२६ जेठ २०८३, मंगलबार

दशैंकै बेला विदेसिनेको लर्को, असोजमा ५६ हजार २३५ जना बाहिरिए

कात्तिक १३, २०८०
काठमाडौं
दशैंकै बेला विदेसिनेको लर्को, असोजमा ५६ हजार २३५ जना बाहिरिए
फाइल तस्वीर

नेपालीको महान् पर्व दशैंका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । 

वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् । 

देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दशैंको मुखमा बिदेसिन धेरै युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । 

चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो । आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्