×

NIC ASIA

सेटिङमा सुन तस्करी

सुन तस्करीमा विमानस्थलको भीआईपी कक्ष दुरूपयोग, भएको एक्सरे मशिन प्रयोग हुन्न

काठमाडाैं | पुस ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष सुन तस्करीका लागि दुरुपयोग हुँदै आएको छ । मंसिर २२ गते १४ केजी सुनसहित गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरिएको थियो ।

Muktinath Bank

उनले ज्याकेटमा राखेर ल्याएको सुन बरामद भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गम्भीर लापरबाही उजागर भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घलेले ल्याएको सुनलाई भीआईपी कक्ष प्रयोग गरेर बाहिर ल्याउने योजना रहेको अनुसन्धानमा खुलेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सारक टोकराज पाण्डेले बताए । 


Advertisment
Nabil box
Kumari

‘उनीहरूले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्ने योजना बनाएको देखिन्छ,’ पाण्डेले लोकान्तरसँग भने । 

Vianet communication

null

यसभन्दा अगाडि लेकबहादुर तामाङ र शेरबहादुर बस्नेतले पनि भीआईपी कक्षको प्रयोग गरेर सुन ल्याएको अनुसन्धानमा खुलेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा दुईवटा एक्सरे मशिन छन्, तर ती मशिनहरू चल्दैनन् । 

एक्सरे मशिन प्रयोग गर्न आग्रह गर्दा भीआईपीहरूले प्रतिवाद गर्ने गरेको विमानस्थलका कर्मचारीहरू बताउँछन् ।

‘भीआईपीलाई एक्सरे प्रयोग गर्न अनुरोध गर्नु भनेको हाम्रो जागिर जानु हो, नयाँ कर्मचारीले भनिहाले पनि उसले गाली खान्छ,’ एक कर्मचारीले लोकान्तरसँग भने । 

विमानस्थल भन्सारका प्रमुख भन्सारक टोकराज पाण्डे पनि यसमा सहमत छन् ।

‘२ वटा एक्सरे मशिन छन्, भीआईपी आउँदा प्रयोग हुँदैनन्, उहाँहरूलाई प्रयोग गर्नुस् भन्ने आँट पनि कसैको छैन,’ पाण्डेले लोकान्तरसँग भने । 

null

पाण्डेका अनुसार त्यही कमजोरीको फाइदा तस्करहरूले उठाएका छन् । 

भरियाले बोकेर ल्याएको सुन व्यवस्थापनको काम लेकबहादुर र शेरबहादुरले गर्ने गरेका थिए ।

भरियाले ल्याएको सुन विमानबाट झारेपछि कमर्सियल इर्पोटेन्ट पर्सन (सीआईपी) बस्ने कक्षनजिकैको शौचालयमा रहेको डस्टबिनमा फाल्ने र सरसफाइ कर्मचारीहरूले त्यसलाई भीआईपी कक्ष हुँदै बाहिर ल्याउने गरेको पाइएको छ । 

null

प्रहरीलाई चेक गर्ने अधिकार छैन, बाहिरका सेक्युरिटीले गर्छन् यात्रुको चेकजाँच  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने व्यक्तिहरूको सामान चेकजाँच गर्न पाउने अधिकार भन्सार विभागलाई मात्रै छ । त्यो पनि सामानहरूको भन्सारका लागि मात्र हो ।

व्यक्तिहरूलाई चेक गर्न पाउने अधिकार सुरक्षा निकायलाई हुनुपर्ने हो, तर त्यस्तो अधिकार दिइएको छैन । बाहिरबाट सेक्युरिटीका लागि राखिएका गार्डले भने चेकजाँच गर्छन् ।

‘सेक्युरिटी गार्डहरूले यात्रुको चेकजाँच गरिरहेका हुन्छन्, त्यो अधिकार उनीहरूलाई छ कि छैन, थाहा छैन,’ विमानस्थल भन्सारका एक अधिकारीले भने ।

यात्रुहरू अध्यागमनबाट पास भइसकेपछि विमानस्थलभित्र तल्लो तल्लामा आउने लिफ्ट र एलिभेटर छ । त्यही बाटो हुँदै यात्रुहरू बाहिर आउँछन् । त्यहाँ आएपछि आफ्नो लगेज लिन्छन् । लगेज लिएपछि बाहिर जाने बाटो छ । त्यो बाटोमा एक्सरे मशिन पनि छ । त्यहाँ विमानस्थलका सेक्युरिटी गार्डहरूले चेकजाँच गर्छन् । कानूनीरूपमा उनीहरूलाई त्यो अधिकार नभएको विमानस्थलका कर्मचारीहरू बताउँछन् । 

null

एकपटक सुन विमानस्थल बाहिर निकालेको १ लाख ५० हजार

विमानस्थलबाट १४/१४ किलो सुन ल्याउँदा त्यहाँ संलग्न व्यक्तिहरूले १ लाख ५० हजार रुपैयाँ पाउने गरेको तथ्य खुलेको छ । अघिल्लो महिना बरामद १४ केजी सुनको अनुसन्धान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त तथ्य पत्ता लगाएको हो ।

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार उनीहरूले एक–पटक सुन बाहिर निकालेबापत १ लाख ५० हजार रुपैयाँ पाउने गरेको खुलेको छ ।

‘उनीहरूले एकपटकमा जति ल्याए पनि १ लाख ५० हजार पाउने गरेको बयानमा बताएका छन् । त्यो पैसा काम गर्ने ३/४ जनाले जुन दिन सुन आउँछ, त्यही दिन बाँडेर लिने गरेको देखिन्छ,’ ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने ।

उनीहरूले अहिलेसम्म कतिपटक विमानस्थलबाट सुन पास गराए भन्ने विषयमा भने खुलेको छैन । 

१४ केजी सुन तस्करीमा अहिलेसम्म १० जनालाई पक्राउ गरेर विभागले अनुसन्धान गरिरहेको छ । केही व्यक्तिहरू फरार रहेको विमानस्थल भन्सारका प्रमुख टोकराज पाण्डेले बताए । 

‘१० जना पक्राउ परेका छन् भने केही व्यक्तिहरू अझै पनि फरार छन्, उनीहरूलाई पनि खोजिरहेका छौं,’ पाण्डेले लोकान्तरसँग भने । 

पक्राउ परेका सरसफाइ कर्मचारीहरू सुशीला पाण्डे, गणेश चेपाङ र कपिल ओझा १४ केजी सुन प्रकरणमा संलग्न भएको पुष्टि हुन बाँकी छ ।

शेरबहादुर बस्नेत, लेकबहादुर तामाङलगायतका व्यक्तिहरू भने संलग्न भएको पुष्टि भइसकेको प्रमुख भन्सारक पाण्डेले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x