×

NMB BANK
Dabur

आलेख

माओवादी पुनर्संरचनाको बहस : आन्तरिक प्रतिस्पर्धाको कुरामा हामी किन सशंकित देखिने ?

काठमाडाैं | माघ २८, २०८०

NTC
Premier Steels
Marvel

एक ऐतिहासिक कार्यभार सकिएपछि हामी खुम्चिँदै गयौं । गणतन्त्र घोषणाको वरिपरि हामीसँग जुन चार्मिङ थियो, गणतन्त्र कार्यान्वयन र 'सर्भिस डेलिभरी'को गुणस्तर जाँच्ने क्रममा आइपुग्दा हाम्रो चार्म छायाँमा बदलिने खतरा छ । त्यसो भए अब के गर्ने ? अब हाम्रासामु दुई विकल्प छन्- पहिलो परिवर्तन होऊ, दोस्रो समाप्तिलाई स्वीकार ।

Sagarmatha Cement
Muktinath Bank

हामीसँग हाम्रो गौरवशाली इतिहासका भावनाहरू छन् । ती भावनाको व्यवस्थापन गर्ने हामीसँग तरिका पनि दुईवटा छन्, पहिलो इतिहासको गौरवशाली विरासतलाई थप समृद्ध गर्दै त्यसलाई सभ्यताको रूपमा विकसित गर्ने । त्यसो गर्दा हामीले आजको सामाजिक परिवेश र स्विकारोक्ति एवं आम मानिसको व्यापक सहभागिता र उनीहरूलाई पनि स्वामित्वको शेयर वितरण गर्ने र लाभ लिने वातावरण तय गर्नुपर्ने हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो, इतिहासको परिशुद्धता कायम गर्दै ती अमूल्य पल र घटनाहरूलाई पछ्याउँदै त्यही फ्रेमवर्कमा काम गर्ने र हाम्रा गौरवशाली विरासतलाई संग्राहालयमा कैद गर्ने । अतः इतिहासलाई समृद्ध र वैभवपूर्ण विराट सभ्यताको रूपमा विकसित गर्ने वा त्यसलाई जीर्ण भग्नावशेषमा परिणत गरि संग्रहालय वा लाइब्रेरीमा सीमित गर्ने ? माओवादी आन्दोलनको बारेमा अब भावनात्मक बहस पैरवीले मात्रै काम गर्ने छैन, हामीले निकै निर्ममतापूर्वक र बुद्धिमतापूर्वक यसलाई पुनर्संगठित गर्न जरुरी छ । 


Advertisment
SBL

भावनाका ज्वारहरू यति शक्तिशाली हुन्छन् कि हाम्रो विगत इतिहासको सती प्रथालाई हेरे हुन्छ । प्रचलित अभ्यास र भावनाको सम्मान खातिर हजारौं महिलाले आफूलाई पतिसँगै चितामा होमे ।  हामीलाई इतिहासको त्यो क्रुर प्रथाप्रति आज पश्चाताप त छ, तर अब हाम्रो पश्चातापले हजारौं–लाखौं महिलाहरूको जीवनलाई फिर्ता ल्याउन सक्ने छैन । स्वयं म आफैंले करिब ४ वर्ष बढी भावनाको ज्वारमा बगिरहँदा गरेको अनुभूतिलाई यहाँ व्यक्त गर्दैछु । भावनात्मक आवेशमा मैले विषयलाई जसरी राजनीतिकरण र सैद्धान्तिकीकरण गर्ने प्रयत्न गरें त्यो समय र त्यसमा खर्चिएको ऊर्जाको बर्बादीलाई म चाहेर पनि फिर्ता ल्याउन सक्दिनँ ।

Vianet communication
Laxmi Bank

भावनालाई प्रचलनको जामा पहिराउँदा र स्वार्थलाई राजनीतिक रंगले पोत्न खोज्दा ७० को दशक विभिन्न नामका माओवादी घटकहरूका लागि विभक्त, विरक्त र पट्यारलाग्दा सैद्धान्तिक बहसको अतिरिक्त समय बिताउने कालखण्ड बन्यो । एकातिर माओवादी नाम, साम्यवादी आदर्श र एकल कम्युनिस्ट सत्ताका बारेमा हामीले बहस गरिरह्यौं अर्कोतिर त्यही नामप्रतिको भावनात्मक लगावमा अन्य कम्युनिस्ट शक्तिलाई गोलबन्द गर्न अप्ठ्याराहरू सिर्जना भए । साम्यवादी आदर्श र पूँजीवादमा जिउने जीवनशैलीका जटिलताहरूका बीच हामी आफैं सामाजिक रूपमा अलग–थलग हुने वा पूँजीवाद र साम्यवादको बीचबाट जीवन, अस्तित्व, उद्देश्य र लक्ष्य पूरा गर्ने भन्ने ठाउँमा आइपुग्यौं । यसर्थ हामी भावनाको सती जान तयार हुने वा विवेकले देखाउने परिवर्तनको राजमार्गमा कुद्ने दुईमध्ये एक विकल्प छनोट नगरी हाम्रो अस्तित्व र आयुको छिनोफानो हुँदैन ।   

मलाई लाग्छ, हामीले आफूलाई रिफर्मकै लागि उभ्याउनुपर्छ । हामी परिवर्तनकै लागि तयार हुनुपर्छ । रिफर्म सम्भव छ र रिफर्ममै मात्र यस पार्टीको जीवन र भविष्य छ । हामीसँग पर्ख र हेरका लागि समय छैन । यथास्थितिको डुंगामा धेरैबेर रहन सक्दैनौं र पार लाग्न त झन् डुंगा चलाउनै पर्छ, त्यो पनि अझ बेगले ।

हामीसँग सच्चिने विकल्प छ र सच्चिनुमै मात्र भाग्य र भविष्य छ । सच्चिनका लागि हामीले जोखिम मोल्नुपर्छ, जोखिम मोलेरै हामी यहाँसम्म आइपुगेका हौं । सक्किन त केही गर्नैपर्दैन केबल निष्क्रिय भइदिए पुग्छ । सच्चिनका लागि हामीसँग ठोस र गम्भीर रूपान्तरणको खाँचो छ । हामीले हाम्रा स्वभाव, प्रथा, प्रचलन र बेवास्तामा रहेका स–साना कुराहरूमा पनि परिवर्तन गर्नैपर्छ । परिवर्तन भविष्य हो र भविष्य नै स्वर्णिम यात्राको टाइम ट्राभलर हो ।

दर्शन र विज्ञानलाई दिशानिर्देश गरिरहेको समय यात्रा हामी राजनीतिकर्मीका लागि पनि हो, हाम्रो अर्गनाइजेसन र हाम्रा कार्यक्रमहरूका लागि पनि हो । हामीले समयको गति पछ्याउन सकेनौं भने हाम्रो इतिहास चिम्पाञ्जीको जस्तै बन्नेछ । आजको मानव प्रजातिसँग ९२ प्रतिशत डी.एन.ए. मिल्ने चिम्पाञ्जी सकिनुका कारणमध्ये एक प्रमुख कारण हो उसले अरू चिम्पान्जीसँग सम्पर्क–समन्वय र मेलमिलाप गरी बौद्धिक विचारविमर्श गर्न सकेन । मान्छेलाई समूहमा काम गर्न आनन्द आउँछ । जमघटले रमाइलो माहोल दिन्छ । तर, ४०/५० वटा चिम्पाञ्जी एक ठाउँमा पुगे भने ती आफैँ एकअर्कालाई चिथोरेर सकिन्छन् । हामी एक अर्कालाई चिथोरेर सकिने कि ? सम्पर्क–समन्वय र सहकार्यको गतिलाई तीव्र लिएर सच्चिने ?

प्रज्ञा भवनमा सक्किने कि सच्चिने ? भन्ने प्रश्न हामीसामु रहेको निर्क्यौल त हामीले निकाल्यौं, अब हामी त्यसको वास्तविक जवाफ दिने ठाउँमा आइपुगेका छौं । वर्तमानले सिर्जित गरेका संकटहरूको जवाफ दिन वा समाधान गर्न जसले सक्दैन त्यसको पतनलाई संसारको कुनै ताकतले रोक्न सक्दैन । आजभन्दा केही सय वर्ष अघिसम्म पनि पृथ्वीमा हामीजस्तै ५/६ वटा प्रजातिका मानवहरू थिए, तिनले आफ्नो वर्तमानमा सिर्जित संकट मोचन गर्न सकेनन् र तिनीहरू यस धर्तीबाट लोप भए । कुनै बेला प्रजापरिषद चर्चामा थियो, कैयौं कम्युनिस्ट पार्टीहरू अस्तित्वमा आए तिनीहरूले पनि उज्ज्वल भविष्यको चाहना नराखेका होइनन्, तर वर्तमानले तेर्स्याएका प्रश्नहरूको जवाफ दिन सकेनन् र तिनको अवसान भयो । 

बहुलतामा आधारित प्रतिस्पर्धात्मक शासन प्रणाली, सामाजिक क्षेत्रमा मतभारको अग्राधिकार र आर्थिक पद्धतिमा खुला तथा उदार अर्थतन्त्र हाम्रो दैनिक जीवनका व्यावहारिक अभ्यासहरू हुन् । यसलाई अझ बढी उदारताका साथ हामीले संविधानमा धर्म निरपेक्षता राख्यौं र व्यावहारिकरूपमा विभिन्न समुदायका सांस्कृतिक रितिरिवाज, चाडपर्व र परम्पराका आधारमा सरकारी क्यालेन्डरमा दिइने सार्वजनिक बिदा हाम्रो विविधता स्विकारोक्तिको प्रस्ट तस्वीर हुन् । पार्टी कमिटीहरू निर्वाचित हुनुपर्छ भन्दा हामी अलिकति स–शंकित भएजस्तो, थोरै असजिलो महसुस गरेजस्तो किन देखिने ?

सत्ताको आँखाबाट हेर्दा हामीलाई हाम्रो शक्तिको क्षयीकरणबारे विश्वास लाग्दैन, तर गाउँ शहरमा हाम्राविरुद्ध जुन असन्तोषको बाढी र घृणाको तुफान सिर्जना गरिएको छ, त्यसलाई काउन्टर दिन सामान्य, नियमित र सहज कार्यक्रमहरूले सक्ने अवस्था छैन । खासगरी अहिले हाम्रो संगठन प्रणाली हेर्दा नेता र कार्यकर्तामा नवीनताका लागि आफूलाई तयार गर्नुपर्ने आवश्यकता महसुस हुँदैन, किनकि यहाँ कुनै विधि, पद्धति र उपयुक्त मापदण्डका आधारमा मूल्यांकन गर्ने प्रक्रिया र संयन्त्र छैन । पार्टी कमिटीदेखि ज.ब.स.मा स्थायी प्रकारको जाम देखिन्छ ।

पार्टी अध्यक्ष प्रचण्ड आफैंले उद्घोष गरेको महत्त्वपूर्ण विषय जनताबाट निर्वाचित जनप्रतिनिधि, कार्यकर्ताबाट निर्वाचित पार्टी नेता भन्ने कुरा अरू सबै पार्टीका हकमा सामान्य हो र माओवादी पार्टीमा निकै महत्त्वको सवाल हो । यो विषयलाई विधानले अन गर्नुपर्छ । पार्टी विधान निर्वाचित प्रक्रियाका बारेमा थोरै मौन छ । यस मौनताले हामी सच्चिने चाहना त राख्छौं, तर संकल्प गर्न तयार छैनौं भन्ने देखिन्छ, यसर्थ हामीले अध्यक्ष कमरेड प्रचण्डको मर्मलाई विधानमा कार्यान्वयनको सुनिश्चिततासहितको प्राथमिकतामा राख्न जरुरी छ ।

हामी संसदीय राजनीतिमा छौं । देशको कार्यकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने अडानमा पनि छौं । राजनीतिक सत्ताका सबै अवयवहरूमा निर्वाचित हुनुपर्ने प्रणाली छ । राजनीतिमा हामीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरी चारवटा संसदीय निर्वाचनको यात्रा पूरा गरिसकेका छौं । सामाजिक प्रतिस्पर्धामा विद्यालय व्यवस्थापन, सामुदायिक वन, विभिन्न प्रकारका संघ-संस्था र युथ क्लबहरूमा समेत निर्वाचन पद्धतिमार्फत नीतिको अनुमोदन र नेतृत्व छनोट गर्दै आएका छौं ।

आर्थिक रूपमा हामीले थ्रीपी (पीपीपी) मोडल अपनायौं । सरकार नियन्त्रित संरचनाहरू खासगरी राज्यद्वारा सञ्चालित संस्थानहरूसँग आजसम्मका सबै सरकारहरू असन्तुष्ट छन् र तिनले निजी क्षेत्रलाई विश्वास गर्छन् भन्ने कुराको ज्वलन्त उदाहरण अहिले बहसमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलहरूको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी हो ।

यस कोणबाट हेर्दा राजनीतिमा बहुलतामा आधारित प्रतिस्पर्धात्मक शासन प्रणाली, सामाजिक क्षेत्रमा मतभारको अग्राधिकार र आर्थिक पद्धतिमा खुला तथा उदार अर्थतन्त्र हाम्रो दैनिक जीवनका व्यावहारिक अभ्यासहरू हुन् । यसलाई अझ बढी उदारताका साथ हामीले संविधानमा धर्म निरपेक्षता राख्यौं र व्यावहारिकरूपमा विभिन्न समुदायका सांस्कृतिक रितिरिवाज, चाडपर्व र परम्पराका आधारमा सरकारी क्यालेन्डरमा दिइने सार्वजनिक बिदा हाम्रो विविधता स्वीकारोक्तिको प्रस्ट तस्वीर हुन् ।

माथि उल्लेखित विषयहरू नै हाम्रा राजनीतिक–आर्थिक र सामाजिक सेट एन्ड स्विक्वेन्सहरू हुन् । तर, पार्टी कमिटीहरू निर्वाचित हुनुपर्छ भन्दा हामी अलिकति स–शंकित भएजस्तो, थोरै असजिलो महसुस गरेजस्तो किन देखिने ? यतिबेला हामी साम्यवादी शासन व्यवस्थाको अनुकरणका लागि प्रयासरत कम्युनिस्ट पार्टीका रूपमा छैनौं । हाम्रो संगत, उठबस, लेनदेन, नाफाघाटा सबै बुर्जुवा पार्टी र डेमोक्रेटिक एलाइन्ससँग छ ।

हाम्रो सत्ताको आधार पनि अहिले त डेमोक्रेटिक एलाइन्स नै बन्न पुगेको छ । यस्तो अवस्थामा पार्टीको पुनर्ताजगीकरणका लागि टोलदेखि केन्द्रसम्म निर्वाचित हुने प्रक्रियालाई अगाडि बढाउँदा राम्रो ।  यसअघि कतिपय प्रदेशको नेतृत्व र ज.ब.स. नेतृत्व चयन गर्ने क्रममा प्रतिस्पर्धात्मक मोडल अपनाइसकेका हामी विधानमा किन त्यतापट्टि पाइला चाल्न सक्दैनौं,  थाहा छैन ।

कतिपय युवा साथीहरूले हामी २०६२/०६३ सालदेखिका सबै युवा मात्रै छौं । हाम्रा छोरा–छोरीहरू पनि युवा छन् भन्ने व्यंग्य गर्छन् । ०६२ मा जन्मेकाहरू आफूलाई युवाको दाबी गर्दै ८४ को निर्वाचनमा माओवादीको पहिलो र दोस्रो पुस्ताका नेताहरूसँग निर्वाचनमा प्रतिद्वन्द्वी बनेर आउने छन्, तर ५० को दशकको मध्य र अन्त्यतिर माओवादी आन्दोलनमा सरिक एउटा ठूलो जमात अलिक केटाकेटी नै छ, उसको युवा हुने पालो आएकै छैन भन्दै अनौपचारिक संवादमा व्यंग्य कस्ने युवाहरूको संख्या अलि बाक्लै देखिन्छ । यद्यपि पार्टीको आन्तरिक जीवनमा चल्ने बहसहरूमा भने तिनको खामोसी बडो अचम्मको छ ।

कमरेडहरूले अनौपचारिक संवादमा भन्ने गर्छन्, जिल्लादेखि केन्द्रसम्म सम्मेलन, अधिवेशन वा महाधिवेशनबाट न त नयाँ अनुहार आउँछ, न उहाँहरूको पालो कहिले सकिने हो भन्ने कुराको ठेगान छ । पार्टीका कार्यकारी पदहरूमा नयाँ अनुहार देख्न हामीसँग दुई मात्र विकल्प छन्, पहिलो त्यो कार्यकारी पदमा रहनेले पार्टी परिवर्तन वा राजीनामा गर्नुपर्‍यो, दोस्रो उसको आयुको प्रतीक्षा गर्नुपर्‍यो ।

आफ्नो श्रद्धेय नेतालाई न राजीनामाका लागि बाध्य पार्न मिल्छ न अर्को पार्टीमा जाने वातावरण बनाउन मिल्छ । श्रद्धेय र सहयोद्धाको आयु पर्खेर बस्ने कुरा पनि भएन । जीवनको किशोर र युवा अवस्थाको सम्पूर्ण जवानी खर्चिएको यो आन्दोलन छाडेर अन्यत्र जान पनि सकिँदैन । त्यसो भए के गर्ने भने चित्त बुझी-नबुझी यही पार्टीमा न सक्रियजस्तो न निष्क्रिय जस्तो, न नेताजस्तो न कार्यकर्ताजस्तो, न डाइहार्ड फलोअरजस्तो न बलियो नेताजस्तो भएर खुम्चिएर बसिरहने क्रम देखिएको छ । यस्तो गुनासो विगतका केही वर्षदेखि सुनिँदै आएको छ । यस्ता सयौं नेता–कार्यकर्ता रहेको यो पार्टीमा गति कसरी आउँछ ? विडम्बना फेरि पनि ती कमरेडहरूले पार्टीभित्र यस्ता बहसहरूमा भाग लिने र निर्धक्कताका साथ आफ्नो विषय पस्कने रुचि प्रकट गर्दैनन् ।

कम्तीमा पार्टीमा नेताहरूको उमेर हद र एक पदमा कति कार्यकाल भन्ने कुरा यकिन गरिदिएपछि हरेकले आफ्नो पालोको तयारी गर्छ, भविष्य देख्छ । सोपानक्रमलाई मर्यादित बनाउन अभ्यास गर्छ । विधानमा यस्ता कुराहरूको क्लियारिटी हुनुपर्छ भन्दा तरंग सिर्जना गरेको, अनौठो भएको जस्तो व्याख्या हुने कुराले हाम्रो बुझाइको संकुचन प्रस्ट हुन्छ । पार्टी निर्माणका लागि राजनीतिक प्रतिवेदनमा हुने सैद्धान्तिक बहस जत्तिकै विधानमा रहने ठोस कुरामा पनि टड्कारो बहसको आवश्यकता छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x