×

NMB BANK
NIC ASIA

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ । स्नायु प्रणाली एउटै छ । रक्तसञ्चार प्रणाली एउटै छ । 

Muktinath Bank

श्वासप्रस्वास प्रणाली एउटै छ । आहार प्रणाली एउटै छ । पाचन प्रणाली एउटै छ । विसर्जन प्रणाली एउटै छ । तैपनि मानिस–मानिसको बीचमा यति ठूलो विभेद किन ? कहाँ चुक्यौँ हामी ? कुन चीजले एक अर्कालाई पराई गरायो, भिन्न गरायो हामीलाई ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी जति शिक्षित भयौँ, संस्कारी भयौँ, सभ्य र शिष्ट भयौँ त्यति नै एकअर्काबाट टाढा हुँदै गएका छौँ । शिक्षा र संस्कारले नजिक ल्याउनुपर्ने हो, एक अर्कोमा समन्वय गराउनुपर्ने हो, त्यो त गरेन नै उल्टै विभेदको खाडल बढाउँदै लग्यो । फलतः जमिन विभाजित हुन पुग्यो । आकाश विभाजित हुन पुग्यो । माटो विभाजित भयो, पानी विभाजित भयो । आफ्नो वशमा नभएर मात्रै नत्र अग्नि, वायु, सूर्यलाई समेत विभाजन गर्न बाँकी राख्ने थिएनौँ । आखिर किन यस्तो ? कहिलेसम्म यस्तो ? के हामी एक हुन सक्दैनौँ ?  सक्नु त पर्ने हो तर सेकेका छैनौँ । त्यसो भए के गर्ने त ? केही पनि नगर्ने । मात्र आफ्नै स्रोतको खोजी गर्ने । आफ्नै मूल घरमा फर्कने । 


Advertisment
Nabil box
Kumari

हामीले बोटलाई बिर्स्यौं, फलको पछि लाग्यौँ । जराको वास्ता गरेनौँ पातलाई पछ्याउन लाग्यौँ । स्रोतलाई बिर्स्यौं, सम्पत्ति र सम्पदाको पछि लाग्यौँ । यसैले हामीलाई विभाजन गरायो । विभेदको शिकार गरायो । नजिक हुनुपर्छ सबै भन्छन्, तर हुन कोही पनि सकिरहेका छैनौँ । हिजो पनि यस्तै थियो । आज पनि यस्तै छ । हामी जबसम्म स्रोततर्फ फर्कँदैनौँ, मूल घरतर्फ फर्कँदैनौँ तबसम्म हुने यस्तै हो । प्रश्न उठ्न सक्छ, स्रोततर्फ फर्कने भनेको के हो ? कसरी फर्कने हो ? यसका लागि निम्न उदाहरणबाट हेर्नुपर्ने हुन्छ । 

Vianet communication
Laxmi Bank

पहिलो कुरा त स्रोतमा फर्कने भनेको मूल घरमा फर्कने भन्ने नै हो, जसलाई हामी प्रकतितर्फ फर्कने पनि भन्न सक्छौँ । मूलमा फर्कने भन्न पनि सक्छौँ । अब आयो कसरी फर्कने भन्ने कुरा । यसका लागि भने केही सैद्धान्तिक कुरामा र केही व्यावहारिक कुरामा ध्यान दिनुपर्ने हुन्छ । 
सैद्धान्तिक कुरामा सरकार, शास्त्र र समाजको भूमिका महत्वपूर्ण हुने गर्छ । सरकार आफैँ तात्नुपर्छ । त्यो पनि एउटा मात्र होइन विश्वभरिकै सरकारहरू । धर्मगुरुहरू तात्नुपर्छ । विश्वभरिकै धर्म गुरु र समाज तात्नुपर्छ संसार भरिकै । यसका लागि सर्वप्रथम विश्वका सरकारहरू गोलमेच सम्मेलनमा बस्नुपर्छ र रामराज्यको अवधारणामा जानुपर्ने हुन्छ । रामराज्यको अवधारणा भनेको यस्तो अवधारणा हो, जहाँ कोही पनि दुःखी हुने छैनन्, कोही पनि रोगी हुने छैनन् । स्वास्थ्य, शिक्षा र न्यायमा समान पहुँच हुन सक्छ । उच, निच, धनी, गरिब, ठूलो सानो भन्ने हुने छैन, जसलाई सायद राजनीतिक पण्डितहरू साम्यवाद भन्ने गर्छन् । 

यसका लागि शिक्षा शुद्धीकरणको योजना चाहिएला, विचार शुद्धीकरणको योजना चाहिएला, व्यवहार शुद्धीकरणको योजना चाहिएला । हावा, पानी, माटो शुद्धीकरणको योजना चाहिएला । योग, ध्यान, आयुर्वेदीय उपचार पद्धतिको योजना चाहिएला । सोही अनुसारको स्कूल, क्याम्पस, विश्वविद्यालय चाहिएलान्,  पाठ्यक्रम, पाठ्यपुस्तक र जनशक्ति चाहिएलान् यस्तैयस्तै ।  

शास्त्रको कुरा पनि त्यस्तै हो । अहिलेसम्म शास्त्रले पितृदेवो भव, मातृदेवो भव, आचार्य देवो भव, अतिथि देवो भव भन्दै आयो । यी हजारौँ वर्ष पहिलेका भनाइ हुन्, विचार हुन्, व्यवहार हुन्  । अहिलेसम्म नदीनालामा धेरै पानी बगिसक्यो । अब त्यतिले मात्र पुगेन, त्यतिले मात्र काम चलेन । परस्पर देवो भवको विचार र व्यवहार लागू गर्नुपर्ने भएको छ, जसमा सबै धर्म गुरुहरूको सहमति आवश्यक पर्ने देखिन्छ ।  

अब आयो समाजको कुरा । समाजले पनि अहिलेसम्म विजयी भव भन्दै आयो । पुर्खाले यही सिकाए । हामीले त्यही सिक्यौँ, जान्यौँ । यस्तै अवस्था रहेमा भविष्यमा भन्ने पनि यही हो, गर्ने पनि यही हो, जसले अहिले जस्तै अस्वस्थ प्रतिस्पर्धाबाहेक केही गर्ने गर्नेवाला छैन । यसैका कारण हामी सबैलार्ई जसरी भए पनि जित्नै पर्ने भएको छ । फलतः राजनीति बिग्रेको छ । समाजन बिग्रेको छ, संस्कार बिग्रेको छ, संस्कृति बिग्रेको छ । छिमेकीको भन्दा राम्रो देखिन खोज्नु राम्रो हो । 

छिमेकीको भन्दा राम्रो घर बनाउन खोज्नु पनि राम्रै हो, तर यसैका निम्ति छिमेकीको घरमा कालो पोत्न जानु भने राम्रो होइन । तर अहिलेसम्म यही हुँदै आएको छ । अब यसले भएन । त्यसैले विजयी भवको सट्टा समन्वयी भवको धारणा विकास गर्नै पर्ने भएको छ । 

लाग्छ शुरूमा यतिमा मात्र ध्यान दिन सके पनि धेरै नै हुनेछ । यसैले नै मूल घरमा फर्कन, स्रोतमा फर्कन सहयोग पुर्‍याउनेछ । बाँकी त अवस्था र आवश्यकताअनुसार आफैँ थप हुँदै जाने कुरा हो । अस्तु अहिलेलाई यति नै ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x