×

NMB BANK
NIC ASIA

सत्तामा आलोपालो

कांग्रेसकै नेताहरूले उप्काएको बहस– देउवाभन्दा अघि माधव नेपाल प्रधानमन्त्री !

काठमाडाैं | माघ १९, २०८०

NTC
Premier Steels

कांग्रेस नेता विमलेन्द्र निधि र डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सरकारको आलोपालोमा भएको भद्र सहमतिबारे उठाएको विषयले बहस जन्माउने देखिएको छ । 

Muktinath Bank

भद्र सहमतिबारे प्रचण्ड, देउवा र नेपाल तीनै नेताले प्रस्ट बोलेका छैनन् । सार्वजनिक प्रतिक्रिया पनि दिएका छैनन् । तर, कांग्रेसका जिम्मेवार नेताद्वयले प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने र त्यसपछि मात्रै चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएपछि नयाँ बहस छेडिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केपी ओलीले संसद् विघटन गरेपछि माधव नेपालसँग मिलेर हामीले संसद पुनःस्थापना गरेका हौं । एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीले हामीलाई साथ दियो,’ दाङको घोराही पुगेर निधिले बुधबार भनेका थिए, ‘यसै साथको आधारमा हामीले प्रचण्डपछि नेपाललाई सेकेन्ड फेजमा प्रधानमन्त्री बनाउने समझदारी गरेका थियौं । यही समझदारीको आधारमा प्रचण्डपछि अब नेपालजी र त्यसपछि हाम्रो सभापति चुनावी सरकारको प्रधानमन्त्री बन्नुहुन्छ ।’


Advertisment
Nabil box
Kumari

विमलेन्द्र निधिले प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री हुने बताएको भोलिपल्टै कांग्रेस नेता डा. शशांक कोइरालाले पनि यही विषय दोहोर्‍याएका छन् । सरकारको काम गराइबाट कोही पनि सन्तुष्ट नरहेको भन्दै शशांकले अब कुनै ढिला नगरी माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने उनले बताए ।

Vianet communication

‘प्रधानमन्त्री नै सरकारको कामबाट सन्तुष्ट हुनुभएको छैन,’ शशांकले नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियनको कार्यक्रममा भने, ‘यस्तो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले ढिला नगरी पूर्व सहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।’ 

आर्थिक सुधारमा कुनै काम नभएको भन्दै उनले सरकार परिवर्तन गरेर नागरिकलाई नतिजा दिनुपर्ने बताए । गठबन्धन सरकारमा नेपालपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने पनि उनले बताए ।

प्रचण्ड, देउवा र नेपालले ५ वर्षसम्मै आलोपालोमा गठबन्धनबाट सरकारको नेतृत्व गर्ने समझदारी गरेपछि एमाले सत्ताबाट बाहिरिएको थियो । यस्तो सहमतिबारे प्रचण्ड, देउवा र नेपाल तीनैजनाले मुख नखोली एक वर्ष गुजारेका छन् । तर, पार्टी भित्रैका नेतामा भने छटपटी देखिएको छ । 

निधिले दाङ पुगेर यस्तो बताएकै भोलिपल्ट नेपालले निधिको गृहनगर जनकपुरधाम पुगेर यस विषयलाई पर्दाभित्रै रहन दिन आग्रह गरे । 

‘प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । मुलुकलाई अगाडि बढाउन सक्दो कोशिश गर्नुभएको छ । कतिपय राम्रो काम  गर्ने अठोट देखाउनुभएको छ,’ उनले भने, ‘उहाँको यो कदममा सबैले साथ दिनुपर्छ । मनोबल उच्च बनाउनुपर्छ । अहिले सरकार परिवर्तनको कुरा गरी बेक्कारको समाचार बनाएर अस्थिरता पैदा गर्ने र सरकारलाई अप्ठ्यारो पार्ने काम गर्नुहुँदैन ।’

थप प्रस्ट्याउँदै नेपालले को कहिले प्रधानमन्त्री बन्छ भनेर प्रश्न नसोध्न पत्रकारसँग आग्रह गरे । ‘अहिले को प्रधानमन्त्री हुन्छ, को हुँदैन, वा भोलि गएर के हुन्छ, आकाश खस्छ कि, भुइँचालो आउँछ कि भनेर अहिले कल्पना गरिरहनु आवश्यक छैन,’ प्रचण्डपछि तपाईं प्रधानमन्त्री हो भन्ने सञ्चारकर्मीको प्रश्नका नेपालले भने, ‘अहिले नेतृत्व परिवर्तनको आवश्यकता छैन । कति दिनपछि भन्ने प्रश्नै छैन । परदे मे रहने दो, पर्दा न उठाओ ।’

भद्र सहमतिबारे प्रचण्ड र देउवाले प्रस्ट नपारेको विषयमा नेपालले पनि उस्तै कूटनीतिक जवाफ दिए । प्रधानमन्त्री प्रचण्डले पनि यसबारेमा अहिले नै केही भन्न आवश्यक नभएको केही दिनअघि मात्रै बताएका थिए । यसरी तीन नेताबीच आलोपालोका सहमतिमा देखिने गरी तनावको स्थिति नआए पनि केही नेतालाई हतार भएको कांग्रेसकै एक नेता बताउँछन् ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पनि गठबन्धनमा साँच्चै इमान्दारिता हुने हो भने प्रचण्डपछि नेपाल प्रधानमन्त्री बन्नु व्यावहारिक भएको बताउँछन् । 

‘शशांकको के हो यसै भन्न सकिन्न, तर देउवाले पछिल्लो समय निधिबारे सोधखोज गरेका छैनन् । टीमनिकट राखेका छैनन् । जनकपुरमा भएको प्रदेश सम्मेलनमा पनि निधिले भाउ पाएनन्,’ ती नेताले भने, ‘राष्ट्रिय सभा सदस्यको चुनावमा पनि निधिका उम्मेदवार महेशशंकर गिरीलाई नदिई आनन्द ढुंगानालाई टिकट दिइयो । आगामी चुनावमा आफ्नो क्षेत्र गठबन्धनको नाममा अर्को पार्टीलाई दिने हो कि भन्ने संशय निधिलाई छ । यसैले नेपालको कार्ड फ्याँकेर देउवामाथि दबाब दिने नीति अनुरूप यस्तो बोलेका हुन सक्छन् ।’ 

कुनै समय निधि देउवाका विश्वास पात्र थिए । यही विश्वासले उनले पार्टी उपसभापति र पटक–पटक प्रभावशाली मन्त्रालय चलाउने अवसर पनि पाए । तर, १४ औं महाधिवेशनमा देउवाविरुद्ध नै सभापतिमा उम्मेदवारी दिएयता निधिले चाहेर पनि देउवासँग राम्रो सम्बन्ध बनाउन सकेका छैनन् । १४ औं महाधिवेशनमा देउवाले रोक्न खोज्दाखोज्दै निधिले सभापतिमा निर्वाचन लडे । सभापति निर्वाचनको दोस्रो चरणमा निधिको साथ देउवालाई नै रह्यो । तर पनि निधिले सोचे जसरी देउवासँग सम्बन्ध विस्तार गर्न सकेनन् । 

यसैले अब हुने सरकार विस्तारमा आफूलाई फेरि कुनै प्रभावशाली मन्त्रालयसहित सरकारमा पठाउनुपर्ने  र १५ औं महाधिवेशनमा आफूलाई उत्तराधिकारी बनाउनुपर्ने दबाबस्वरूप पनि निधिले यस्तो बोलेको हुन सक्ने चर्चा कांग्रेसका नेताहरू गर्छन् । 

तर, कांग्रेसका अर्का एक नेता कुनै नेताको स्वार्थभन्दा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्दा प्रचण्ड पछि नेपाललाई प्रधानमन्त्री दिनु उचित हुने बताउँछन् । 

‘सरकारमाथि सबैतिर प्रश्न उठिरहेका छन् । यसैले अब प्रचण्डपछि नेपाललाई प्रधानमन्त्री बनाऊँ र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेसले गरौं भन्नु एकदमै व्यावहारिक हो,’ ती नेताले भने, ‘निधि वा शशांकले बोलेको कुरा रणनीतिक छ ।’ 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पनि गठबन्धनमा साँच्चै इमान्दारिता हुने हो भने प्रचण्डपछि नेपाल प्रधानमन्त्री बन्नु व्यावहारिक भएको बताउँछन् । 

‘अप्ठ्यारोमा साथ दिएका माधव नेपालप्रति गठबन्धनले सम्मान गर्नुपर्छ । प्रचण्डपछि नेपाल अनि चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्दा सबै हिसाबले व्यावहारिक हुन्छ,’ दाहाल भन्छन्, ‘निधि र शशांक जसले बोले पनि नेपालप्रति सम्मान र इमान्दारिता हो । गठबन्धन पाँचै वर्ष चल्ने आपसी विश्वास पनि हो ।’

‘मुख्य सरोकारवाला दलका नेताले सरकारको आलोपालो केही असन्तुष्टि गर्नुभएको छैन । तर सार्वजनिक खपत र आफ्नासमेत केही कार्डका लागि नेताहरूले माधव नेपाल भनिरहनुभएको हुन सक्छ,’ ती नेता भन्छन्, ‘प्रचण्डको दुई वर्ष अवधि पुगेपछि हस्तान्तरण हुन्छ, तर को प्रधानमन्त्री हुन्छ भनेर उहाँहरूले थप सहमति गर्नुभएको जस्तो लाग्दैन ।’

यस्तो थियो आलोपालोको सहमति 

कांग्रेस र माओवादी एउटै गठबन्धनबाट चुनाव लडेपछि गत वर्षको पुस १० गते एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न पुगेका थिए । तर, कांग्रेसले विश्वासको मत दिँदै राष्ट्रपति आफ्नो पोल्टामा पार्ने समझदारी गरेपछि एमाले सरकारबाट बाहिरिने अवस्था बन्यो । त्यसपछि मात्रै कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन दोहोरिएको थियो । यसैले तीन नेताबीच पाँच वर्ष गठबन्धनको नेतृत्वमा सरकार बनाउँदा आलोपालो गर्ने अलिखित समझदारी भएको कांग्रेसका एक नेता बताउँछन् । 

‘एमाले सरकारबाट बाहिरिने स्थिति आएपछि तीन नेताबीच गठबन्धनलाई ५ वर्षसम्मै टिकाउने समझदारी भएपछि आलोपालोमा प्रधानमन्त्री बन्ने अलिखित सहमति भएको थियो,’ कांग्रेसका ती नेताले भने, ‘माधव नेपालले प्रधानमन्त्री भएर चुनावी सरकारको नेतृत्व गर्न सक्नुहुन्न भनेर उहाँलाई बीचमा एक वर्ष भनिएको हो ।’

उनले थपे, ‘उहाँहरूबीच केही न केही समझदारी भएरै तीनै नेताले यसबारे मुख खोल्नुभएको छैन ।’ 

अहिले बाहिर आएका विषय भने सार्वजनिक खपतका लागि मात्र रहेको ती नेता बताउँछन् । 

‘मुख्य सरोकारवाला दलका नेताले सरकारको आलोपालो केही असन्तुष्टि गर्नुभएको छैन । तर सार्वजनिक खपत र आफ्ना समेत केही कार्डका लागि नेताहरूले माधव नेपाल भनिरहनुभएको हुन सक्छ,’ ती नेता भन्छन्, ‘प्रचण्डको दुई वर्ष अवधि पुगेपछि हस्तान्तरण हुन्छ, तर को प्रधानमन्त्री हुन्छ भनेर उहाँहरूले थप सहमति गर्नुभएको जस्तो लाग्दैन ।’

बरु कांग्रेसको महासमिति बैठकपछि मन्त्रीको सेट नै परिवर्तन हुने सम्भावना बढी रहेको ती नेता बताउँछन् । 

‘प्रधानमन्त्रीले निरन्तर रूपमा मन्त्री फेर्ने इच्छा व्यक्त गर्दै आउनुभएको छ । तर, कांग्रेसको महासमिति बैठक अगाडि केही हुने देखिएको छैन,’ ती नेता भन्छन्, ‘एकदुई जना फेर्दा गठबन्धनमा असन्तुष्टि आउने र निकालेको जस्तो हुने देखियो । यसैले एक वर्ष पनि पुग्छ कांग्रेसको महासमिति बैठकपछि सहमतिमा मन्त्रीको सेट नै फेर्ने सम्भावना धेरै देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x