×

राउण्ड अप

कोशीमा परमादेशबाट सरकार गठन, एमाले–कांग्रेस सहकार्य सम्भव छ ?

काठमाडाैं | भदौ २३, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका छन् । 
सर्वोच्च अदालतले संविधानको धारा १६८ (३) अन्तर्गत कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश दिएसँगैै प्रदेश प्रमुखबाट नियुक्त भएर शुक्रबार नै मन्त्रिपरिषद् समेत गठन गरेका छन् । 

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन् ।
यस्तै उनले भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्रीमा नियुक्ति गरेका छन् । 
००००
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने दाबी गरेका छन् । 
मुख्यमन्त्री पदको शपथ लिएपछि प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सबै दल एवं जनताको चाहना मध्यावधि निर्वाचन आवश्यक छैन भन्ने रहेकाले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दाबी गरे ।


Advertisment

उनले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरी अगाडि बढ्ने र त्यसको विकल्प नरहेको बताए । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका पार्टीले सरकारमा सहभागी भएर वा बाहिरबाट आफ्नो सरकारलाई समर्थन गर्ने विश्वास व्यक्त गरे । अहिले सरकार बनेपनि ३० दिनभित्र विश्वासकाे मत पाउन नसकेमा कार्की बाहिरिनेछन् । एमाले र राप्रपा जोडेरसमेत बहुमत नपुग्ने भएकाले कांग्रेस वा त्यहाँको विपक्षी गठबन्धनका सांसदको सहयोग जरुरी हुन्छ । 
००००
यसैबीच निवर्तमान मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीले केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई मनाए मात्रै कोशी प्रदेशमा सहमतिको सरकार बन्ने सम्भावना रहेको बताएका छन् । केन्द्रीय गठबन्धनका नेताहरूलाई मनाए कोशीमा एमाले–कांग्रेसको सरकार पनि बन्ने सम्भावना रहेको उनले बताए । 
नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै थापाले सहमतीय सरकार बनाउन अब मुख्यमन्त्रीले पहल गर्नुपर्ने बताए । उनले दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने कुरा उठे पनि आफूले एक्लै निर्णय गर्न नसक्ने बताए । 
‘गठबन्धन दलका शीर्ष नेताबाट सहमति भयो भने मात्रै यो प्रदेशमा सहमतिको सरकार बन्छ । अर्को– दुई ठूला दल मिलेर सरकार बनाउनु पर्छ भन्ने आवाज उठे पनि मैले एक्लै निर्णय गर्ने कुरा भएन । केन्द्रीय गठबन्धनले निर्णय गर्ने हो । अब मुख्यमन्त्रीज्यूुले पहल गर्नु पर्यो,’ उनले भने ।
०००० 
बाँकेको शम्सेरगन्जमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ जनासहित ७ जनाको मृत्यु भएको छ । 


Advertisment

दाङको भ्रमण सकेर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बसले गएराति सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शम्सेरगञ्जमा ठक्कर दिएको थियो ।
००००
अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ ।
००००
नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई प्रहरीद्वारा नै आक्रमण भएको भन्दै सुरक्षा निकायका विरुद्ध उनीहरूले प्रर्दशन गरेका हुन् ।
००००
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेको छ ।

तरुण दलले पार्टीका सहमहामन्त्री एवं तरुण दलका पूर्वअध्यक्ष यादवमाथि भएको आक्रमणको विरोधमा रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा दलका अध्यक्ष विद्वान गुरुङलगायत तरुण दलका नेताहरूको सहभागिता रहेको थियो ।
००००
नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो ।
००००
कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भनिएको घटनाबारे विस्तृत रूपमा छानबिन गर्न अनौपचारिक सेवा केन्द्र (इन्सेक) लगायतका संघसंस्थाले माग गरेका छन् ।
००००
जङ्गी अड्डामा दुई दिने पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ । 

बैठकमा सहभागीहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको परिस्थितीको विश्लेषण, अपरेशनल अवस्था लगायतका विषयमा प्रधान सेनापतिसमक्ष कमाण्ड प्रतिबद्धतासहितको प्रगति प्रतिवेदन, सञ्चालित तालिमहरुको प्रभावकारिताबारे प्रस्तुतीकरण गरेका थिए ।
००००
सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी मृत्यु प्रकरणमा ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालयले ७ प्रहरीसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको हो ।
००००
पाल र म्यानमारबीच भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । 
म्यानमारमा भएको उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।
००००
मन्त्रिपरिषद्को २१ भदौमा बसेको बैठकले २८० पदमा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।
बैठकले सबैभन्दा बढी खानेपानी मन्त्रालय अन्तर्गतका आयोजनामा २३९ कर्मचारीको लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
००००
सरकारले २०औं निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित १० जनाले प्राप्त गरेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाएर कर्मचारीलाई थप उत्प्रेरित गरिने उनले बताए । 

निजामती सेवा दिवसको अवसरमा शुक्रवार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उच्च मनोबलयुक्त, निष्पक्ष र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x