मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
सिरहा– आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका छन् । लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ गतेबाट नगरपालिकाले आइतवार र बिहीवार गरी हप्ताको दुई दिन गाउँमै कृषि हाटबजार सञ्चालन गरेपछि महतोजस्तै यहाँका अन्य व्यावसायिक किसान यतिबेला खुसी भएका छन् ।
‘हामीलाई लहान बजारसम्म तरकारी बोकेर धाउन सास्ती थियो । कहिले अटोरिक्सा नपाउने त कहिले के समस्या”, किसान महतोले भने, ‘यो हाटबजार सञ्चालनसँगै हाम्रो उत्पादन यही बिक्रीवितरण गर्न पाएका छौँ । हामी एकदमै उत्साहित भएका छौँ । यतिखेरै तरकारी किन्ने ग्राहक आइपुग्छन् । तीन किलो काउली जोखिसकेपछि प्रफुल्लित हुँदै महतोले भने, ‘देख्नुभयो नि मलाई बोल्ने फुर्सद पनि हुन्न । अझ साँझ पर्दै गएपछि यहाँ तरकारी खरिद बिक्री गर्नेको भीड हुँदै जान्छ ।’
स्थानीयका अनुसार विसं २०४६-०४७ सम्म सोही स्थानमा ठूलो हाटबजार लाग्ने गरेको थियो । तरेगना (गाईघाट)मा लाग्ने उक्त हटिया भर्नलाई उदयपुरको नेपालटारबाछ चुरेपहाड छिचोलेर स्थानीय उत्पादन आलु, काउली, रिठ्ठा, तेजपत्ता, सुन्तलालगायतका तरकारी तथा फलफूल खरिद बिक्री गर्न मानिस आउने गर्दथे । तत्कालीन समयमा नेपालटार–गाईघाट सडक सञ्जालमा जोडिएको थिएन । सोही कारण नजिक पर्ने हटिया भएकाले मानिसका ताँती लागेर हटिया आउनेजाने गरेको स्थानीय १६ नं वडाका वडाध्यक्ष गडुलबहादुर जर्घामगरले बताए । उनका अनुसार तत्कालीन समयमा छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए ।
‘त्यस समय म २०–२५ वर्षको युवक थिएँ । त्यति ठूलो हाटबजार विविध कारण बन्द हुनपुग्यो, जुन मेरो मानसपटलमा ताजै छ । जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटक–पटक हाटबजार सञ्चालन गर्न पहल गरेता पनि अहिले सफल भएका छौँ,’ अध्यक्ष मगरले भने, ‘स्थानीय किसानको उत्पादन खपत अब यहीँ हुनेछ । साना किसानले पनि व्यावसायिकरूपमा तरकारी तथा फलफूल उब्जाउ गर्नलाई यस हाटबजारले प्रोत्साहन दिनेछ भन्ने विश्वास लिएको छु ।’
गाउँबाट ल्याइएका कृषि सामग्री खरिदबिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको आर्थिक जीविकोपार्जनमा टेवा पुग्ने विश्वास अध्यक्ष मगरले गरे ।
हाटबजार सञ्चालनमा आएपछि आफ्नो खाजा तथा किराना पसलमा चहलपहल पनि ह्वात्तै बढेर व्यापार वृद्धि भएको बताउँछिन् रक्टु साह । तर हाटबजार सञ्चालनपछि नगरपालिकाले खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था नगरिदिएकामा उनको गुनासो छ । उक्त गुनासो सम्बोधन गर्न नगरपालिकासमक्ष पहल गरिएकाले चाँडै सामाधान हुने आश्वासन पाएको वडा सदस्य राधेश्याम चौधरीले जानकारी दिए ।
लोप भइसकेको हाटबजारलाई नगरपालिकाले पुनः सञ्चालन गरी किसान र उपभोक्ताबीच कृषि सामग्री खरिद–बिक्री गरी आर्थिक उपार्जन गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको नगरप्रमुख महेश चौधरीले बताए । हाटबजारको विस्तार र संरक्षणमा आफूहरू लागिपरेको भन्दै नगरप्रमुख चौधरीले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुर्याएकाले केही महिनाभित्रै नगरपालिकाको अन्य वडामा पनि थप हाटबजार सञ्चालन ल्याउनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।
तीन दशकभन्दा लामो समयपछि गाउँमै पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिकरूपले सवल र आत्मनिर्भरमात्रै होइन उनीहरूलाई मेहनती र उद्यमशील पनि बनाएको छ । –रासस–
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...