×

NIC ASIA

कोशी मन्त्रिपरिषद् विस्तारमा ढिलाइः तर्किँदै मुख्यमन्त्री, आत्तिँदै एमाले

विराटनगर | कात्तिक १३, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा (एमाले)ले कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीसँग सरकार विस्तारको विषयलाई लिएर सोमवार छलफल गरेको छ । मुख्यमन्त्री कार्यालयमा भएकाे छलफलमा सरकार विस्तार, प्रतिस्थापन विधेयक ल्याउने र  सदन संचालन गर्ने विषय समेटिएका थिए । 

छलफलमा मन्त्रिपरिषद् विस्तार गरेपछि मात्रै बजेट पारित गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । तर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा भने मुख्यमन्त्री र एमालेले ठोस निर्णय लिन नसकेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले मंगलवार नै मन्त्रिमण्डल विस्तार गरौँ भनेर मुख्यमन्त्रीलाई भन्यौं । उहाँले हाम्रो संसदीय दलको नेतासँग पनि छलफल गर्छु भन्नुभयो,’  सचेतक भण्डारीले भने ‘मंगलवार नै उहाँले छलफल गर्ने कुरा गर्नुभएको छ । सोमवार भएको छलफलमा नेपाली कांग्रेस र एमालेलाई मात्रै समेटेर मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भनेर हामीले भनेका छाैँ ।’


Advertisment
Rupse Holidays
Nabil box

एमालेले केन्द्रमा भएको गठबन्धनलाई जस्ताको त्यस्तै सहभागी गराए कोशी सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । आफू र कांग्रेसको सहमतिका आधारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मध्ये कुनै एक दललाई मात्रै सरकारमा सहभागी गराउन सकिने एमालेको अडान छ ।

Vianet communication

null 

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने भनेर उद्घोष गरेपछि एमाले आत्तिएको छ । आइतवार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउनका लागि मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको बताएका थिए । त्यसपछि एमाले थप आत्तिएको हो । 

‘हामीले पहिला जे भन्दैआएका थियौं । अहिले पनि त्यही कुरा मुख्यमन्त्रीलाई भनेका छाैँ । मुख्यमन्त्री पनि सकारात्मक हुनुभएको छ । तर प्रदेशमा सहमतिको सरकार बन्दैन । सबै दल नआइ सहमतिको सरकार हुँदैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुख प्रतिपक्षी दलमा बस्ने भनेर निवेदन नै दिएको छ । उहाँले अलमल्याउनका लागि मात्रै सहमतिको सरकार भन्नु भएको हो,’ भण्डारीले भने । 

हुन पनि मुख्यमन्त्री कार्कीले विभिन्न कारण देखाउँदै मन्त्रिपरिषद् विस्तारलाई धकेलिरहेका छन् । बैठकमा सहभागी प्रदेश सरकारका प्रवक्तासमेत रहेका विनाविभागीय मन्त्री शमशेर राईले भने चाँडै विस्तार गर्ने सहमति भएको बताए । 

उनले कोशी प्रदेशमा अकगणितका कारण एमाले पनि गठबन्धनमा थपिएको बताएका छन् । ‘हामीले गठबन्धन तथा एमालेसँग छलफल गर्ने जिम्मा संसदीय दलका नेता उद्धव थापालाई दिएका छाैँ,’ प्रवक्ता राईले भने ‘अब मंगलवार एमाले संसदीय दलका नेता र कांग्रेस संसदीय दलका नेतासँग छलफल गरेपछि मात्रै मन्त्रिमण्डल विस्तार  कहिले गर्ने भन्ने विषयमा छलफल हुन्छ ।’ 

कात्तिक १ गते विश्वासको मत लिएका मुख्यमन्त्री कार्कीमाथि २ गते सरकार विस्तार गर्नुपर्ने एमालेको दबाब थियो । तर, उनी काठमाडौं हानिएका थिए । दशैं बिदा शुरू भइसकेपछि मात्रै फर्किएका मुख्यमन्त्रीलाई एमालेले दशैं बिदा सकिएलगतै गत शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएको थियो । कांग्रेस केन्द्रीय समितिले आयोजना गरेको चियापान कार्यक्रममा काठमाडौं गएका कार्की आइतवार एमालेसँगको छलफल टार्न काठमाडौंबाट सिधै झापा पुगेका थिए । उनी साँझमात्रै विराटनगरमा आएका थिए । सोमवारको छलफलमा पनि एमालेले मंगलवार नै मन्त्रिमण्डल विस्तार गर्न मुख्यमन्त्री कार्कीलाई भनेको थियो । तर मंगलवार नै मन्त्रिमण्डल विस्तार गर्न नसकिने सरकारका प्रवक्ता राईले स्पष्ट पारेका छन् । विस्तारका लागि तिथि–मिति र समयको कुनै टुंगो नलागेको उनले जानकारी दिए ।

null 

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धनको बैठकमा गएर दशैंलगत्तै एमालेलाई सरकारबाट बाहिर पठाउने र गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता जनाएको बताइएको छ । एमालेले भने आफूहरूसँग मुख्यमन्त्रीले पूर्वसहमतिअनुसार नै अगाडि बढ्ने प्रतिबद्धता जनाएको दाबी गरेको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने मुख्यमन्त्रीसँग छलफल भइरहेकाले चाँडै निष्कर्ष  आउने आशा व्यक्त गरिरहेका छन् । 

अहिलेको सरकारमा एमालेका रामबहादुर मगर र विद्रोही कांग्रेसका शमशेर राई विनाविभागीय मन्त्री छन् । एमालेले आफ्नो पार्टीलाई ५ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएको छ । आफूले ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको दाबी एमालेले गर्दै आएको छ । 

तर गठबन्धनमध्ये कुनै एक दल आए सहमति गर्न सकिने प्रमुख सचेतक भण्डारी बताउँछन् ।  हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । सरकार बनाउने र गिराउने खेलका कारण कोशीमा दुईपटक अध्यादेशबाट बजेट ल्याइएको थियो । जनता दैनिकीसँग जोडिएका कामभन्दा मन्त्रिमण्डल विस्तारमा ध्यान दिएको भन्दै वर्तमान सरकारको विरोध हुन थालेको छ ।

केदार कार्की गठबन्धनमा रहेको आफ्नै पार्टी कांग्रेसबाट विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनलाई कांग्रेसको डा शेखर कोइराला पक्षका ८ सांसदले साथ दिएका थिए ।

तर विश्वासको मत दिँदा भने उनलाई आफ्नै दल कांग्रेससँगै गठबन्धनका सबै दलले सघाएका थिए । विश्वासको मत पाएयता उनी एमालेसँग टाढिँदै गएका छन् ।

कार्कीले कांग्रेसबाट विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री भएलगत्तै केन्द्रको सत्ता गठबन्धनमा भुइँचालो आएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा शेखरलाई फकाएर गठबन्धन कायमै राख्न सम्झौता गराएका थिए ।   


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x