असोज १२, २०८०
नेकपा (एमाले)को बाग्मती प्रदेश नेतृत्वका लागि आज मतदान हुँदैछ । बिहान साढे ११ बजे मतदान शुरू गर्ने कार्यतालिका छ । सहमतिमै नेतृत्व चयन गर्ने लामो प्रयास सफल नभएपछि मतदान हुन लागेको हो । ...
विराटनगर | भदौ ३१, २०८०
शनिवार राति काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारमध्ये एक थिए मोरङको बेलबारी–२ का २० नवीन राई ।
उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर्ट बनाउनका लागि एक महिना अगाडि मात्रै काठमाडौंमा गएका थिए । उनकी एक जना दिदी छिन् । गैह्रीगाउँ हत्याकाण्डमा राईसँगै दोलखाका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलकोसमेत हत्या भएको थियो ।
नवीनलाई केही समयअघि लाहुर पठाउन भनेर आमा कान्छीमाया लिम्बूले धरान पठाएकी थिइन् । नवीन धरानमा ‘ट्रेनिङ’ सकेर काठमाडौं गएका थिए ।
काठमाडौंमै केही काम गर्ने र विदेश जाने उनको तयारी थियो । ‘फुपूको छोरासँगै पासपोर्ट बनाउन भनेर काठमाडौंमा गएका रहेछन्,’ नवीनकी छिमेकी खड्गमाया लिम्बूले भनिन्, ‘फुपूका छोरा हिजो मात्रै घर आए । नवीनले पासपोर्ट नबनाइ घर गए आमाले गाली गर्नुहुन्छ, मैले पासपोर्ट लिएर देखाउनु छ भनेर भनेका रहेछन् ।’
प्रहरीले घटनामा संलग्न भएको आशंकामा दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।
छिमेकी खड्गमायाका अनुसार दीपेन्द्र नवीनको ठूलो बुबाको छोरा हुन् । दीपेन्द्र नवीनका दाजु पर्छन् । नवीनका बुवा पहिले त्यहीँ काठ मिलमा काम गर्ने गरेको छिमेकीहरू बताउँछन् । नवीन काठमाडौं गएपछि दीपेन्द्र पनि सँगै बस्ने गरेका थिए । दीपेन्द्रले भने अन्यत्र नै काम गर्ने गरेका थिए ।
‘नवीनसँगै भुजेल परिवारका पनि तीन जना मारेका रहेछन् । मृतक कुमार र नवीनको केही दिनअगाडि मात्रै झगडा भएको थियो भनेर नवीनकै फुपूका छोराले उनका आफन्तलाई सुनाएको रहेछन्,’ खड्गमायाले भनिन्, ‘खासमा नवीन कसैसँग पनि झगडा गर्दैन थियो । आमा पनि साह्रै मेहनती थिइन् । गाउँमा आएका बेला सबैलाई भेटेर बोलेर मात्रै हिँड्ने गरेका थिए ।’
नेकपा (एमाले)को बाग्मती प्रदेश नेतृत्वका लागि आज मतदान हुँदैछ । बिहान साढे ११ बजे मतदान शुरू गर्ने कार्यतालिका छ । सहमतिमै नेतृत्व चयन गर्ने लामो प्रयास सफल नभएपछि मतदान हुन लागेको हो । ...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान शुरू हुन सकेको छैन । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बज्दासमेत शुरू हुन सकेको छैन । यसअघि आजै बिहान ८ बज...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् ।...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बजे शुरू भएको हो । यसअघि आजै बिहान ८ बजेदेखि शुरू हुने भनिएको...
नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका फेरबदल गरिएको छ । बिहान ८ बजे हुने भनिएको मतदान साढे ११ बजेमात्रै शुरू हुने भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ...
प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच एमाले बागमती प्रदेश कमिटीमा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । सहमति जुटाउने भन्दै चार दिनसम्म अड्काए पनि अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...