२६ जेठ २०८३, मंगलबार

‘डाटा गोपनीयता दिवस’को अवसरमा नेपाल एसबीआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

माघ १५, २०८०
काठमाडौं
‘डाटा गोपनीयता दिवस’को अवसरमा नेपाल एसबीआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

नेपाल एसबीआई बैंक लिमिटेडका कर्मचारीहरूले ‘डाटा गोपनीयता दिवस’को अवसरमा विभिन्न प्रतिज्ञा गरेका छन् ।​​

बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सचेत रहने र कार्यस्थल तथा ग्राहकहरूको सबै व्यक्तिगत तथा वित्तीय जानकारी गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने उनीहरूको प्रतिज्ञा छ ।

नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख प्रविधि अधिकारी सुनन्द मल्होत्राका साथै अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरूलाई उक्त प्रतिज्ञा गराइएको हो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्