रमणको प्रयास गरेको बताए ।


Advertisment
Nabil box
Kumari

सुरक्षार्थ खटिने प्रहरीले जनप्रतिनिधिमाथि नै आक्रमणको प्रयास गर्नुले प्रहरीप्रति सर्वसाधारण नागरिकको विश्वास र भरोसा गुमेको उनको जिकिर थियो । 

Vianet communication

यस्तै कांग्रेस सभापति गजेन्द्र तुम्याहाङले कांग्रेस पार्टीका विरुद्ध नै प्रहरी नियोजितरूपमा प्रस्तुत भएको टिप्पणी गरे । 

गए राति प्रहरीको टोलीले हाङ्गाम निवास घेराउ गरी ढुङ्गा प्रहार गरेको साथै हाङ्गामलाई पेस्तोल तेर्स्याएको, अश्लील शब्द प्र्रयोग गरी गालीगलौज गरेको तरुण दलको दाबी छ । मध्यरातमा सामाजिक सञ्जालमा सार्वजानिक भएको भिडयोमा प्रहरीले हाङ्गाम निवासको गेटमा लात्ती प्रहार गरेको देखिन्छ भने सादा पोसाकमा रहेका एक जनाले ढुङ्गा प्रहार गरेको देखिन्छ । 

यता प्रहरीले भने बजार क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीले मापसेसहित देखिएका केहीलाई सजग गराउने क्रममा उल्टै प्रहरीमाथि गालीगलौज भएपछि विवाद सिर्जना भएको जनाएको छ । मिनिमेला लागिरहेको गेटबाहिर भएको उक्त विवाद सामान्य भएर प्रहरीको टोली कार्यालय फर्कने क्रममा हतियार खोस्ने प्रयास भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । उनका अनुसार हतियार खोस्न खोजेपछि थप विवाद भएको थियो । हाङ्गाम निवासको गेटभित्र खुकुरीसहित युवाको समूह देखिएपछि त्यहाँ प्रहरी पुगेको उनको भनाइ छ । 

उक्त घटनाको विरोधमा नेपाल तरुण दल केन्द्रीय समिति, जिल्ला स्थित नेपाली कांग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । 
यसैबीच कांग्रेसले विज्ञप्ति नै जारी गरेको प्रहरी टोलीले मापसे गरेको आरोप लगाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x