×

NMB BANK
NIC ASIA

अरूका गीतको म्युजिक ट्रयाक व्यावसायिक प्रयोग नगर्न ध्यानाकर्षण

काठमाडाैं | मंसिर १९, २०८०

NTC
Premier Steels

अरूको स्वामित्वमा रहेका गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग नगर्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सबैमा ध्यानाकर्षण गराएको छ । ​

Muktinath Bank

मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले विभिन्न स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुको स्वामित्वमा रहेको गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग नगर्न ध्यानाकर्षण गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय देश तथा विदेशका स्टेज कार्यक्रममा म्युजिक ट्रयाकको अनधिकृत व्यावसायिक प्रयोग बढेको गुनासो आउने गरेको छ ।  गुनासो बढेपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको हो । 


Advertisment
Nabil box
Kumari

व्यावसायिक प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित अधिकार धनी स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुले समझदारीमा लिखित अनुमति प्रत्यायोजन  गरेको अवस्थामा मात्र प्रयोग गर्न–गराउन समेत प्रतिष्ठानले अनुरोध गरेको छ । 

Vianet communication

अनधिकृत रुपमा प्रयोग गरेको पाइएमा सम्बन्धित अधिकार धनीको माग बमोजिम असुल उपर, जरिवाना, दण्डसजाय हुनसक्ने कानुनी व्यवस्था रहेको भन्दै प्रतिष्ठानले सचेत समेत बनाएको छ । 

प्रतिष्ठान अध्यक्ष रीता थापा मगर, प्रतिष्ठान अन्तर्गतको विकृति विसङ्गति न्यूनीकरण विभागका संयोजक शिव हमाल र सह–संयोजक घनश्याम रिजालद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले यस्तो ध्यानाकर्षण गराएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x