×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचन

सिटौलालाई आफ्नै पार्टीभित्र डर !

विराटनगर | माघ ३, २०८०

NTC
Premier Steels

पुस २३ गते राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गराएपछि कृष्णप्रसाद सिटौलालाई तपाईं राष्ट्रिय सभाको अध्यक्ष बन्नेगरी गठबन्धनमा सहमति भएको हो ? भनेर सञ्चारकर्मीले सोधेका थिए । दुईपटक प्रश्न गर्दा पनि उनले ठोस जवाफ दिएनन् । बरु पछि नै थाहा पाइहाल्नुहुन्छ नि भनेर टारे । 

Muktinath Bank

मनोनयन दर्ता गराउँदै गर्दा सिटौलाको अनुहार मलिन थियो । मनोनयन दर्ता गराएपछि उनी कांग्रेस कोशी प्रदेश समितिको कार्यालयमा पुगेका थिए । त्यसपछि सिटौलाले कांग्रेसकै संस्थापनइतर समूहका नेतासहित गठबन्धनका नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस नेता शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मालाई सिटौलाले नै बोलाएर गठबन्धनका नेताहरू एकजुट भएको सन्देश दिन लगाएको कांग्रेसका नेताहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

उक्त छलफलमा माओवादी र नेकपा एसका नेताहरू पनि सहभागी थिए । 

Vianet communication

‘कांग्रेसका दुवै नेता (शेखर र विश्वप्रकाश)ले शान्ति प्रक्रियामा सिटौलाले पुर्‍याएको योगदानबारे चर्चा गरेर जिताउन अपिल गरेपछि उहाँ (सिटौला) अहिले जिल्ला दौडाहामा हुनुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘उहाँलाई अन्तर्घातको डर अझै पनि छ ।’

छलफलमा माओवादीबाट प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सहभागी भएका थिए । शेखर र विश्वप्रकाश बोलेपछि आङ्बोलाई बोल्न आग्रह गरियो ।

‘आङ्बोले नबोल्ने भनेपछि शेखरले नै बोल्नुहोस् भन्नुभयो,’ बैठकमा सहभागी गठबन्धनका एक नेताले भने, ‘जवाफमा इन्द्रजीले तपाईंले जहाँ मत हाल्नु भन्नुभएको छ, त्यहाँ हालेकै छु त डाक्टरसाब भनेर डायलग दिनुभयो । त्यसपछि हलमा हाँसो फैलियो ।’

null

गठबन्धनले आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने निर्णय गरे पनि शेखरले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएकोमा माओवादीभित्र असन्तुष्टि छ । उनले त्यही असन्तुष्टि छलफलका क्रममा व्यक्त गरेका थिए । तर, सिटौलाको हकमा माओवादीको असन्तुष्टि देखिन्न ।

सिटौलालाई अन्य दलभन्दा कांग्रेसकै संस्थापनइतर पक्षसँग डर रहेको नेताहरू बताउँछन् ।

‘अहिले नै केही भन्न सकिने अवस्था छैन,’ सिटौला पक्षका एक नेताले भने, ‘मुख्यमन्त्री (केदार कार्की) को सचिवालयले कार्कीलाई मुख्यमन्त्री बन्न नदिन सिटौलाले भूमिका खेलेको आरोप लगाउँदै मिडियाबाजी गरिरहेको सूचना पाएका छौं ।’

कोशीमा राष्ट्रिय सभाको चुनाव पछाडि सरकारको आयु के हुने भनेर छलफल हुने ती नेताले बताए । 

कोशीमा यसअघि सिटौला पक्षका उद्धव थापा मुख्यमन्त्री थिए । 

थापालाई शेखर पक्षका केदार कार्कीले विस्थापन गरेका छन् । ‘उद्धव हुँदैन भने मुख्यमन्त्री माओवादीलाई दिनुपर्छ’ भनेर सिटौलाले भूमिका खेलेको केदार कार्कीका निकटस्थहरूको गुनासो छ ।

नेताहरूका अनुसार महामन्त्री विश्वप्रकाश शर्मासँग भने पछिल्लो समय सिटौलाले सम्बन्ध सुधारेका छन् ।

मतभार हेर्दा कोशीमा सत्ता गठबन्धन बहुमतमा छ । कोशीमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् ।

उम्मेदवारहरूले प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट गरिरहेका छन् । मोरङ, सुनसरी, झापा, उदयपुर, पाँचथर, इलाम र ताप्लेजुङका मतदातासँग भेटघाट गरिसकेका छन् ।  

यस्तै, धनकुटा, तेह्रथुम र संखुवासभाका मतदातासँग पनि हिलेमा मंगलबार भेटेका छन् । बुधबार भोजपुर र खोटाङका मतदाता (जनप्रतिनिधि)सँग छलफल गरेर हलेसीमा बस्ने कार्यक्रम रहेको कांग्रेस कोशीका प्रचार समिति संयोजक बासु कोइरालाले बताए । त्यसपछि  ओखलढुंगा र सोलुखुम्बुमा भेटघाट सकेर उम्मेदवारहरू माघ ९ गते विराटनगर आउने कार्यक्रम रहेको कोइरालाले जानकारी दिए । 

उम्मेदवारी दर्ताका क्रममा सिटौला

यस्तो छ अंकगणित 

कोशी प्रदेशमा स्थानीय तहका २७४ (प्रमुख/उपप्रमुख) र प्रदेशका ९३ (सांसद) गरी कूल ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।

प्रदेश सभाका ९३ सांसदमध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४  र जसपाका १ जना छन् ।

प्रदेश सभातर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ । 

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ, जुन एमालेको भन्दा १२६४ ले बढी हो ।

स्वतन्त्रमा धरानका मेयर हर्क साम्पाङ, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका प्रमुख दौलथ कुलुङ र ओखलढुङ्गाको माने भञ्ज्याङ गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रुम्दाली रहेका छन् ।

मेयर साम्पाङले कता मतदान गर्छन् भन्ने टुंगो नभए पनि अन्य दुईजनाले कहाँ मतदान गर्छन् भन्ने टुंगो लागिसकेको नेताहरूको भनाइ छ । कुलुङ एमाले र रुम्दाली कांग्रेसका बागी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x