×

NMB BANK
NIC ASIA

वडाध्यक्षका छोरा अपहरणमा संग्लग्न ३ जना पक्राउ, आरोपीको बयानले घटना रहस्यमय

विराटनगर | पुस २५, २०८०

NTC
Premier Steels

मोरङको जहदा गाउँपालिका– १ बाट अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीको नेपाल प्रहरीले उद्धार गरेको छ । मंगलवार दिउँसो ३ बजेतिर अपहरणमा परेका उनको शुक्रवार विराटनगर– १५ बाट उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । 

Muktinath Bank

प्रहरीले अपहरणमा संलग्न ३ जनालाई पक्राउ गरेको हो । धनीधर जहदा– १ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । धनीधरलाई घरनजिकको मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला अपहरण गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्कूलमा तिम्रो फोटो खिचाउनुपर्ने छ जाऊँ भन्दै ३ युवाले उनलाई साइकलमा राखेर लगेको पाइएको छ,’ लोकान्तरसँग उनले भने ।  


Advertisment
Nabil box
Kumari

जहदा– १ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर– १८ का २१ वर्षीय विवेकानन्द यादवले बालकलाई भाथीगछ पुर्याएपछि मोटरसाइकलमा राखेर विभिन्न स्थान हुँदै विराटनगर १८ को खाकीबाबा मन्दिर नजिक लगेको प्रवक्ता दाहालले बताए । अपहरणकारीहरूबीच विवाद भएपछि स्थानीयले र प्रहरीलाई खबर गरेका थिए ।

Vianet communication

‘बालकलाई मोटरसाइकलमा बसाएपछि मिलन चोक, झोलुंगे पुल हुँदै विराटनगर– १४ र १८ को बाटोबाट वडा नम्बर १५ मा लगिएको खुलेको छ,’ उनले थपे । 

तीनै जनाको मिलेमतोमा बालकको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए । पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

बालकलाई अपहरण गर्नुको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । बालकलाई भारत पुर्याउने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरूले भने विराटनगरसम्म ल्याइदिएबापत कसैले आफूहरूलाई १–१ हजार रुपैयाँ दिने भनेपछि आफूहरूले बालकलाई लिएर आएको प्रहरीलाई बयान दिएका छन् । 

बालकलाई विराटनगरसम्म ल्याउन लगाउने मानिसका बारेमा खुलिनसकेको र घटना रहस्यमय बनेको प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x