×

ग्लोबल आईएमई बैंकको ‘भिजा स्क्यान टु पे’ : कार्डविना नै पेमेन्ट गर्ने सकिने

काठमाडाैं | पुस ३, २०८०

‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुरूवात भएको छ ।​

ग्लोेबल आईएमई बैंकको अगुवाइमा सोमवार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो ।


Advertisment

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुरूवात गरेका हुन् ।


Advertisment

उक्त प्रविधिमार्फत ग्लोबल आईएमई बैंकका भिजा कार्ड बाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोगविना नै ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्ने छन् । ​

भिजा स्क्यान टू पे एउटा कार्डदेखि  व्यापारी भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले शुरू गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए ।

उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँनयाँ प्रविधिको विकास गरेकोमा बैंक लगायत संलग्न सबैलाई धन्यवाद दिए ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आईएमई बैंक नयाँनयाँ प्रविधिको विकास र विस्तारमा सधैं अग्रणी रहेको दाबी गरे । 

नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरुरी रहेको उनको भनाइ थियो ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए । ​

स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए । ​

भिजाका नेपाल, बंगलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँनयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए ।

ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँनयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुसरण गर्न ठूलो समस्या रहेको बताए ।

डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका ट्रान्ज्याक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेलले नयाँ प्रविधिको प्रयोग तथा यसका फाइदाबारे बताएका थिए ।

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

जेठ १९, २०८१

माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

जेठ ६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...

जेठ ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति ल...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x