×

NMB BANK
NIC ASIA

गाजामा अब हवाईमार्गबाट राहत सामग्री पुर्‍याउन शुरू गरिन्छ– अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

वासिङ्टन– सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्याउन शुरू गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । 

Muktinath Bank

ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँगको भेटको क्रममा बाइडेनले गाजा युद्धबारे विशेष महत्व दिँदै भने, ‘हामीले अझै धेरै राहत सामग्री पुर्याउने काम गर्न आवश्यक छ र संयुक्त राज्य अमेरिकाले यसमा अग्रसरता लिनेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आगामी दिनमा हामी जोर्डनमा रहेका हाम्रा साथीहरु र अन्य सहयोगीसँग मिलेर हवाई मार्गबाट थप खाद्यान्न र आपूर्तिको व्यवस्थापन गर्नेछौं,’ ८१ वर्षीय बाइडेनले भने । 


Advertisment
Nabil box
Kumari

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा मानवीय सङ्कट उत्पन्न भएको र इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी रहेका बेला यो घोषणा गरिएको हो ।

Vianet communication

बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन् । उनले प्रमुख अमेरिकी सहयोगीको लागि सैन्य सहायता कायम राखेका छन् । 

उनले  मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा ६ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने आशा व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी दिएको उत्तरी गाजामा सहायता लिएर गएका गाडीको वरपर पुगेका दर्जनौँ निराश प्यालेस्टिनीको मृत्यु भएको बिहीबारको घटनापछि युद्धविराम वार्ता जटिल बनेको छ ।

एक इजरायली स्रोतले भीडमाथि सेनाले गोली चलाएको स्वीकारेको छ र यसले ‘खतरा उत्पन्न गरेको’ बताएको गरेको छ ।

निर्दोष मानिसहरू भयानक युद्धमा फसेका आफ्नो परिवारको पेट पाल्न नसकिरहेका र सहायताका लागि भेला भएका प्यालेष्टिनीको ज्यानसम्म जाने स्थिति दुःखद भएको बाइडेनले बताए । 

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई थप सहायता ट्रकहरू भित्राउन ‘जोड’ दिने र गाजामा ठूलो मात्रामा सहायता पु¥याउन सम्भावित ‘समुद्री करिडोर’ को बारेमा पनि विचार गर्ने उल्लेख गरेका छन्।  

बाइडेनले केही समयदेखि हवाई मार्गबाट सहायता पुर्याउनेबारे योजना बनाइरहेको तर बिहीबारको घटनाले राष्ट्रपतिलाई सहायता प्राप्त गर्ने अन्य उपायको खोजी गर्नुपर्ने आवश्यकताबारे  थप चिन्तित बनाएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् । 

किर्बीले भने, ‘संयुक्त राज्य अमेरिकाले धेरै एयर ड्रपहरू गर्ने योजना बनाएको छ जुन हप्तौंसम्म चल्नेछ ।’

तर यो एक ‘कठिन सैन्य अभियान’ पनि हो जसमा गाजाका नागरिक र अमेरिकी सैन्य अधिकारीको सुरक्षाको लागि पेन्टागनले सावधानीपूर्वक योजना बनाउन आवश्यक छ ।
किर्बीले भने, ‘गाजाजस्तो भीडभाड हुने वातावरणमा एयरड्रप गर्न निकै गाह्रो छ ।’

संयुक्त राज्य अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्यो ।

उनले भने, ‘यो युद्धक्षेत्र हो । अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्यो । त्यसैले विमानमा पाइलटका लागि थप सम्भावित खतराको व्यवस्थापन गर्नु जरूरी छ ।’ इजरायलले पनि सहायता बोकेर गाजा पुगेका गाडी र सहयोग प्राप्त गर्नका लागि भेला भएका प्यालेष्टिनीको मृत्युबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको किर्बीले बताएका छन् ।

किर्बीले गाजामा बढ्दो मानवीय विपत्तिका बावजुद वासिङ्टनले इजरायललाई दिँदै आएको सैन्य सहयोग नरोक्ने बताए । 

उनले भने, ‘हामी अझै पनि इजरायललाई यसको सुरक्षाका लागि सहयोग गरिरहेका छौं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x