×

NMB BANK
NIC ASIA

भनिन्छ खसीको टाउकोबाट दाँत र खपरबाहेक सबै खान मिल्छ । खसीको टाउकोको परिकार रुचाउने पारखी धेरै हुन्छन् । खसीको टाउकोबाट दर्जनौं ब्यञ्जन बनाउन मिल्ने हुँदा यसमा धेरैको चाख जान्छ । खसीको मासुभन्दा टाउकोको मूल्य आधाजस्तो सस्तोसमेत पर्छ । यसैले खसी काट्नुअघि नै टाउको पहिल्यै बुक गर्ने गरेको पाइन्छ ।

Muktinath Bank

खसीको टाउको केलाउने पनि एक कला हो । यो एक व्यावसायिक रुपमा मासु काट्ने बुचरले मात्र गर्न सक्छ, नत्र बिग्रने डर हुन्छ । टाउकोबाट सबै अङ्ग–अङ्ग छुट्याएर केलाउन सकेमात्र यसका मिठास र छुट्टाछुट्टै परिकार तयार गर्न सकिन्छ ।  नत्र हड्डी, खप्परको झुर्का र दाँत मासुको भागमा मिसिन जान्छ र परिकारहरू खराब हुन जान्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खसीको टाउकोलाई राम्ररी केलाएर काटेपछि नुन र बेसार हाल्नुपर्छ । त्यसलाई उसिनेपछि चिस्याएर हड्डी छ्य्ट्याउनु पर्छ । तोरीको तेलमा भुटेर मुस्ताङ्गे टिमुरे छोप लगाउनु पर्छ । स्न्याक्सको रुपमा खाँदा यो निकै स्वादिष्ट र स्वास्थ्यवर्द्धक हुन्छ । कतिलाई उसिनेको पनि मन पर्छ भने कतिलाई साँधेर खान । कतिलाई छोइला बनाएको पनि मन पर्छ । बिर्यानी बनाएर खाँदा पनि खसीको टाउकाको मासु स्वादिष्ट हुन्छ । 


Advertisment
Nabil box
Kumari

खसीको टाउको भुटुवा बनाएर खाँदा त झनै छुट्टै मज्जा आउँछ । टाउकाको चिल्ली पनि स्वादिष्ट स्न्याक्स बन्छ । खसीको टाउकोको सुप त झनै स्वादिष्ट र स्वास्थ्यवर्द्धक मानिन्छ । विदेशतिर हेर्ने हो भने कतिले ३ देखि ४ घण्टा उसिनेर खान्छन्  भने कसैले स्टू बनाएर खान रुचाउँछन् । भारत, पाकिस्तान, श्रीलंका, बङ्गलादेश, अफगानिस्तानजस्ता दक्षिण एसियाली क्षेत्रका देशहरूले खसी, भेडा या च्याङ्ग्रा खुब रुचाउने गर्छन् । यसले गर्दा यिनलाई विविध परिकारमा ढालेर बनाउने गर्छन् । यीमध्ये धेरैजस्तो देशले आ–आफ्ना स्वादमा ढालेर करी बनाइ चामल या रोटीसँग खान बढी रुचाउँछन् ।

Vianet communication

खसीको टाउकोको मासुलाई छिटो पकाउन या गाल्न प्रेसर कुकर प्रयोग गरिन्छ । ५ या ६ सिठ्ठी लगायो भने यो मस्तसँग गल्छ । तर प्रेसर कुकरमा पकाएको भन्दा बाक्लो कराइ ,तसला या फ्वासीमा गालेको मासु स्वास्थ्यवर्द्धक र स्वादिष्ट हुन्छ । छिटो–छरितोका लागि हामी प्रेसर कुकर प्रयोग गर्छौं तर योभन्दा केही ज्यादा समय लागे पनि हाम्रो परम्पराअनुसार नै पकाउँदा उत्तम हुन्छ ।

कसरी सफा गर्ने ? 
खसीको टाउकोलाई कसरी सफा गर्नु र हाड–मासु छुट्याउने यो प्रमुख विषय हो ।  खसीको टाउको सफा गर्दा धेरै नै ध्यान पुर्‍याउनु पर्ने हुन्छ । बल जबरस्तीले काट्दा टाउकाको मासु बिग्रने र साना–साना हड्डी मासुमा मिसिने जोखिम बढ्छ । सर्वप्रथम त टाउकाको रौ राम्ररी पोलेर या तातो पानीमा डुबाएर निखार्नु पर्छ ।

छिप्पिएको सिङ्गलाई दाउ या खुर्पाले हानेर फुकाल्नु पर्छ । अब दुवै कान काटेर चिरी राम्ररी खुर्की–खुर्की सफा पानीले धुनु पर्छ । कानभित्र र बाहिर निकै फोहर जमेको हुन सक्छ । लाग्ने हतियार लिएर दुवै गालाको साइडबाट मासुलाई बिस्तारै चिर्दै लानु पर्छ र दुवै हातको सहायताले टाउकोको दुई भागमा ठ्याक्क च्याती छुट्याउनु पर्छ । 

दाँत, आँखा र गिदी होशियारीपूर्वक निकालेर एक साइडमा राख्नु पर्छ र बिस्तारै आफूले इच्छाएको टुक्रामा काट्नु पर्छ । टाउकोलाई आधा बनाएर उसिनेर मासु र हड्डी छुट्याउन पनि सकिन्छ । बजारमा गएर टाउकोको मासु रोज्दा वा आफैँले खसी काड्दा पनि गर्दनको भाग केही बढी छान्नु पर्छ । यस्तोमा उत्तम परिकार बनाउन सकिन्छ । नत्र धेरै हड्डी र कम मासुमा पर्ने डर हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x