×

NIC ASIA

पद खुस्किएको १८ दिन बितिसक्दा पनि मन्त्रीले छोडिनन् सरकारी निवास !

विराटनगर | असोज ८, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

पद खुस्किएको १८ दिन बितिसक्दा पनि कोशी प्रदेशकी निवर्तमान स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारी निवास (क्वाटर) नछाडेको पाइएको छ । गत भदौ २१ गते सर्वाेच्च अदालतको आदेशपछि मुख्यमन्त्री उद्धव थापा पद मुक्त भएका थिए । मुख्यमन्त्रीसँगै जनता समाजवादी पार्टी (जसपा)को कोटाबाट मन्त्री बनेकी लिम्बू पनि पदबाट हटेकी थिइन् । तर स्रोतका अनुसार उनले सरकारी निवास छोड्ने छाँट देखाइकी छैनन् ।

कोशीकोे स्वास्थ्यमन्त्रीबाट हटे पनि उनले बूढीगंगा गाउँपालिकाको हात्तीमुढामा रहेको मन्त्रीको सरकारी निवास प्रयोग गरिरहेकी छिन् ।  केही दिनदेखि संघीय राजधानी काठमाडौंमा रहेकी लिम्बूका सामान मन्त्री क्वाटरमै रहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन्त्री पद गएपछि हामीले खाली गरिदिनु भनेर भन्यौं  । मन्त्रीज्यूले अहिलेसम्म खाली गर्नु भएको छैन,’ ती कर्मचारीले भने । 


Advertisment
Rupse Holidays
Nabil box

स्वास्थ्य मन्त्रालयले मिठाकुमारी खतिवडाको तीन तलाको घर २९ हजार रुपैयाँ मासिक बुझाउने गरी पुस मसान्तसम्म थप सम्झौता गरेको छ । 

Vianet communication

यस्तोमा सोमवार मात्रै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशीमा ४ जना मन्त्री थप्दै कार्यभार पनि हेरफेर गरेका थिए । यसअघि खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्यमन्त्री बनाएका छन् ।

तर पूर्वमन्त्री लिम्बूले नछाडेका कारण नवनियुक्त मन्त्री मन्त्रालयको क्वाटरमा जान पाएका छैनन् । ‘मंगलवारदेखि नयाँ मन्त्री आउने बताउँदै आउनु भएको छ । खोइ अब के गर्ने हामी पनि अलमलमा परेका छौँ,’ स्वास्थ्य मन्त्रालयका ती कर्मचारीले भने ।

मन्त्री पदबाट हटेको सात दिनभित्रमा सरकारी आवास छाड्नु पर्ने कानूनी व्यवस्था रहेको छ । मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा उल्लेख भएअनुसार उनीहरूले पदको शपथ ग्रहण गरेको मितिदेखि सरकारी आवास सहितका सुविधाहरू पाउँछन् । आवास सुविधासम्बन्धी दफा ८ मा भनिएको छ, ‘यस दफा बमोजिमको सुविधा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन् ।’

पुन: मन्त्री बन्ने सम्भावना भएकाले उनले क्वाटर छाड्न नमानेको हुन सक्ने कर्मचारीहरू बताउँछन् । 

गत भदौ ४ मा निवर्तमान मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै सर्वाेच्चले भदौ २२ गते संविधानको धारा १६८ (३) अनुसारको सरकार गठनका लागि परमादेश जारी गरेको थियो । लिम्बू साउन २६ गते मन्त्री बनेकी थिइन । उनी २८ दिन मात्रै मन्त्री बनेकी छिन् । थापा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । 

परमादेशपछि गत भदौ २२ गते मुख्यमन्त्रीमा नेकपा (एमाले)का हिक्मत कार्की नियुक्त भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x