×

NMB BANK
NIC ASIA

डब्लूटीओको मन्त्रीस्तरीय वार्तामा व्यापार विवादका विषयहरू उजागर

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

अबुधाबी– कृषि र मत्स्यपालनमा कुनै सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार सङ्गठन (डब्लूटीओ)को उच्चस्तरीय सम्मेलन शनिवार सम्पन्न भएको छ ।

Muktinath Bank

सम्मेलनले ई–कमर्स र कृषि र मत्स्यपालनसम्बन्धी छलफललाई महत्व दिएपनि उपलब्धिमुलक हुन नसकेको सहभागी देशका प्रतिनिधिहरूले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अबुधावीमा सम्पन्न १३ औं मन्त्रीस्तरीय सम्मेलनको परिणामले भूराजनीतिक तनाव र आर्थिक मन्दीका बीच सङ्गठनका १६४ सदस्यराष्ट्रहरूको तीव्र विभाजनलाई विश्वव्यापी व्यापारलाई जोखिम पारेका बिषयहरूलाई उजागर गरेको छ । 


Advertisment
Nabil box
Kumari

वार्तामा सहभागी युरोपेली सङ्घ (ईयू)का एक वरिष्ठ अधिकारीले भने, ‘विश्व व्यापार सङ्गठनले विश्व व्यापार सङ्कटको सकारात्मक पाटोलाई देखाउनुपर्ने खाँचो थियो । सम्भवतः सम्मेलनले विश्व समुदाय अहिलेको अवस्थाबाट अघि बढ्नु गलत हुनेछ भन्ने महसुस गराएको छ ।’

Vianet communication

समापन पत्रकार सम्मेलनमा बोल्दै एमसी–१३ भेलाका इमिराती अध्यक्ष थानी अल जेयुदीले कमीकमजोरीहरू स्वीकार गर्दै छलफल सोचे अनुरूप निष्कर्षमा पुग्न नसकेको बताए ।

संयुक्त अरब इमिरेट्स (यूएई)का विदेश व्यापारमन्त्री समेत रहेका अल जेयुदीले भने, ‘हाम्रा धेरै सदस्यका लागि निकै महत्वपूर्ण रहेको सम्झौताका लागि हाम्रो भरमग्दुर प्रयासका बावजुद पनि हामी केही विषयमा सहमत हुन सकेनौं ।’

विश्व व्यापार सङ्गठनका महानिर्देशक नगोजी ओकोन्जो–इवेलाले भनिन्, ‘मैले सम्झन सक्ने कुनै पनि समयभन्दा बढी अनिश्चितताले भरिएको अन्तर्राष्ट्रिय पृष्ठभूमिमा वार्ता भएको छ । हामीले केही महत्वपूर्ण कुरा हासिल गरेका छौं र अन्य पूरा गर्न सकेका छैनौं ।’

विश्व व्यापार सङ्गठन राष्ट्रहरू बीचको व्यापारको नियमहरू हेर्ने एक मात्र अन्तर्राष्ट्रिय निकाय हो यसलाई सम्झौताहरू तयार गर्न सबै सदस्यहरूको पूर्ण सहमति आवश्यक छ ।

एमसी १३ ले जेनेभामा सन् २०२२ मा भएको मन्त्रिस्तरीय ऐतिहासिक सफलतालाई दोहोर्याउने अपेक्षा गरिएको थियो । यसले मत्स्यपालनसम्बन्धी सम्झौता गरेको थियो र सदस्यहरू यस वर्षको अन्त्यसम्ममा विवाद समाधान प्रणाली लाई पुनः स्थापित गर्न सहमत भएका थिए ।

तर पछिल्लो मन्त्रिमण्डलले त्यो उद्देश्य पूरा गर्न सकेन ।

सम्मेलनको समापनपछि इन्टरनेसनल चेम्बर अफ कमर्सका महासचिव जोन डेन्टनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘समग्र प्याकेजको अनपेक्षित कमजोरीका बीच यसले ‘वेक अप कल’को रूपमा काम गरेको छ ।’ 

सन् २०२२ मा गैरकानूनी, अघोषित र अनियमित माछा मार्ने कार्यमा अनुदानमा प्रतिबन्ध लगाउने सम्झौतापछि विश्व व्यापार सङ्गठनले क्षमताभन्दा बढी माछा मार्ने अनुदानमा केन्द्रित दोस्रो प्याकेजको निष्कर्ष निकाल्ने अपेक्षा गरेको थियो ।

जेनेभास्थित विश्व व्यापार सङ्गठनको मुख्यालयमा हालैका महिनाहरूमा भएको वार्ताले विकासशील देशहरूलाई लचकता र लाभ प्रदान गर्ने दोस्रो मत्स्य सम्झौताका लागि मस्यौदा ल्याउन सक्षम बनाएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x