×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

हर्क साम्पाङको ‘एक्सन’ले सिंहदरबारसम्म तरंग, विवादमा तानिए पारस खड्का

काठमाडाैं | माघ ३, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प)को कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।

Muktinath Bank

स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव डा बैकुण्ठ अर्याललाई मंगलवार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री प्रचण्डले बीपी प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिएका हुन् ।
००००
 यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार प्रतिष्ठानमा पुगेर ताला लगाइदिएपछि यो विषयले राष्ट्रिय रुपमा चर्चा पाएको थियो ।  साम्पाङले ताला लगाएपछि कसैले ताला फुटाउन चेष्टा नगर्न  र आवश्यक परे आफैँ आएर खोल्ने भन्दै फर्किएका थिए । 


Advertisment
Nabil box
Kumari

यतिमात्रै होइन साम्पाङले ताला लगाएपछि मंगलबार स्वास्थ्यमन्त्रीलाई पत्र पनि लेखे । पत्रमा प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई तत्काल कारबाही गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई अनुरोध गरेका छन् । 

Vianet communication

कार्कीले अस्पतालमा मनोमानी गरेको साम्पाङले बताएका छन् । कार्कीको मनोमानीपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएको र अस्पतालमा उपचार सेवासहित सबै गतिविधि प्रभावित भएको उनको भनाइ छ । 

‘उपकूलपतिले आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएकोजस्ता अराजक गतिविधि गर्दै आएको हुँदा हाल उक्त विषयहरूलाई लिएर प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई बिरामीको उपचारमा प्रभावित भएको छ’, उनको पत्रमा भनिएको छ ।  आन्दोलन हुँदा चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीहरुको पठनपाठन र परीक्षासमेत ठप्प भएको उनले बताए । पत्रमा साम्पाङ्गले स्वास्थ्यमन्त्रीलाई तत्काल समस्याका निकास दिनुपर्ने माग राखेका छन् । लगत्तै प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन् । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताए । उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।
००००
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरी बलले बाहिर निकालेको छ ।
पुलबाट अन्दाजी १०० मिटर तल खसेको बीआर ०९ सीजी १४३० नम्बरको सिंगल क्याप बोलेरो मंगलवार साँझ नदीबाट बाहिर निकालेको हो ।

६ जना गोताखोरसहित १० जनाको टोलीले डीप डाइभिङ विधिद्वारा खाज तलास गरी गाडी निकालेको सशस्त्रले जनाएको छ ।
००००
त्रिभुवन विश्वविद्यालयले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाटै दिने भएको छ ।
त्रिविको मंगलवार केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले स्टार होटलहरूमा ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् ।
होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन शुरू गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
००००
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)को जेनेरल म्यानेजर (महाप्रबन्धक) नियुक्ति विवादमा परेको छ । क्यानका सचिव पारस खड्काले स्वार्थ बाझिने गरी आफ्नै संस्थाका डाइरेक्टर उत्सव ढुंगानालाई जीएम पदमा नियुक्ति दिलाएको भन्दै विवाद भएको हो ।

वार्षिक १ मिलियन डलर बजेट चलाउने जेनेरल म्यानेजर पदमा खड्काले आफू बोर्ड मेम्बर रहेको गैरसरकारी संस्था बलियो नेपालमा काम गरिरहेका ढुंगानालाई नियुक्ति दिलाएका हुन् । क्यानका पूर्व म्यानेजर वृत्तान्त खनाल पनि म्यानेजर नियुक्तिमा सचिव खड्काको स्वार्थ बाझिने बताउँछन्।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
००००
अखिल नेपाल फूटबल संघ (एन्फा)ले गरेको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नियुक्तिविरुद्ध सोही संस्थाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उजुरी दिएका छन् ।
एन्फा कार्यसमितिको पुस २ गते बैठकले एन्फाका पूर्वमहासचिव समेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई सीईओमा नियुक्त गरेको थियो । त्यसको ठीक एक महिनापछि मंगलवार वरिष्ठ उपाध्यक्ष खड्काले एन्फा अपिल कमिटीमा उजुरी दर्ता गराएका हुन् ।
००००
३२ जना सहसचिवको सरुवा रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएको सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जनालाई बिदाइ गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको हो ।
००००
बैंकहरूले कर्जाको ब्याजदर घटाएसँगै शेयर बजारमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ ।
००००
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् ।

राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिइसकेपछि प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण विषयमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र कांग्रेस महामन्त्री गगन थापासँग सल्लाह सुझाव लिन थालेका हुन् ।

वर्षमान आफ्नै पार्टीको नेता भएकाले भेटघाटलाई स्वाभाविक मानिए पनि कांग्रेस महामन्त्री थापालाई बोलाएर सुझाव लिनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x