×

NMB BANK
NIC ASIA

व्यक्ति एक, परिचय अनेक

एसएलसी फेल भएका गोपाल: शिक्षक, असईदेखि सांसदसम्म

विराटनगर | फागुन १९, २०८०

NTC
Premier Steels

गोपालबहादुर विश्वकर्माको परिचय कुनै एकमा सीमित छैन । उनी शिक्षक, नेपाल प्रहरीका पूर्वसहायक निरीक्षक (असई)देखि कोशी प्रदेशका सांसदसम्म हुन् । विसं २०१४ भदौ २४ गते जन्मिएका गोपालको शैक्षिक योग्यता भने ‘अन्डर एसएलसी’ मात्र हो । यसर्थ उनको यहाँसम्मको यात्रा रोचक र प्रेरणादायी छ ।  

Muktinath Bank

सामान्य परिवारमा जन्मे–हुर्केका गोपालको बाल्यकाल पनि सामान्य तरिकाले नै बित्यो । पहाडमा आफ्नो उत्पादनले खान नपुग्ने भएपछि उनका बुवा–आमा परिवार लिएर झापाको दूधेमा बसाइँ सरे । उनीहरू २०२१ मा दूधे आएका हुन् । ‘जंगल फडानी गर्न मार्ग खुलेपछि हाम्रो परिवार तराईमा झरेको रहेछ । त्यो बेला म ७ वर्षको मात्र थिएँ,’ गोपालले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोपालका बुवा–आमा परम्परागत पेशा गर्थे । उनीहरू खुकुरी, कुटो–कोदालो, हँसियालगायत फलामका कृषिजन्य औजार बनाउने गर्थे । साथै उनीहरूले खेतीकिसानी पनि गर्ने गर्थे । तर यी दुवै पेशाले जीवन धान्ने अवस्था रहेन । त्यतिबेला वैदेशिक रोजगारीमा तेस्रो मूलक जाने चलन पनि थिएन । यसैले गोपालका बुवा पदम गहतराज गजमेर पैसा कमाउनका लागि भन्दै भारततिर हिँडेका थिए ।


Advertisment
Nabil box
Kumari

‘आफ्नै बारीमा उत्पादन भएको अन्न र यहाँ गरेको कामले खान नपुगेपछि वर्षमा ८ महिनाजति बुवा भारतमा गएर कमाएर ल्याउने गर्नु भएको रहेछ,’ उनले भने । 

Vianet communication

गोपालले २०३० सालमा एसएलसी परीक्षा दिएका थिए । सो परीक्षा फेल भएपछि पनि २०३१ सालमा उनले एउटा स्कूलमा शिक्षकको रुपमा काम गरे । त्यहाँ उनले दुई बिताए । सो बेला उनको तलब मासिक ८५ रुपैयाँ थियो । तर शुरूवाती चार–पाँच महिना उनले तलब पाएनन् । त्यसको भरणपोषणस्वरुप गाउँलेहरूले उनलाई पैसा उठाएर दिने गर्थे । पछि एसएलसी फेल भएकालाई शिक्षक नराख्ने भन्ने चर्को आवाज सुनिन थाल्यो । यसपछि उनको यात्रा प्रहरीतिर मोडियो । 

२०३३ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका गोपाल २०५४ सालमा राजीनामा दिएर वैदेशिक रोजगारीमा गएका थिए । असई भएर जागिर छोड्दा उनको तलब २२०० रुपैयाँ मात्रै थियो ।  तलबले मात्रै छोराछोरीलाई पढाउन गाह्रो भएपछि प्रहरीको जागिरबाट राजीनामा दिएर उनी वैदेशिक रोजगारीका लागि २०६९ मा यूएईतिर लागे । दुबईमा सुरक्षागार्डको सुपरभाइजर भए । उनले २०७२ सम्मसुपरभाइजर भएर काम गरेका थिए ।  त्यहाँ उनले सामाजिक सेवाका काम पनि गर्ने गर्थे । 

‘त्यही सुपरभाइजरको कमाइले छोराछोरी पढाएँ,’ उनले भने । उनका एक छोरा र तीन छोरी छन् । छोरा डिप्लोमा इन्जिनियरिङ गरेर साउदी अरेबियामा रोजगारीमा रहेका छन् । एक छोरी स्टाफ नर्स सकेर जापानमा छिन् भने दुईवटै छोरी नेपालमै पढिरहेका छन्  ।

null

‘प्रहरी हुँदा छुवाछुत खासै भोग्नु परेन’ 

गोपालले प्रहरीमा जागिर शुरू गर्दा १४५ रुपैयाँ तलब थियो । रासनको थप पैसा पनि आउने गरेको उनले सुनाए ।  प्रहरी हुँदा उनी उनी झापा, इलाम, पाँचथर र ताप्लेजुङमा बसेका थिए । प्रहरी हुँदा उनीसँग धेरै रमाइला किस्सा छन् । इमानदार प्रहरीहरूलाई पाहुनाको रूपमा जनताले सत्कार गर्ने गरेको उनले सुनाए । दलित समुदायका गोपालले प्रहरीमा हुँदा आफूले छुवाछुतको समस्या भोग्नु नपरेको बताए । ‘सामान्य घटना भए पनि त्यस्तो कुनै अप्रिय छुवाछुतको समस्या मैले झेल्नु परेन,’ उनी भन्छन्, ‘पुलिसको प्रमुख विश्वकर्मा समुदायको भन्नेसम्म चाहिँ भनेको सुनेँ । त्यहाँभन्दा अरू छुवाछुतका बारेमा सुन्नु परेन ।’ २०६२–२०६३ को आन्दोलनले समाजमा धेरै परिवर्तन आएको र धेरै हदसम्म छुवाछुत पनि हटेको उनको बुझाइ छ । ‘झापा दलित समुदायले नै चलाएका ३१ वटा होटेल–रेस्टुरेन्ट रहेको मैले नै देखेको छु,’ उनले भने । 

‘बिचौलियाको बिगबिगी पहिलैदेखि’ 

गाउँघरमा प्रहरीलाई भेट्न जाँदा कोशेली (कुखुराको भाले) लिएर जानुपर्छ भन्ने हल्ला सुन्ने सुनिन्थ्यो । यो हल्ला गोपालले पनि सुन्ने गरेका थिए । तर यसमा यतार्थता नभएको उनी स्पष्ट पार्छन् । 

प्रहरीभित्र बिचौलियाको बिगबिग रहेको भने उनी स्वीकार्छन् । बिलौलियाको लोभमा कतिपय प्रहरी फस्ने गरेको उनले बताए । ‘बिचौलियाले देखाएको लालचमा लाग्ने प्रहरीलाई तुरुन्तै कारबाही हुने गरेको थियो,’ उनी भन्छन् । 

गोपालले जागिर खाँदा चोरीमा संग्लग्नलाई भने कुट्ने चलन थियो रे । आफूलले पनि धेरैलाई कुटेको उनी बताउँछन् । ‘त्यति बेला चोरलाई मुड्के सास्ती चाहिँ गज्जबले नै हुने गथ्र्याे,’ उनले सम्झिए । 

गिरिजासँगको त्यो भेट

प्रहरीमा २१ वर्ष जागिर खाए गोपालले । यो अवधिमा उनले एक नेताको सुरक्षामा विशेष ध्यान दिनुपरेको थियो । उनी थिए पटक–पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला । 

२०४५ सालमा आएको भूकम्पको अनुगमन गर्न तत्कालीन कांग्रेस महामन्त्री कोइराला इलाम गएका थिए । उनको सुरक्षाका लागि गोपाल खटिएका थिए । आफूले एउटै कार्यालयमा चार वर्ष बिताएकोबाट कोइराला प्रभावित भएको गोपालको भनाइ छ । ‘त्यहाँका एक नेताले मलाई नेता कोइरालासँग चिनाइदिनु भयो ।  तिनै नेताले उहाँ यहाँ आउनु भएको चार वर्ष भयो भनेर पनि भनिदिनुभयो,’ पुराना दिन सम्झिँदै उनले भने, ‘जवाफमा कोइरालाले एउटै कार्यालयमा चार वर्षसम्म कति इमान्दार ! भनेर अचम्म मान्नुभयो ।’ 

पहिला सांसदहरू वर्षमा एकपटक मात्रै जिल्लातिर जाने गरेकाले उनीहरूको सुरक्षामा खासै ध्यान दिनु नपरेको उनले सुनाए ।  

राजनीतिमा लागेको छोटो समयमै सांसद 

गोपालले राजनीति गरेको लामो समय भएको छैन । जीवनको अधिकांश समय जागिर र वैदेशिक रोजगारीमा बिताएका उनले २०७२ सालदेखि मात्रै राजनीतिमा प्रवेश गरेका थिए । राजनीतिमा जाँदा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोजे । अध्यक्ष राजेन्द्र लिङ्देनको इमानदारिता देखेर राजनीतिमा प्रवेश गरेको उनी बताउँछन् ।

गोपाल २०७९ को आमनिर्वाचनबाट राप्रपाबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएका हुन् । उनले राजनीतिमा लागेको छोटो समय (करिब ७ वर्ष)मै सांसद बन्ने सौभाग्य पाए । उनले सदनमा शिक्षा र स्वास्थ्यका विषयलाई उठाउने गरेका छन् । ‘कक्षा १२ सम्म निःशुल्क अध्ययन र निःशुल्क स्वास्थ्य मेरोसँगै पार्टीको पनि मुद्दा हो,’ उनले थपे । 

खासगरी तीन ‘स’लाई आधार मानेर पार्टी अगाडि बढिरहेको गोपाल बताउँछन् । ‘समन्वय, गर्ने तथा  सडक र सदनबाट आफ्ना मुद्दा उठाउने गरेका छौँ,’ उनी भन्छन् । 

गोपाल सैद्धान्तिक रुपमा राजसंस्था पक्षधर हुन् । तर गणतन्त्रलाई पनि राम्रो व्यवस्था नै मान्छन् । ‘संसारमा सबैभन्दा राम्रो व्यवस्था गणतन्त्र भएको भएपनि नेपालमा भने यो फापेन,’ उनको तर्क छ । राप्रपाको सांसदको नाताले आफू राजासहितको कार्यकारी प्रधानमन्त्री ल्याउने अभियानमा लागेको उनले बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x