×

NMB BANK
NIC ASIA

कारबाही गर्ने कोशी सरकारको तयारी

कान्छाराम कन्स्ट्रक्सनको लापर्बाही: 'ठेकेदार नेता'ले अलपत्र पारे मोरङका दुई सडक

विराटनगर | पुस १९, २०८०

NTC
Premier Steels

कोशी प्रदेश सरकारले प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ सञ्चालक रहेको कान्छाराम कन्ट्रक्सनलाई कारवाहीको तयारी थालेको छ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम नगर्ने निर्माण व्यवसायीलाई महिना दिनको अल्टिमेटम दिँदै कारवाही गर्ने चेतावनी दिएको हो । तामाङ नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनी रामेछापबाट निर्वाचित भएका हुन् ।

Muktinath Bank

कान्छाराम कन्स्ट्रक्सनले मोरङमा दुईवटा योजना अलपत्र पारेको छ । मोरङको कटहरी गाउँपालिका–५ रिङ्गरोड पश्चिमबाट खोरिया महेशपुर हुँदै कृषि बजारसम्म जाने बाटो सम्पन्न गर्ने समयसम्म १८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ । कटहरीको महेशपुरबाट शुरू भएको सडक कटहरीकै रामचोकमा गएर सम्पन्न हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१७ किलोमिटर दुरीको यो सडक निर्माणको सम्झौता २०७७ असार १२ गते भएको थियो । २०७९ असार ११ गते सम्पन्न गर्नेगरी सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुशील श्रेष्ठले बताए । एक वर्षको म्याद थप गरे पनि काम नभएको श्रेष्ठको भनाइ छ । २०८० असार ११ मै सकिनेगरी म्याद थपिएको थियो । तर, उसले काम भने गरेको छैन ।


Advertisment
Nabil box
Kumari

भ्याटसहित ४७ करोड १८ लाख ३ हजार २७२ रुपैयाँमा योजनाको सम्झौता भएको थियो । ७ करोड २८ लाख ३१ हजार १२५ रुपैयाँ भने निकासा भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ‘पटक पटक ताकेता गरे पनि काम नभएपछि हामीले मन्त्रीस्तरीय भ्रमण नै गराएर १५ दिनको अल्टिमेटम दिएका छौं,’ इन्जिनियर श्रेष्ठले भने, ‘अब १५ दिनमा प्रगति भए म्याद थप्ने नभए ठेक्का रद्दको तयारी थाल्छौं ।’ १५ दिनपछि पेनाल्टी लगाएर उसैलाई काम लगाउने र काम नगरे कालोसूचीमा राखेर ठेक्का रद्द गर्ने तयारी रहेको उनले बताए ।

Vianet communication

यस्तै, दोभानाघाट–सुनवर्षी जोड्ने सडक पनि अलपत्र छ । १९.२६ किलोमिटरको सडक भौतिक प्रगति ३४ किलो मिटर रहेको छ । वित्तीय प्रगति २७ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । भ्याटसहित ५६ करोड ११ लाख २ हजार ७६८ रुपैयाँमा २०७६ असोज १४ गते सम्झौता गरिएको थियो । म्याद थपसहित २०८० फागुन १२ गते सम्पन्न गर्नुपर्ने समयसीमा छ । 

तर, सडकको म्याद थप गरिएको समय सकिन पनि २ महिना मात्रै बाँकी छ । पूर्वाधार विकास कार्यालयका अनुसार ६.२ किलो मिटर बेसको काम सकिएको छ भने ड्रेन २.२ किलो मिटर बनाइएको छ । यस्तै ४९ वटा कल्भर्ट निर्माण गरिएको कार्यालयले जनाएको छ । ‘यो योजनाको भौतिक प्रगति अलिक बढी छ,’ इन्जिनियर सुशीलले भने, ‘अब उसलाई पनि अल्टिमेटम दिइएको छ । अनुगमनपछि भौतिक प्रगति हेरेर मात्रै थाहा हुन्छ ।’

प्रदेशका योजनामा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने पूर्वाधार विकास मन्त्री कमल जवेगुले बताए । ‘म मन्त्री भएर आएपछि भौतिक तथा आर्थिक प्रगति नभएका योजनाको अनुगमनमा आफैं जाने गरेको छु,’ मन्त्री जबेगुले भने, अगनुमन गरेको १५ दिनमा गएर हेर्छु र प्रगतिको योजना माग्छु । थप १५ दिनमा उसको प्रगति फेरि हेरिन्छ । भएन भने कानुनअनुसार कारवाही गर्छौ ।’ काम नगर्ने निर्माण व्यवसायीको तथ्यांक संकलन गर्न थालेको समेत उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x