×

NMB BANK
NIC ASIA

भूकम्पले दिएको पीडा

ग्राउण्ड जिरो: उदय र मनोजको वियोग- घरपरिवार चलाउन विदेश गए, फर्किँदा न घर रह्यो न आफन्त

जाजरकोट | कात्तिक २३, २०८०

NTC
Premier Steels

जाजरकोटको भेरी नरपालिका–१ रावत गाउँ हुँदै डोल्पासम्म हुँइकिने सडकमा एक्कासि एउटा कार रोकियो । कारबाट २ जना अधबैँसे युवाहरू झरे । काँधमा विदेशबाट आउँदा ल्याउने लगेज थियो ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पले परिवारै गुमेपछि भेरी नगरपालिका–१ का उदय कामी र उनका भाइ मनोजबहादुर विक दाहसंस्कारका लागि घर फर्किएका रहेछन् । अगाडि एक जना सहयोगीले लगेज बोकेर हिँडेका थिए । उदय र मनोज पछिपछि उकालो लागे ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

बाटो पहिलाभन्दा धेरै बिग्रेको थियो । आफन्तहरूको अवस्थाबारे सोध्दै थिए । सडकबाट करिब १५ मिनेटको दुरीमा रहको उनको घर पुग्नेवित्तिकै रूवाबासी सुरु भयो ।

null

नहोस् पनि किन दाजुभाइले एकै परिवारका ६ जना गुमाएका थिए । उदयले त झन् आफूबाहेक परिवारका सबै जना गुमाएका थिए । त्यो खबर मलेसियामै हुँदा उनले थाहा पाएका थिए । ‘पहिला त हामीले खबर गरेका थिएनौं । उसले सामाजिक सञ्जाल र समाचारहरूमा थाहा पाएको रहेछ । पछि भन्यौ,’ उदयका ज्वाइँ सज्जनराज विकले भने ।

उनका अनुसार आफ्नो गाउँमा भूकम्प गएको समाचारपछि उनी निरन्तर गाउँमा फोन गरिरहेका थिए ।

उदय र मनोज कोलचौरस्थित घरको आँगनमा परिवारका शव देख्नेवित्तिकै भावविह्वल भए । आफ्नो ४ वर्षीय छोरा उज्जल विकको मुख हेरेर निकै भक्कानिए । ‘के भयो नि छोरा यस्तो तँलाई,’ भन्दै भक्कानिँदा घरमा जम्मा भएका दर्जनौं गाउँलेहरू सँगै भक्कानिएका थिए ।

null

उनले क्रमशः छोरीहरू १३ वर्षीया सर्मिला विक र ९ वर्षीया अन्जली विकको शव हेरे । त्यसपछि  उनले ३० वर्षीया श्रीमती जानुका सुनुवारको शव हेर्दा उनी निकै भक्कानिए । टाउकामो चोटका कारणले रगतको खाटा बसेको थियो । त्यही हेर्दै उनी भावविह्वल भए ।

null

श्रीमतीको सिउँदोमा अन्तिम पटक सिन्दुर लगाइदिए । आफ्नो छोरालाई अवीर लगाइदिएर दाहसंस्कारका लागि छोराछोरीको लाश काँधमा बोकेर उनी भेरी नदीको किनारतिर लागे ।

null

उनले परिवारमा आमाबाहेक सबैलाई गुमाएका छन् । उदय र मनोजले आफ्नो पाँच जना परिवार गुमाएका छन् । आफ्नै भान्जी ८ वर्षीया विष्णु तिरुवालाई पनि उनकै घरमा गुमाएका हुन् । 

विगत ६ वर्षअघि उनी वैदेशिक रोजगारीमा गएका थिए । पहिलो पाँच वर्ष मलेसिया बसेर ८ कोठे घर बनाएका थिए । छोराछोरीलाई पढाउन विगत १ वर्षदेखि फेरि मलेसिया गएका थिए ।

null

सज्जनराज विकका अनुसार दशैंमा टिका लगाउन आएकी विष्णु फर्केकी थिइन् । भूकम्पले उनको मामा घरमा ज्यान लियो । विष्णुकी आमा लालमति नेपाली पनि वैदेशिक रोजगारीका लागि विदेशमा भएकाले उनको शव दाहसंस्कार हुन सकेको छैन ।

सज्जनराजका अनुसार आमा र बुवाले आफू आएपछि मात्रै दाहसंकार गर्न भनेकाले उनको शव दाहसंकार नगरिएको हो । ‘आमा पनि कुवेतमा छन् । बुवा भारतमा रोजागरी गर्छन् । बुवा आउँदै छन् । आमा टिकट नपाएर नआएकाले उनको आज दाहसंस्कार हुँदैन,’ सज्जनले लोकान्तरसँग भने ।

null

विदेशमा रहेकी विष्णुकी आमा लालमति नेपालीले छोरीको अन्तिम पटक अनुहार हेर्ने इच्छा गरेकाले अहिले जिल्ला अस्पताल डोटीमा लाश राखिएको छ ।

उनका भाइ दिराज तिरुवा र विक्रम तिरुवा त्यो दिनसँगै सुतेका थिए । उनीहरूलाई उद्धार गरेर बचाइएको थियो । उनीसँगै उनीहरूका हजुरआमा अर्थात् मनोज र उदयकी आमा ६२ वर्षीया हस्तकुमारी कामीको जिवितै उद्धार गरेको सज्जन विकले लोकान्तरलाई बताए ।

null

भूकम्पको दिन उदयको घरमा ९ जना सुतेका थिए । घरमा अगाडिको कोठमा बुढीआमासहित ४ जना सुतेको र अर्को कोठामा उदयकी श्रीमतीसहित ५ जनाको सुतेको छिमेकी लक्ष्मी विकले लोकान्तरलाई बताइन् ।

‘अगाडिको कोठामा सासुसहित ४ जना सुतेका थिए । अर्को कोठामा बाबुको श्रीमतीसहित ५ जना सुतेका थिए,’ लक्ष्मीले भनिन् ।

null

उनका अनुसार भूकम्प गएको करिब ३ घण्टा पछाडि उद्धार गरिएको थियो । पहिले प्रहरी आएर उद्धार गर्न खोज्न नसकेपछि फेरि सशस्त्र प्रहरी र नेपाली सेना आएर ३ जनाको जिवितै उद्धार गरेको थियो ।  ६ जनाको शव निकाल्न अर्को ३/४ घण्टा लागेको लक्ष्मीले बताइन् ।

null

त्यो क्षेत्रमा ७७ घरधुरी दलित बस्ती छ । अधिकांश भारतमा मजदुरी गरेर जिविकापार्जन गर्दै आएका छन् । केही वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । बाँचेका केहीले गाउँमै मजुरी गरेर जिविका चलाउँदै आएको लक्ष्मीले लोकान्तरलाई बताइन् ।

null

null

null

null

null

null

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x