×

NMB BANK
NIC ASIA

राष्ट्रियसभामा एमालेले गर्‍यो कोशीबाट ७ जनाको नाम सिफारिश, क–कसको छ नाम ?

विराटनगर | पुस १९, २०८०

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनका कोशी प्रदेशबाट ७ जनाको नाम सिफारिश गरेको छ । बिहीवार संघीय राजधानी काठमाडौंमा बसेको प्रदेशका पदाधिकारीको बैठकले ४ पुरुष र ३ जना महिलाको नाम सिफारिश गरेको हो । 

Muktinath Bank

एमालेले उमानाथ ओली, हरिशचरण बानियाँ, परशुराम अधिकारी र कर्ण घलेको नाम सिफारिश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्राध्यापकसमेत रहेका ओली झापाका पुराना नेता हुन् भने बानियाँ पनि झापाकै पुराना नेता हुन् । अधिकारी नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका हुन् । यस्तै घले खोटाङका पुराना नेता हुन् । 


Advertisment
Nabil box
Kumari

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फ नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो ।

Vianet communication

प्रदेशमा गठबन्धन कायम भएमा आफ्ना उम्मेदवार पराजित हुने निश्चित रहेकोले पनि एमालेले पुराना नेताहरूलाई उम्मेदवार बनाएको नेताहरूको भनाइ छ ।  राष्ट्रियसभाका लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ । 

प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना छन् । सांसदहरूतर्फ एमालेको २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ ।

१३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादी केन्द्रका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना सांसद छन् । पालिकामा एमालेको २ हजार ९०, कांग्रेसको २ हजार १८५, माओवादी केन्द्रको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ । 

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा त्यसको पक्षमा ५ हजार ४८३ मतभार हुनेछ । एमालेको भन्दा १ हजार २६४ ले गठबन्धनको बढी रहेको छ । 

राष्ट्रियसभाअन्तर्गत कोशीमा २ सिट पद रिक्त हुँदैछन् । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बिना पोख्रेलको पदावधि आगामी फागुन २० गतेदेखि सकिँदैछ । कोशी एमालेले  दलित, अल्पसख्यक, महिला कोटाबाट ३ जनाको नाम सिफारिश गरेको छ । रुक्मिणि कोइराला, मेचीमाया धिमाल र रजनी मेचेको नाम सिफारिश गरेको हो । 

कांग्रेसले भने यसअघि नै कृष्णप्रसाद सिटौलासहित ३८ जना पुरुष तथा महिलातर्फ २५ जनाको नाम सिफारिश गरेको छ । सिटौलाको पक्षमा भने कांग्रेसले व्याख्यात्मक टिप्पणी गरेको छ । कांग्रेसले सिफारिश गर्दा ३ बुँदामा पूर्वमहामन्त्री सिटौलाको योगदानको चर्चा गरेको छ ।

‘सिटौलाले शान्ति प्रक्रियामा उल्लेखनीय योगदान पुर्याएको, संविधान निर्माणमा मस्यौदा समितिको सभापति भएको र अरू पार्टीसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने गरेकाले राष्ट्रियसभा सदस्य निर्वाचन २०८० को उम्मेदवार उठाउन उपयुक्त देखिन्छ,’ उल्लेख गरिएको छ । 

कांग्रेसबाट सिफारिश हुनेमा सुजाता कोइराला, महेश आचार्य, मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला संग्रौला लगायतका नेता छन् ।  यस्तै माओवादीले ७ जनाको नाम सिफारिश गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x