×

NMB BANK
NIC ASIA

युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन– पठनपाठन र उपचार ठप्प

प्रिन्सिपललाई भगाएको आरोप, विद्यार्थीहरूलाई आवाशीय चिकित्सकको पनि साथ

काठमाडाैं | असोज २९, २०८०

NTC
Premier Steels

युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एन्ड टिचिङ हस्पिटल भैरहवामा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा ठप्प भएको छ । 

Muktinath Bank

कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गरेपछि आन्दोलन झनै चर्किएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असुरक्षित र मानसिकरूपमा विक्षिप्त भएको भन्दै कलेजका आवासीय चिकित्सकहरूले कुनै पनि उपचार सेवामा सहभागी नहुने जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

एमबीबीएस र बीडीएस अध्ययनरत तथा इन्टर्न डाक्टरहरू समेत करीब ६०० विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।

Vianet communication

आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई भगाएर लागिएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप छ ।

null

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समस्या समाधानका लागि प्रारम्भिक छलफल भएको बताउँदै निर्णायक वार्ता गर्ने तयारी भइरहेको जानकारी दिए । प्रजिअ अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय, सर्वपक्षीय बैठक राखेर गरेको निर्णयानुसार प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गरेको बताए । आवासीय चिकित्सकहरूले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै बिरामीको उपचार नगर्ने घोषणा गरेका छन् । विद्यार्थीहरूले माग पूरा गर्न दबाबस्वरूप रिले अनशन बस्ने बताएका छन् । 

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा. पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नशिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् ।

विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

null

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्रछात्राहरूलाई मात्र १ वर्षका लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । शुरूमा सामान्यजस्तै देखिएको यो विषयमा पछि गएर विद्यार्थीहरूले पाठकको राजीनामा मागेका छन् ।

प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नशिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै एक सातादेखि विद्यार्थी आन्दोलनरत छन् ।

माग पूरा नभएसम्म कलेज र अस्पतालमा शैक्षिक गतिविधि र उपचार सेवामा सहभागी नहुने विद्यार्थीहरूको अडान छ । विद्यार्थीका जायज माग पूरा गर्न कलेज प्रशासन सकारात्मक रहेको कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । 

आन्दोलनरत एक विद्यार्थीले प्रिन्सिपलले राजीनामा र इन्टर्नशिपको तलब वृद्धि गर्ने निर्णय पूरा नहुँदासम्म आफूहरूको आन्दोलन जारी रहने बताए । कलेजले आफूहरूको भविश्वमाथि खेलबाड गरेपछि आन्दोलन गर्नुपरेको उनीहरूले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x