×

NMB BANK
NIC ASIA

संकटमा काम आएको राष्ट्रिय ध्वजाबाहक

इजरायलबाट नेपाली उद्धार : संकटका बेला जहिल्यै नेपाल एयरलाइन्स

काठमाडाैं | असोज २६, २०८०

NTC
Premier Steels

रकेट आक्रमण, दोहोरो बमबारी र बारुदको धुवाँले ढाकेको इजरायल पुगेर नेपाल वायु सेवा निगमले बिहीवार मध्यराति २५४ जना नेपाली नागरिकलाई उद्धार गर्‍यो । युरोप र एसियाकै सम्पन्नशाली मुलुकले समेत आफ्ना नागरिकको उद्धार गर्न नसकिरहेको समयमा नेपालले आफ्ना नागरिकको उद्धार गर्‍यो, राष्ट्रिय ध्वजाबाहक विमानमार्फत ।

Muktinath Bank

निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट बिहीवार मध्यराति नेपाल फर्किँदा यात्रुको आँखाबाट आँसु झरेका थिए । वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको टोलीले युद्धग्रस्त इजरायलको बेन गुरियोन विमानस्थलबाट नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याएको थियो । इजरायल–प्यालेटाइन युद्धका कारण इजरायलमा विमान कम्पनीहरूले फ्लाइट गर्न मानिरहेका छैनन् । यस्तो अप्ठ्यारो समयमा पनि आफ्नो देशका नागरिक लिन गएको भन्दै नेपाल वायु सेवा निगमको प्रशंसा भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशमा अलपत्र नेपालीको उद्धार गरेको यो पहिलोपटक भने होइन । अफगानिस्तानमा भएको विस्फोटमा परेर मारिएका नेपालीको शव २०७३ असार ८ गते नेपाल वायु सेवा निगमको विमानमार्फत नै ल्याइएको थियो । त्यसयता कयौंपटक नेपाल वायु सेवा निगमले विदेशमा अलपत्र नेपालीको उद्धार र मानवीय सामग्री ल्याउने/लैजाने काम गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

कोरोना महामारी शुरू भएलगत्तै चीन पुगेर नेपालीको उद्धार गर्ने काम पनि नेपाल एयरलाइन्सको विमानले नै गरेको थियो । कोरोना महामारीको त्रासबीच २०७६ फागुन ३ गते बुहान पुगेर नेपाल एयरलाइन्सले १६५ नागरिकको उद्धार गरेको थियो । कोरोनाकालमा अलपत्र परेका नेपालीको उद्धारका लागि अन्य गन्तव्यमा पनि उडान भरेको थियो । 

Vianet communication

२०७७ असार १७ गते कतारको दोहाबाट १० वटा शवसहित २६४ यात्रुको उद्धार निगमले गरेको थियो । विभिन्न कारणले मृत्यु भएका नेपालीको शव ल्याउने काम निगमको विमानले नै गरेको थियो ।

कोरोना महामारी शुरू भएपछि मेडिकल सामग्री लिन पनि वायु सेवा निगमको विमान नै खटिएको थियो । चीनको ग्वाङ्झाओबाट निगमको वाइडबडी विमानले २०७६ चैत १५ गते पहिलो खेप मेडिकल सामग्री ल्याएको थियो । अन्य देशले उपलब्ध गराएका मानवीय सामग्री पनि नेपाल एयरलाइन्सले नेपाल ल्याएको थियो । 

इजरायलबाट नेपाली विद्यार्थी ल्याउँदै नेपाल एयरलाइन्स

चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री तथा भारत र चीनले उपलब्ध गराएका कोरोनाविरुद्धको खोप नेपाल एयरलाइन्सकै जहाजबाट भित्रिएका हुन् । ती सामग्रीलाई नेपालका विभिन्न शहरमा पुर्‍याउने काम पनि वायु सेवा निगमका विमानले गरेका थिए । 

कोरोनाको समयमा नेपालको लुक्लालगायत विमानस्थलमा अलपत्र विदेशी पर्यटकलाई पनि नेपाल वायु सेवा निगमको विमानले नै उद्धार गरेको थियो । २०७७ साउन १५ गते शान्ति मिसनमा रहेका नेपाली सैनिकलाई लिन दक्षिण सुडानको राजधानी पनि नेपाल एयरलाइन्स नै पुगेको थियो ।

मित्रराष्ट्र देशमा आइपरेको आपतविपतमा पनि नेपाल वायु सेवा निगमले मानवीय सामग्री ओसारपसारको काम गरिरहेको छ । २०७८ भदौ २९ गते नेपालले पाकिस्तानलाई उपलब्ध गराएको २२ टन मानवीय सामग्री लिएर नेपाल वायु सेवा निगमको विमान कराँची पुगेको थियो । गत वर्ष भदौ महिनामा पाकिस्तानमा आएको बाढी पहिरोका कारण ठूलो मात्रामा धनजनको क्षति भएपछि सरकारले मानवीय सामग्री पठाउने निर्णय गरेको थियो । 

अन्य निजी वायु सेवा प्रदायकले विमान नउडाएको समयमा ६ दिनदेखि उपचार गराइरहेका गम्भीर बिरामीलाई निगमको जहाजले यही असोज १८ गते जुम्लाबाट उद्धार गरेर नेपालगञ्ज ल्याइपुर्‍याएको थियो । 

देशका लागि बलियो ध्वजाबाहक

यस्तै आपत विपत र भवितव्य पर्छ भनेर कुनैपनि राष्ट्रले सरकारको स्वामित्वमा रहनेगरी राष्ट्रिय ध्वजाबहाक विमानको व्यवस्था गरेका हुन्छन् ।

‘विकसित देशमा सेना, प्रहरी, दकमलजस्तै राष्ट्रिय ध्वजाबाहकलाई राज्यले अत्यावश्यक संयन्त्रको रूपमा विकास गरिरहेका हुन्छन्, तर नेपालमा सोही अनुसारको व्यवहार भएको छैन,’ निगमको व्यवस्थापन हाँकेका एक पूर्व अधिकारीले भने, ‘राष्ट्रिय ध्वजाबाहकलाई प्रतिस्पर्धी विमानसरहको ऐनबाट रेगुलेट गर्ने काम मात्र भएको छ, राज्यले कुनै विशेष सुविधा दिएको छैन ।’

नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा एउटा विमानलाई झण्डै २४ घण्टा फरक गन्तव्यमा पठाउँदा निगमका फ्लाइट प्रभावित भएका छन् ।

नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले नेपाली नागरिकको उद्धारका लागि रेगुलर फ्लाइट प्रभावित गरेको बताउँछन् । 

नेपाली लिन इजरायल पुगेको जहाजको चालक दल

‘राष्ट्रलाई संकट परेका बेला विगतमाझैँ नेपाल सरकारको निर्देशनबमोजिम यसपटक समेत आपत् विपतमा परेका नेपालीको उद्धारमा खटिने अवसर पाएको र राष्ट्रलाई योगदान गर्न सकेकोमा गौरवान्वित महसुस भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘यस्ता उद्धार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिति देखाउन राष्ट्रिय ध्वजाबाहकको आवश्यकता र महत्त्व अझै टड्कारो रूपमा देखिएको छ ।’

पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल भविष्यमा आइपर्ने आपतविपतमा नेपालीको उद्धारका लागि निगमलाई अझ तन्दुरुस्त राख्नुपर्ने बताउँछन् ।

‘म पर्यटन मन्त्री रहेको समयमा २०७३ सालमा अफगानिस्तानबाट १२ जनाको शव ल्याउन निगमको विमान पठाउने निर्णय गराएको थिएँ, अहिले पनि निगमले नेपालीको समयमा उद्धार गरेर आफ्नो कर्तव्य पूरा गरेको छ,’ पोखरेलले भने, ‘संसारका विभिन्न देशमा नेपालीको संख्या बढिरहेको समयमा भविष्यमा आउन सक्ने चुनौती सामना गर्नेगरी निगम तयार रहनुपर्छ, यसका लागि ग्राउन्डेड विमान मर्मत गरेर जतिबेला पनि तयारी अवस्थामा रहनुपर्छ ।’

नियमित उडान प्रभावित गरेर उद्धार उडान गर्नुपर्दा निगमलाई आर्थिक फाइदा भन्दा पनि व्ययभार पर्ने निगमका अधिकारीहरू बताउँछन् ।

निगममा निरन्तर सुधार

राजनीतिक हस्तक्षेप र प्रतिकूल कानूनी व्यवस्थाका कारण निगम निरन्तर घाटामा गइरहेको छ ।

निजी कम्पनीसँग व्यावसायिक प्रतिस्पर्धा गर्नु परे पनि निगमले विमान मर्मत गर्न समेत सार्वजनिक खरिद ऐनका प्रक्रिया पूरा गर्नुपर्छ । 

नयाँ व्यवस्थापन आएपछि निगमले निरन्तर सुधार गरिरहेको छ । २०७८ कात्तिक ८ गते युवराज अधिकारी निगमको कार्यकारी अध्यक्ष बनेका थिए । अधिकारीले व्यवस्थापन सम्हालेपछि निगमले निरन्तर सुधार गर्दै आइरहेको छ । 

यसअघिका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमलाई निजीकरणमा लैजानेलगायत निगमको शाख गिराउने काम गरेको भन्दै कर्मचारीहरू आन्दोलित बनेका थिए । निगममा लामो समय काम गरेको अनुभवका आधारमा युवराज अधिकारीले केही सुधारका प्रयास गरेका हुन् ।

निगमले उडान भइरहेका गन्तव्यमा नियमित र केही नयाँ गन्तव्यमा उडान शुरू गरेको छ । व्यावसायिक उडान बढेसँगै निगमले तिर्नुपर्ने दायित्व घट्दै गएको छ । यसक्रममा निगमले २०८० असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार ऋण तिरेको छ । 

अन्तर्राष्ट्रिय उडानका लागि निगमले सरकारको जमानतमा ऋण लिएर न्यारो र वाइडबडी विमान खरिद गरेको थियो । युवराज अधिकारी कार्यकारी अध्यक्ष बनेर आएपछि २०७९ असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ऋण दायित्वको किस्ता रकम तिरेको थियो ।

निगम अध्यक्ष अधिकारी दायाँ

‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार तथा आम्दानी विगत वर्षमा भन्दा सुधार हुँदै गइरहेको छ । नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायमा रहेका पुराना बक्यौता रकम तिरिएको छ,’ निगमका प्रवक्ता पौडेलले साउन ४ गते विज्ञप्ति प्रकाशित गरी भनेका छन् ।

आफ्नो व्यवसाय विस्तार र आम्दानीको स्रोत बढाउन १५ प्रतिशत छुटसहित निगमले नेपालका उद्योगी व्यवसायीका चार संस्थासँग सम्झौता गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहलसँग असोज १८ गते सम्झौता गरिएको छ ।

यी चारवटा संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी र तिनका सदस्यले निगमको भाडामा १५ प्रतिशत छुट पाउने छन्, यसले पनि नियमको व्यवसाय विस्तारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x