×

NMB BANK
NIC ASIA

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै रियलले ल्यायो खेल बराबरीमा

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

स्पेनिस ला लिगा फूटबलमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै रियल म्याड्रिडले खेल बराबरीमा ल्याएको छ ।

Muktinath Bank

शनिवार राति भएको २७औँ साताको खेलमा शीर्ष स्थानको रियल हारबाट जोगिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै रियल र भ्यालेन्सियाबीचको खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको ३०औं मिनेटभित्र दुई गोल खाएपछि पाहुना टोली रियल दबाबमा परेको थियो । त्यसपछि  रियललाई खेलमा फर्किन धेरै संघर्ष गर्नु पर्यो । 


Advertisment
Nabil box
Kumari

आफ्नो घरमा भ्यालेन्सियाका लागि २७औं मिनेटमा ह्युगो डुरोले गोलको खाता खोलेका थिए । त्यसको तीन मिनेटमै रियलको डिफेन्सको कमजोरीमा रोमान यारेनचुकले सहजै गोल गरेपछि रियल दुई गोलले पछि पर्न गयो । तर त्यसपछि भिनिसियस जुनियरले रियलको उद्धार गरे । उनले पहिलो हाफको अतिरिक्त समयमा रोड्रिगोको पासमा गोल गरेर खेलमा फर्किने आधार तय गरेका थिए । त्यसपछि ७६ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बराबरीमा आयो । 

Vianet communication

खेलको अन्तिम समयमा रियलका लागि चोटबाट फर्किएका जुड बेलिङघमले विजयी गोल गरेको थिए । सो गोललाई रेफ्रीले मान्यता दिएनन् । यसै विषयमा रेफ्रीसँग विवाद गर्दा बेलिङघमले सिधै रातो कार्ड पाए । त्यसपछि खेल २–२ गोलको बराबरीमा सकियो ।

यो बराबरीपछि २७ खेल सकिँदा लिगको शीर्ष स्थानमा रहेको रियलको खातामा ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको जिरोनाको ५९ अंक छ । यदि जिरोनाले बाँकी एक खेल जितेमा रियलसँगको दूरी ४ अंकमा सीमित पार्नेछ ।

तेस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५७ अंक छ । भ्यालेसियाको भने २६ खेलमा ३७ अंक छ । उ लिगको नवौं स्थानमा छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x