×

NIC ASIA

कोशीका ४० प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा, आधाले मात्रै लिन्छन् सेवा

विराटनगर | भदौ २९, २०८०

Prabhu Bank
NTC
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला ।
Premier Steels
Marvel

कोशी प्रदेशमा कूल जनसंख्याको ४० दशमलब पाँच प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेको प्रदेशमा ४०.५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बिमा गराएका छन् । 

नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सेवा प्रदान गर्ने उद्देश्यले शुरू गरिएको बिमा कार्यक्रमको प्रचार र विश्वासको वातावरण बनाउन नसक्दा ठूलो जनसंख्या बिमाको पहुँचमा आउन नसकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२० लाख बढी जनसंख्याले स्वास्थ्य बिमा गराएको भए पनि ९ लाख ७० हजार ९३३ जनाले मात्र नियमित सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले जनाएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

प्रदेशमा सबैभन्दा बढी बिमा गराउनेहरू झापाका छन् । सोलुखुम्बुमा भने स्वास्थ्य बिमा गराउनेहरू सबैभन्दा कम छन् । 

Vianet communication

झापामा सबैभन्दा बढी ६३.५ प्रतिशत अर्थात् ६ लाख ३३ हजार ६५८ जनाले बिमा गराएको बोर्डका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले जानकारी दिए ।  उनका अनुसार  भोजपुरमा २३.४ प्रतिशत अर्थात् ३६ हजार ८८७, धनकुटामा ३४ हजार २००, इलाममा १ लाख ३८ हजार ५०६ जनाले स्वास्थ्य बिमा गराएका छन् । 

यसैगरी खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३९७, पाँचथरमा २५ हजार ७२५, संखुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लेजुङमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १०२ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य बिमा गराएको बोर्डको अभिलेखमा उल्लेख छ । 

प्रदेशमा स्वास्थ्य बिमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ । बिमा गरेकामध्ये अति गरिब बिमितको संख्या २४ हजार २६०, ज्येष्ठ नागरिक बिमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभी संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङगता भएका ४२ हजार ९१७, कुष्ठरोगी संक्रमित १ हजार ४२ जना रहेका छन् । बिमा गराएकामध्ये सेवा लिने बिमित ४८ प्रतिशत अर्थात् ७ लाख ७० हजार ९३३ जना रहेका छन् । बिमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको बोर्डले जनाएको छ । 

प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी अस्पताल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट बिमा गराएका बिरामीले सेवा लिदैं आएका छन् । यी स्वास्थ्य संस्थाहरूबाट सेवा दिएवापत् तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४३५ रुपैयाँ भुक्तानी लिएको बोर्डको अभिलेखमा देखिन्छ । सरकारले २०७२ बाट औपचारिक रूपमा स्वास्थ्य बिमा कार्यक्रम शुरू गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x