×

NMB BANK
NIC ASIA

लोकतन्त्र र गणतन्त्रको खिलाफमा लाग्नेहरू सक्रिय छन्, हामी एक हुनुपर्छ : देउवा

काठमाडाैं | पुस १६, २०८०

NTC
Premier Steels

​नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा वातावरण बनाउने प्रयास भएको भन्दै परिवर्तनगामी शक्तिबीच एकता हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा गरेको अन्तरक्रियामा सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अरू केही हुन नसक्ने भन्दै यसका विरुद्ध कोही लागे एक भएर प्रतिवाद गर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अनेक बहाना खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा लागेका छन् । प्रधानमन्त्रीले पनि यस्तै भन्नुभएको छ । तर लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र हो । लोकतन्त्रत्र र गणतन्त्रको विकल्प भनेको यसैलाई राम्रो बनाउने हो । अर्को होइन’, देउवाले भने, ‘यसमा हामी पार्टीहरू समान धारणामा छौं । राजा हटिसकेका छन्, फेरि फर्काउने कुरा हुन सक्दैन । हामी लोकतन्त्र  र गणतन्त्रका विषयमा एक ठाउँमा छौं । प्रधानमन्त्री प्रचण्ड, ओली हामी सबै एक ठाउँमा छौं । महत्वपूर्ण मुद्दामा छलफल भएर एक भएर अगाडि बढौं ।’​


Advertisment
Nabil box
Kumari

null

Vianet communication

देउवाले आज पनि देशमा बीपीको मेलमिलापको नीति उत्तिकै सान्दर्भिक भएको बताए ।

‘बीपी सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो । मारे मार्छ भनेर नेपाल फर्किने नेता हो’, देउवाले भने ।

पार्टीका लागि आफ्ना मतभेद बिर्सेर अगाडि बढ्नुपर्ने उनले बताए । ‘आफ्ना मतभेद, पार्टीका वैचारिक मतभेद, पार्टीगत प्रतिस्पर्धादेखि लिएर हाम्रा आफ्ना कुरा छन्’, देउवाले भने, ‘तर नेपालमा सबै पार्टीहरू एक ठाउँमा बस्ने संस्कार बनेको छ । धेरै कम देशमा यस्तो अभ्यास छ । विदेशबाट आउँदा पनि छक्क पर्छन् ।’ 

नेपालका दलबीच प्रतिस्पर्धा कडा हुने गरे पनि दलबीच एकता र भाइचारा हुनुमा बीपीको मेलमिलापको प्रभाव रहेको पनि देउवाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x